१५८. व्यक्तित्व विकासका सुत्र (फर्मुला)

 व्यक्तित्व विकासका सुत्र (फर्मुला)

                             
✍️ वसन्तराज अधिकारी 
                                   उपसचिव, नेपाल सरकार 
             युवा तथा खेलकुद मन्त्रालय, सिंहदरवार, काठमाण्डौंं
                       

सफलताको शिखरमा चढने व्यक्तित्व विकासको ३२ सुत्र (फर्मूला) (२०+१२)

१.तपाई यति शक्तिशाली बन्नुहोस् कि तपाईको मनको शान्तिलाई कुनै कुराले खलबल नपारोस् ।                                                            
२.जो संग भेटदा पनि सुख, शान्ति, संम्बृद्धिको मात्र चर्चा गर्नुस् ।         
३. हरेक कुरालाई त्यसको उज्यालो पक्षवाट हेर्ने गर्नुहोस् र आफूलाई पूर्ण आशावादी बनाउनुहोस् ।                                                        
४.वितेका जमानाका भूलहरूलाई विर्सनोस् र भविश्यमा पाउन सक्ने उपलब्धिकालागि अगाडि बढ्नोस ।                                               
५.सधै प्रफुल्ल रहनुहोस र प्रत्येक व्यक्तिलाई भेट्दा मुस्कानले स्वागत गर्नुहोस् ।                                                                                   
६.तपाई आफ्नो आत्मोन्नतीमा यति लगनशिल बन्नुहोस कि तपाईलाई अरूको आलोचना गर्ने फुर्सदै नहोस् ।                                            
७.तपाई यति सबल बन्नुहोस् कि तपाईलाई चिन्ताले छुँदै नछोवस्  अर्थात तपाई यति भद्र बन्नुहोस् कि तपाईलाई क्रोध आउँदै नआवस ।   
८.तपाई यति बलियो बन्नुहोस कि तपाईलाई डर लाग्दै नलागोस् । तपाई यति सुखी अनुभव गर्नुहोस कि तपाईको सामुन्ने समस्या नहोस् ।                                                                                              
९.तपाई अरूलाई जस्तो व्यवहार गर्नुहुन्छ उ वाट पनि त्यस्तै किसिमको व्यवहार पाउनुहुन्छ । त्यसकारण अरूवाट जस्तो किसिमको व्यवहारको अपेक्षा गर्नुहुन्छ अरूलाई पनि त्यस्तै व्यवहार गर्नुहोस् ।                                                                                   
१०.असम्भव शब्द मनैवाट टाढा राख्नुहोस् र अमूल्य समयको ख्याल गरी मेहनती बन्नुहोस् । साथै कुने पनि रचनात्मक काम गर्दा आत्मविश्वास बढाउनुहोस् ।                                                           
११.सधै मित्रहरू बनाउनुहोस् तर घमण्ड गर्ने काम नगर्नुहोस् तर गल्ती भएमा माफ माग्ने बानी बसाली आफ्नो शक्ति र सामर्थ्य  बाहिरको कुरा नगर्नुहोस् ।                                                                          
१२.जीवनको मूल्य र मान्यतालाई ख्याल गरी असफल भएमा निराश नभई पुनः प्रयाश गर्नुहोस् । अवश्यपनि आफ्नो लक्ष्यमा पुग्नु हुनेछ, तपाईको जीन्दगीको सफलता ।                                                     
