१६१. कर्मचारीको तलव तथा अन्य सुविधाः सैद्धान्तिक विश्लेषण

कर्मचारीको तलव तथा अन्य सुविधाः सैद्धान्तिक विश्लेषण                 

✍️ वसन्तराज अधिकारी
                               उपसचिव, नेेपाल सरकार                                

१. तलवको परिचय :

१.१ जसरी जमीनको प्रतिफल कुत, पूँजीको प्रतिफल व्याज, संगठनको प्रतिफल मुनाफा हो त्यसैगरी श्रमको प्रतिफल तलव वा ज्याला हो । शारिरीक परिश्रम बढी गर्ने लाई ज्याला र शारिरीक परिश्रम कम तर बढी बौद्धिक काम गर्ने लाई तलव दिईन्छ । 

१.२ व्यवस्थापनविद Grifin को भनाईमा -  “कामदार कर्मचारीहरूलाई उनिहरूले गरेको कामको बदलामा दिने वित्तिय भूक्तानी तलव हो ।" श्रमिक वा कामदार Blue Colour Workers ले कार्यसम्पादन गरेको घण्टाको (समय) आधारमा प्रदान गरिने पारिश्रमिकलाई ज्याला र कार्यालयमा बसेर प्रशासकीय  कार्यसम्पादन गर्ने White Colour Workers ले पाउने पारिश्रमिकको रूपमा लिने गरेको पाईन्छ ।  एउटा कर्मचारीलाई तलव कति दिनु पर्दछ भन्ने सम्वन्धमा कुनै निश्चित सिद्धान्त नभए पनि जीवन धान्न पुग्ने र बढदै गएको मूल्य सूची लाई मेल खाने गरी समसामयिक परिवर्तन गर्दै लगिनु पर्दछ भन्ने मान्यता राखिन्छ । 

१.३ तलवलाई मौद्रिक प्रोत्साहनको रूपमा पनि लिईन्छ । तलवका सम्वन्धमा केही सार्वभौम मान्यताहरू छन् जुन निम्नलिखित बुँदाहरूमा उल्लेख गर्न सकिन्छ :

१.३.१ योग्यता, क्षमता र सीप निश्चित गरी तलव निर्धारण गर्ने गर्नुपर्दछ ।

१.३.२ समान कामकालागि समान तलव दिनु पर्दछ । 

१.३.३ एउटा आदर्श परिवारको खर्च व्यहोर्न पुग्ने गरी तलव दिनु पर्दछ । 

१.३.४ तलवको बनावट लचिलो हुनुपर्दछ । 

१.३.५ तलव निर्धारण गर्न औचित्यका बारेमा कर्मचारीलाई जानकारी दिनुपर्दछ । 

१.३.६  तलव पुनरावलोकन गर्ने स्थायी समिति हुनुपर्दछ । 

२. तलव निर्धारणको सिद्धान्त : 

(क) समान तलवको सिद्धान्त (Equal Pay for Equal Job)

(ख) बरिष्ठताको सिद्धान्त (Seniority Pay)

(ग) योग्यतामा आधारित तलव (Merit Pay)

(घ) सीपमा आधारित तलव (Skill Pay)

(ङ) उपलब्धी वा फाईदा विभाजनमा आधारित तलव (Gain Sharing) 

(च) बाह्य संगठनको आधारमा तलव (Fair Comparision)

(छ) निर्वाह वा आधारभूत आवश्यकता पुरा गर्ने तलव (Subistance Pay)

(ज) औषत ज्याला दर वा सामर्थ्य तलव (Capacity to Pay)

(झ) तहगत आधारमा तलव (Level wise pay)

३. तलव निर्धारण गर्दा विचारणिय कुराहरू

(क) संगठनको क्षमता :

(क १) संगठनको क्षमता पहिल्याउनु पर्दछ । अर्थतन्त्रमा पनि प्रभावलाई विचार गर्ने र धान्न सक्ने हुनुपर्दछ । संगठनको सक्षमतालाई मध्यनजर राख्नु पर्दछ । 

(ख) बजार मूल्य : 

