१५४. राजापुर बर्दियाको संक्षिप्त परिचय कविता

 राजापुर बर्दियाको संक्षिप्त परिचय कविता         

✍️ वसन्तराज अधिकारी
                                 उपसचिव, नेपाल सरकार 

तत्कालीन एघार गाविस, भूगोलको क्षेत्र ।
भौंराटप्पा ऎतिहासिक, राजापुर नगर ।।
प्रशासनिक व्यापारको, सुप्रसिध्द केन्द्र ।
कर्णाली नदी टापु, बर्दियाको भुस्वर्ग ।।१।।

पुर्वी सीमा मधुवन, पश्चिम सुदुर पश्चिम ।
उत्तरमा गेरुवा गापा, दक्षिण भारत ।। 
थारु समुदायको, बाहुल्यता राजापुरमा ।
जनसंख्या ८० प्रतिशत, भन्दा बढी याहाँ ।।२।।

गठन भयो नगरपालिका, २५ बैशाख २०७१ ।
२०७३ फागुन २४ मा भयो, पुनः  पुनर्संरचित ।।
साविकका नयाँगाउँ, दौलतपुर र बदालपुर ।
राजापुर, भिम्मापुर, मानपुरटपरा र खैरीचन्दनपुर ।।३।।

राजापुर नगरपालिका, लुम्बिनी प्रदेश ।
नगर प्रमुख शिवप्रसाद, चौधरीको साथ ।।
नेपालमा जम्मा ७५३ स्थानीय तहहरु भए  ।
बर्दियामा ८ वटा तह, २ गापा ६ नपा रहे।।४।।

कुल जनसंख्या त्रिसट्ठी हजार, दुईसय चौरानब्बे ।
महिला ३३,९१५ र २९,३८९ पुरुष  रहेको छ ।।
नेपालको सबैभन्दा लामो, कोठियाघाटको पुल ।
राजापुरको सीमावर्ती, वडा दस खैरीचन्दनपुर ।।५।।

प्राकृतिक सुन्दरता, मनमोहक हरियाली छटा ।
सिचाईको सुविधाले, खाद्यान्न उत्पादन प्रचुरता।।
उर्वर भुमि तराईमा,  अन्नभण्डार राजापुर क्षेत्र ।
पाल्न सक्ने सामर्थ्य राख्छ, हिमाली प्रदेश ।।६।।

दुवैतिर कर्णाली नदी, बगेकी छन्, पार्दै भयावह । 
दक्षिणतर्फ, चौधरी चरणसिंह, भारतीय बाँध ।।
नदीमा बाढीको छ उच्च जोखिम, बर्षादको दिनमा । 
सन्त्राशले शान्ति अमन चयन छैन, मानिसको मनमा ।।७।।

"बुडान" नाम रह्यो यस्को, प्रायः "डुवान" पर्ने हुँदा ।
नयाँमुलुक कैलाली कञ्चनपुर र बाँके बर्दिया ।।
जंगली हिस्रक जनावर बाघ, हातीको आतंक ।
यहाँका किसानलाई कहिल्यै, पनि छैन निश्चिन्त ।।८।।

थारु जातीको प्राचीन सभ्यता र संस्कृतिका धनी ।
बडघर प्रथा चाल चलन, रितिस्थिती परम्परा धानी ।।
मेलमिलाप गरि जातीय सद्भाव, थारु पहाडीको ।
नयाँ मुलुक हुँदा छैन, इतिहास धेरै अगाडिको ।।९।।

बडका अटवारी, माघी पर्व समेत, संस्कृतिका धनी । 
दाङको दंशीशरण थारु राज्य, इतिहासमा पनि ।।
आफ्नै भाषा भेष कला संस्कृतिको, धरोहर मिल्छ । 
पुरोहित गुरुवा र ग्रामदेउता भयाँर, यद्यपि पाईन्छ ।।१०।।

~~~~~समाप्त ~~~~~

✍️  बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार

रचना मिति: २०७७\०४\२८ बुधबार शुभम् ।

Comments