१३.कसैसित पनि नचाहिदो प्रश्न नगर्नु । वैदिक दर्शनले सत्यं वद, पृयं वद र धर्मम् चर भनेझै सत्य कुरा बोल्नु, सवैलाई पृयलाग्ने कुरा बोल्नु र धर्म अनुकूलको कुरा बोल्नुपर्छ । अपृयश्चपथ्यस्य वक्ता श्रोताचदुर्लभ (भावार्थ : अपृय तर प्यारो कुरा नवक्ता न श्रोता पाउन दुर्लभ छ ।)         
१४.अरूको कुरा सुनि सकेपछि मात्र आफ्नो कुरा भन्नु “किनभने भगवान वा माता पिताले हामीलाई सुन्न मात्र दुई कान दिएका छन् जबकी खान र बोल्न दुई कामकोलागि एउटा मात्र मुख” यसको अर्थ धेरै सुन्नु कम बोल्नु । आवश्यक कुरा मात्र बोल्नु हो ।                         
१५.कसैले तोते बोलेको, कुरा शब्द अकमकिएर वा भकभकाएर बोलेको छ भने ति मित्रहरूलाई नजिस्काउने र खिल्ली नउडाउने । धैर्यपूर्वक उनको कुरा सुनेर आफ्नो राय सल्लाह वा विचार दिने ।         
१६. बिना काम कसैको पनि योग्यता,उमेर, तलव, जहान, आर्थिक वा वित्तिय अवस्था वा यस्तै बैयक्तिक गोप्यताका कुराहरू नसोध्ने । (Qualification, Family Background and Financial Conditions are Secret of any Individual)                          
१७.अरू कहाँ जाँदा पुस्तक वा कागजपत्र पल्टाएर आफ्नो अशिष्टता नदेखाउनु । शिष्ट र भद्र व्यवहार आकर्षक र सर्वलाई मन पर्ने हुन्छ ।      
१८. छेउ न टुप्पोको नजान्दा कुरो नगर्नु । हिन्दीमा एउटा कहावत छ लालबुझक्कड हात्ति हिडेको पदचाँपलाई “लाल समझगए रे, अबनासमझे कोही पयरमे चक्की बाँधके हिरण कुदा होई” भने जस्तो गरी बोल्नु उपयुक्त हुँदैन । विषयवस्तुको बारेमा आफूलाई पूर्ण ज्ञान छैन भने त्यस विषयमा जो संग पनि विनम्रतापूर्वक जिज्ञासा राख्नु बुद्धिमानी हुन्छ ।                                                                        
१९.विना काम अरूको जात, काम, साथीहरूको ठेगाना नसोध्नु, सोधे पनि खिल्ली नउडाउनु । यस सन्दर्भमा एउटा अंग्रेजीको भनाई छ – Great Persons deals Ideas, Normal Person deals Events and General Persons deals Persons.                   
२०.विना सूचना, विना काम अरूलाई भेट्ने कोशीश नगर्नु । यसको तात्पर्य अरू पनि के कति काममा व्यस्त हुन्छ भन्ने कुरा मनन गर्नु पर्छ । केवल आफ्नो स्वार्थ भन्दा अरूको क्षेमकुशल हितभलोकालागि सम्वन्ध कायम राख्नु उचित हो ।                                                     
मानिसले जन्म लिए पछि एक दिन अवश्य मर्नु पर्छ । त्यसै मानिसलाई मरणशील प्राणी भनिएको हो । कोही म¥यो भनेर दुःख मनाउ र शोक गरेर सत्यलाइै टाल्न र छेल्न सकिन्न । जीवन मरण प्राकृतिक नियम वा ईश्वरको लिला हो । त्यसैले जति दिन सम्म बाँचिन्छ, त्यति समयसम्म आदर्श, कर्मवीर र मानविय गुणयुक्त व्यक्ति बन्नु मानव जीवनको सार्थकता हो ।