(ख १) आदर्श परिवारको खर्च धान्ने, बजारमूल्य अनुकूल परिवर्तन हुन सक्ने लचकताको गुण विद्यमान हुनुपर्दछ ।

(ग) श्रमको माग र आपूर्ति :

(ग १) श्रम बजारमा काम खोज्ने व्यक्ति धेरै भए तलव थोरै, बढी श्रम, सीप र योग्यता चाहिने भए बढी तलव दिनुपर्दछ । 

(घ) संगठनको दबाव दिने क्षमता : 

(घ १) संगठन बढी प्रभावकारी भए बढी दबाव, कम प्रभावकारी भए कम दबाव हुने हुँदा तलव निर्धारण गर्दा यो पक्षलाई ध्यान दिनु पर्दछ ।

(ङ) चलन चल्तीको तलव :

(ङ १) अरू समानान्तर संस्थाले के कति दिएका छन्, सोही अनुपातमा तलव दिनु पर्दछ ।

(च) उत्पादकत्व : 

(च १) थप तलवले उत्पादनमा के प्रभाव पार्दछ, सो समेत लाई विचार गरी तलव निर्धारण गर्ने गर्नु पर्दछ । 

(छ) सरकारी निर्णय : 

(छ १) अन्य संगठनले सरकारी संगठले दिए सरह मात्र उपलब्ध गराउने, सरकारी निकायलाई तलव निर्धारणकालागि आधार मानिन्छ । 

४. तलव निर्धारणका चरण :

४.१ पहिलो  : 

४.१.१ कहिले, कसलाई, कति र कसरी तलव दिने सो को आधार तयार गर्ने ।

४.२ दोस्रो : 

४.२.१ स्रोतको व्यवस्था मिलाउने, तलव कुन स्रोतवाट व्यवस्था गरिने हो सो स्पष्ट गर्ने ।

४.३ तेस्रो : 

४.३.१ प्रचलित तलव सुविधा, बजार मूल्य, सरकारी नीतिलाई ध्यान दिनु पर्दछ ।

४.४ चौथो : 

४.४.१ निर्णय लिने कुरा तलव वारे निर्णय लिन सक्ने अधिकार कसमा निहित छ ।

५.५ पाँचौ : 

५.५.१ कार्य कुशलतामा प्रगति भयो, भएन एकीन गर्ने । 

५. तलव निर्धारणका सिद्धान्तहरू

(क) तलव निर्धारणका सिद्धान्तहरू छन् । केही प्रमुख सिद्धान्त जस्ले अन्य सिद्धान्तहरू लाई समेटदछन् प्रतिनिधिका रूपमा देहाएका बुँदाहरूमा चर्चा गर्न सकिन्छ । 

५.१ जीविकाको सिद्धान्त :

५.१.१ अर्थशास्त्री रिकार्डोले कामदारलाई तलव वा ज्याला जीवन धान्नकालागि मात्र दिने भनि सिद्धान्त प्रतिपादन गरेका छन् । बढी जनसंख्या, आर्थिक बृद्धि कम र जीवन धान्न गाह्रो स्थितीकालागि यो सिद्धान्त उपयुक्त छ । उनको ज्यालाको यो लौह सिद्धान्त हो जसलाई तलव निर्धारणको कठिन कानुन मानिन्छ ।

५.२ कोष सिद्धान्त : 

५.२.१ शास्त्रीय अर्थशास्त्री एडम स्मिथले यो सिद्धान्त प्रतिपादन गरेका हुन् । धनी वाट लिईएको कर वाट कामदारलाई तलव वितरण गर्ने गरिन्छ । कोष जति राम्रो भयो, त्यही नै तलवको आधार हुन्छ । यो बढी राजस्व बढी तलव कम राजस्व कम तलवको सिद्धान्त हो ।

५.३ शेषभागी दावी सिद्धान्त :

५.३.१ विद्वान P.A.Walker  का अनुसार अन्य उत्पादनका साधनहरू लाई भूक्तान गरिसकेपछि मात्र श्रमको लागि भूक्तानी गर्ने सिद्धान्तलाई शेषभागी दावी सिद्धान्त भनिन्छ ।

५.४ बचत मूल्यको सिद्धान्त : 

