१५६. होली पर्व २०८० #Happy_Holi_2024 A.D.

 होली पर्व २०८०

#Happy_Holi_2024 A.D.
                                           

✍️ वसन्तराज अधिकारी
 घोराही उपमहानगरपालिका, दाङ नेपाल 
                                                                                             

फागु पुर्णिामा 2080 अर्थात् होली पर्व, 2024 A.D. को हार्दिक मंगलमय  शुभकामना ! ॠतु राज वसन्त आगमनको यस बर्षमा तपाईको जीवनमा सुख, शान्ति र समृद्धिका साथै होलीको रंङ्गको जस्तै तपाईंको जीवन पनि रंगियोस !!

अन्याय विरुद्ध न्याय र अविवेक माथी बिबेकको, असहिष्णुता माथी सदभाव सहिष्णुताको, पाशविक बर्बर र जंगली शासन माथी सभ्यता र संस्कारको सदा विजय हुने, आफ्नै विरुध्द पनि {जस्को कोही हुँदैन उस्को ईश्वर वा "नर उत्तम 'नारायण" हुनुहुन्छ भन्ने शाश्वत सन्देश बोकेर आएको दार्शनिक, नैतिक, मांगलिक, धार्मिक, सांस्कृतिक, ऎतिहासिक पर्व हो होली ।

यश पर्वका बिशिष्ट ऎसिहासिक पौराणिक पात्र/राजा हिरण्यकशिपु र उनकी दानवी स्वभावकि सहोदर बहिनी होलिका र राजाका आफ्नै पुत्र तथा होलिकाका सहोदर भतिज 'बिष्णुभक्त प्रह्लाद' बिचको घमाशान द्वन्द्व र युध्दमा अन्ततः भक्त प्रह्लादको बिजय र राजा हिरण्यकशिपु र उनकी पुत्री होलिकाको अवसान/पतनको ह्रदयस्पर्शी मार्मिक धार्मिक सन्देश बोकेको} छ यस पर्वमा । साथै फागु पुर्णिामा समेतका अ-आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक प्रथा परम्परागत प्रचलन विद्यमान रहेको पाईन्छ ।

समस्त हिन्दु लगायत अन्य धर्मावलम्बीहरुले समेत साथ साथै र तराई/पहाड र हिमालबासीले समेत मनाउने यस बर्ष मिति २०८० चैत ११ गते फागु पुर्णिामा आइतबार हिमाली,  पहाडी जिल्लाहरु र उपत्यका समेत र  ऎ. १२ गते सोमबार  (तराईका जिल्लामा) होलीका दहन गरि होली/फागु पर्वको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको  अवस्था छ ।

समस्त बुबा/आमा, सङ्गी/साथी,दाज्यु/भाइ तथा दिदी बहिनीहरु जो स्वदेश र बिदेश/ प्रवासमा रहनु भएका सम्पुर्ण सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भ्रातृत्व भगिनीत्व रुपमा मनायौं । सरकारी निर्देशनको परिपालन गर्दै अत्यन्तै प्रेमवत रुपमा सम्पुर्ण सबमा पुनः फागु पुर्णिमा "होली" को हार्दिक शुभकामना !!!

✍️ बसन्त राज अधिकारी
घोराही - १७ पनौंरा, दाङ, नेपाल 

होली पर्वको महिमा, २०८०

होली हाम्रो सांस्कृतिक बिरासत ठुलो,  सन्दर्भ पौराणिक ।
होलिका प्रह्लाद हिरण्यकशिपु वीच, चित्रण गरि मार्मिक ।।
भागवत भक्तिभाव र मदमस्त रितको, सत्ता र शक्ति बीच ।
कालजयी छ कथा हरेक युगमा चल्दैछ, नित्य क्रमसित ।।
                                ।।१।।
पारिवारिक देखिने रहस्यमय  रोचक छ, बर्णन कथा ।
अध्यात्मिक ज्ञान र भौतिक द्वन्द्व, सँगको मतान्धता ।।
हिरण्यकशिपु एक पात्र हुन् शासन र सत्ता भित्रका ।
होलीका उनकी बहिनी पनि छन्, शक्तिका साथमा ।।
                                  ।।२।।
बिष्णुभक्त प्रह्लाद छन् बालक समान, इश्वरीय गुणमा ।
बाबू छोरा विचको संघर्ष द्वन्द्व हुन्छ, चरम उत्कर्षमा ।।
नारद देवर्षी हुन् जसले नारायण बिष्णु,  गुणगान गरि ।
उनकै नाम र कीर्तन लाग्छन् फिजाउन, त्रिलोक भरी ।।
                                    ।।३।।
अन्ततः आगोमा कहिल्यै नडढने, फुपू होलिकाको कपट ।
स्वयं जल्छीन् उनि बिष्णु भक्त प्रल्हाद, छन् स्फटिक ।।
देवासुर संग्राम यश रितको तिलस्मी, दर्शन नीति कथा ।
लुकेका मर्म छन्  सत्ता संघर्ष र सोच मानव चिन्तनका ।।
                                    ।।४।।
शिक्षा एउटै त्रेतायुग निरन्तर मानवताविरोधी, हुन् झुटा ।
धर्म न्याय सत्य विवेक युक्त सामाजिक, मानवता कथा ।।
आफै स्वयं इश्वर ठान्ने हिरण्यकशिपु पनि, हुन्छन् अन्त्य ।
सबैमा प्रेम सद्भावना चरीत्र  देव ॠषि, मनुष्य गुणवत्ता ।।
                                  ।।५।।                                                     
✍️ रचनाकार : बसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 
[आइतबार ११ चैत्र २०८० शुभम्]

Comments