जीवनलाई सार्थक बनाउने व्यक्तित्व बन्नाकालागि निम्न सूत्र अवलम्वन गर्नु अति जरूरी भएकाले यो लेख प्रस्तुत गरिएको छ ।

१) इष्याको धुनवाट सधै बच्ने : जसरी मके तथा गहुा भित्र घुन पसेपछि भित्रको गदी नास हुन्छ । त्यस्तै मानिस भित्रको घुन भनेको इष्या हो । इष्याले मानिसलाई खोक्रो बनाई दिन्छ । त्यसैले व्यक्तित्व विकास गर्न चाहने व्यक्तिले कहिल्यै पनि इष्या गर्दैनन्, गर्नु हुन्न ।         
(२) धर्म संस्कृतिको अवलम्वन गर्ने : प्रत्येक समाजमा आ—आफ्ना धर्म र संस्कृति हुन्छन् । कुनै पनि धर्म र संस्कृतिको मूल उद्देश्य समाजको उत्थान र हित गनुृमा अडेको हुँदा तिनीहरूका संरक्षण र परिवारवाट सवैको भलो हुन्छ । यहाँ धर्म, संस्कृति भन्नाले अनुशासन र सत्कर्मलाई लिएको बुझ्नुपर्दछ ।                                                 
(३) समयको सदुपयोग गरी अध्ययन कर्ममा लाग्नु : बरालिनु, कुलत र कुसंगतमा लाग्नाले बेकारमा समय नष्ट हुनछ । समय नष्ट गर्नु भनेको पतनको बाटो समाउनु हो । यसैले समयानुसारको शिक्षा र ज्ञानमा उद्धत भई सुकर्ममा अघि बढनाले व्यक्तित्वको विकास हुन्छ ।   
(४) काममा संयमी बन्नु : जसले संयम वा धैर्य लिएर काम गर्ने गर्छ उसको जीवनले असफलता भोग्नु पर्दैन । धैर्य भनेको जीवनको साँचो हो । धैर्यको फल मिठो हुन्छ भने संयम संग दिएको काम सफल हुन्छ ।                                                                                              
५) अर्काको दोष भन्दा गुण खोज्नु : कोही पनि गुणै गुणले भरिएको हुँदैन, सवैमा केही न केही दोष अवश्य हुन्छ । त्यसैले तपाई कसैवाट केही सिक्न चाहनुहुन्छ भने उसका दोषलाई नखोतली उस संग भएको गुणलाई चिनेर ती गुण ग्रहण गर्ने नीति अवलम्वन गर्ने गर्नुहोस् ।                                                                                   
(६) गल्तीलाई दोहोरिन नदिनु : सके सम्म गल्ती हुने काम नगर्नु यदि कुनै असावधानीका कारणले गल्ती भयो भने गल्ती काम गर्नेवाट हुन्छ, काम नगर्नेको हुँदैन भनेर सोँचेर काममा सधै अग्रसर भई रहने र पहिलेका जस्ता गल्तीहरू दोहोरिन नदिन सदैभ सचेत र सतर्क रहने ।  
(७) आफ्नोमा सन्तोष गर्ने बानी गर्नु : “जो हाथ, सो साथ”भनेझै आफूसंग जे जस्तो छ तयसैलाई सुधारेर परिस्कृत गर्दै चित्त बुझाउन सक्ने जति सुखी र सन्तोषी अरू कोही हुँदैन अर्थात् आफ्नो ह्युति अनुसारको आशा, अकाक्षां राखी लगनशिल बन्ने सुखी हुन्छन् ।          
(८) थोरै बोल्ने, धेरै सुन्ने : पटर पटर बोलिरहनेलाई हल्कारूपमा हेरिन्छ त्यस्ताको बोलीको विश्वास पनि कम हुने र तर्क शक्ति पनि फितलो हुने हुँदा आवश्यकता भन्दा बढी बोल्न उचित हुंँदेन । साथै, अर्काले भनेका समस्या र समाधानका वारेमा ध्यान दिएर सुन्ने गर्नुपर्दछ ।                                                                                   
(९) गल्ती स्वीकार्दा सानो भईदैन : यदि अञ्जान र अविवेकसाथ कुनै गल्ती हुन गयो भने त्यसलाई तत्काल स्वीकारेर “माफ गर्नु होस्” भन्न नचुक्नु भनेको व्यक्तित्वमा आँच होईन, शान बढाउनु हो ।            
(१०) शिष्ट मर्यादा अनुसार कुरा गर्नु : सवै संग शिष्ट र मिठास शेलीमा बोल्दा अरूको मन जित्न सकिन्छ । यो व्यक्तित्व विकासमा अभेद्य सहयोगी बन्ने उपाय भित्र पर्दछ ।                                          
(११) राम्राको प्रशंसक बन्नु : कसैले कुनै राम्रो काम गरेको छ भने त्यसको प्रशंम्सा गर्ने बानी बसाल्नु पर्छ । राम्रो काम गर्नेको प्रशंसावाट उसलाई अरू राम्रा राम्रा काम गर्न मनोबल बढ्छ ।                            
(१२) अहंकारी नबन्नु : जीवनको सवैभन्दा ठूलो शत्रु अहंकार हो । यो सम्पत्ति, पद, ज्ञान, रूप र अधिकारवाट उब्जन्छ । यी सवलाई सदुपयोग गर्न नजान्दा पतन हुन पुगिन्छ ।

मननिय अभिव्यक्तिहरू :                                                        
(१) ”पापको कमाई छोडेर मेहनत र मजदूरीको कमाईमा विश्वास गरौं ।” —अथर्ववेद                                                                       
(२) “कुनै पनि विद्वान त्यो हो जस्ले आफ्नो बल आफै चिन्दछ, न त कहिल्यै भयभीत हुन्छ, न त आफ्ना कमजोरी लुकाउँछ र आफूले गर्न नसक्ने काम कहिल्यै आँटदैन यसकारण उसलाई कहिल्यै पनि असफलताको सामना गर्नु पर्दैन ।” —सत्यवाणी                                                                                                                              
✍️ सम्पादन तथा संकलन : बसन्तराज अधिकारी
कीर्तिपुर, काठमाण्डौ ।

Comments