५.४.१  यस सिद्धान्तका प्रतिपादक Karl Marx हुन् । कर्मचारीले काम गर्दा जुन अनुपातमा उत्पादन वृद्धि गर्न सहयोग पु-याउँदछ, सोही अनुपातमा तलव सुविधा दिनु पर्दछ ।

५.५ सिमान्त उत्पादकत्वको सिद्धान्त : 

५.५.१ उत्पादनकर्ताले जुनरूपमा उत्पादनमा बृद्धि गर्दै जान्छ, सोही अनुपातमा ज्याला बृद्धि गरिनुपर्दछ भन्ने यस सिद्धान्तले लिएको हुन्छ ।

५.६ सौदाबाजीको सिद्धान्त :

५.६.१ कामदार र संगठनका विच भएको सौदावाजीको आधारमा तलव निर्धारण हुन्छ ।

६. नेपालको निजामती प्रशासनमा तलव सम्वन्धमा भएको व्यवस्था :

६.१ तलव, भत्ता 

६.२ प्रोत्साहन भत्ता

६.२ दशैं तथा चाडपर्व खर्च तथा अन्य केही सुविधा पाउने ।

६.३ तलव सुविधा पदमा बहाली गरेको मिति देखि पाउने ।

६.४ प्रत्येक दुई बर्षमा पुनरावलोकन गर्ने कानूनी प्रतिवद्धता,

६.५ काम गरी पकाएको तलव जुनसुकै अवस्थामा पनि पाउने,

६.६  एक बर्ष पुरा गरे पछि १ ग्रेड थप पाउने,

६.७ निलम्वन भए आधा तलव पाउने, अभियोग प्रमाणित नभई सफाई पाएमा पुरै तलव पाउने,

६. ८ तलवको १० प्रतिशत सञ्चयकोषमा थप हुने ।

६.९ दशै खर्च वापत १ महिनाको तलव वरावर थप अतिरिक्त आर्थिक सुविधा पाउने ।

६.१० केन्द्रमा निजामती कितावखाना र जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयवाट तलवी प्रतिवेदन पारित गरेर मात्र तलव पाउने व्यवस्था ।

६.११ समय समयमा पे- कमीशन गठन गर्ने गरिएको ।

७. नेपालको निजामती सेवामा

(क)  उपदान

(ख) पेन्सन  

(ग) अशक्त वृत्ति, अंगभंग वृत्ति

(घ) पारिवारिक कल्याण वृत्ति

(ङ) सन्तती वृत्ति

(च) बीमा 

(च) अध्ययन विदा

(छ) असाधारण बिदा

(छ) विरामी विदाको पैसा 

(ज) औषधि उपचार खर्च, 

(झ) दैनिक, भ्रमण भत्ता सुविधा, 

(ञ) लुगा भत्ता, महंगी भत्ता,

(ट) दुर्गम स्थान भत्ता, 

(ठ) स्थानिय भत्ता, 

(ड) सञ्चयकोष

(ढ) नागरिक लगानी कोष कट्टी सुविधा आदि ।

८. अन्य सुविधा (Fringe Benifit)  

अन्य सुविधा आर्थिक वा गैह्र आर्थिक दुवै प्रकृतिका हुन्छन् । नगद वा गैह्र नगद दुवै तरिकावाट प्राप्त हुन्छ । लामो अवधि वा तत्कालकालागि अन्य सुविधा दिईन्छ । लामो अवधिकालागि विदा, पेन्सन, उपदान, अशक्त वृत्ति, सन्तती वृत्ति, शैक्षिक भत्ता आदि । छोटो अवधिकोलागि सुविधाः दशैं खर्च, दुर्घटना विमा, जीवन विमा, पेश्की, सहुलियत, आवास सुविधा, प्रोत्साहन भत्ता, टेलिफोन सुविधा, यातायात साधन खर्च, खाजा खर्च आदि ।

९. औचित्य : 

कर्मचारी र निजका परिवार वर्तमान र भविश्यमा आर्थिकरूपमा पिडित नहुन्, लगनशिलताका साथ काम गर्न सकुन । व्यवस्थापनलाई एकैचोटी भार नपरोस् । कर्मचारीलाई नाफामा सहभागी गराउने उद्देश्य । 

(क) तलव सुविधाका सम्वन्धमा समस्याहरू

९.१ स्पष्ट सरकारी नीति नभएको

९.२ तलव पुनरावलोकन प्रक्रिया  हचुवा किसिमको रहेको,

९.३ कर्मचारीको काम तोक्न नसक्दा तलव निर्धारण अस्पष्ट,

९.४ आवश्यकता भन्दा बढी कर्मचारीले गर्दा पर्याप्त तलव भत्ता नहुनु,

९.५ आम्दानी बढाएर सुविधा बढाउने प्रवृत्ति छैन ।

९.६ केही क्षेत्रमा व्यापक भ्रष्ट्राचार तलव प्रति बेवास्ता,

९.७ बजार मूल्य, मुद्रास्फीर्ति आदि लाई हेरेर तलव निर्धारण हुन नसकेको,

९.८ पे–कमीसनको सुझाव कार्यान्वयनमा नआउनु,

९.९ तलव निर्धारण गर्ने स्थायी समितिको अभाव,

९. १० तलव मात्र भूक्तानी बाहेक अन्य भत्ताको व्यवस्था नरहेको,

९.११ गैर सरकारी संस्था तथा निजी क्षेत्रमा काम गर्नेको तलव बढी ।

१०. सुधारकालागि सुझावहरू

१०.१ कर्मचारीको संख्या लाई (Right Sizing) गर्ने

१०.२ स्थायी Pay Commission गठन गरी तलव सुविधाको विषयमा अध्ययन गर्ने

१०.३  प्रत्येक कर्मचारीको कार्य विवरण तयार गरी लागु गर्ने

१०.४ २/२ वर्षमा तलव सुविधाहरू पनि पुनरावलोकन गर्ने

१०.४ निजामती अस्पतालको व्यवस्थापन प्रभावकारी बनाउने

१०.५ कर्मचारी सञ्चयकोषले आवास निर्माण गरी किस्ताबन्दीमा घर उपलब्ध गराउनु पर्ने

१०.६ कर्मचारीहरू लाई सामूहिक यातायातको साधनको व्यवस्था गर्ने

१०.७ निजी क्षेत्र र संघ/संस्थाकालागि मापदण्ड निर्धारण गरिदिने

१०.८ Equal pay for equal job तलव प्रणाली लागु गर्ने

१०.९ भ्रष्ट्राचार नियन्त्रण हुनु पर्ने

१०.१० अबैध सम्पत्ति जफत गर्ने विषयले प्रथमिकता पाउनु पर्ने ।

११.  तलव निर्धारण निम्नलिखित ४ आधारमा हुनुपर्छ :

११.१ तलव Salary को व्यवस्था

११.२ अन्य सुविधा Fringe Benifit को व्यवस्था

११.३ Non-Economic Incentives (गैह्र मौद्रिक प्रोत्साहनको व्यवस्था)

११.४ Salary based Incentives/ Performance Based Pay/Grade

१२. कार्यसम्पादनको आधारमा तलव र प्रोत्साहन दिनु पर्ने ।


कसरी ?

१२.१  पेशागत निजामती सेवाको विकास गर्ने (Professionalised Civil Service)

१२.२  सम्मानजनक तलव व्यवस्था (Dignified Pay Level)

१२.३ अवसरमा समानता ल्याउने (Equity)

१२.४  धान्न सक्ने, जीवन गुजाराकालागि पर्याप्त हुने खालको (Affordable)

१२.५  भ्रष्ट्राचार नियन्त्रणमा सहयोग पुग्ने

१२.६ आर्थिक बृद्धिमा सहयोग पु-याउने (Corruption Control Economic Growth)


सन्दर्भ सामग्री : 

१. My autobiography श्री बसन्तराज अधिकारी fb page वाट साभार 

२. जागीरे-यात्राको सिर्जनाहरुको सङ्गालो, २०७०                                                                                                                            ३. श्री बबई राष्ट्रिय साप्ताहिक, गुलरिया, बर्दियाको बर्ष १८ अंक ४२ मिति २०७७\०६\२१ बुधबार प्रकाशित ।

Comments