१५३. मेरा साहित्यिक सिर्जनात्मक सङ्गालो कविता तथा गीतहरू

 मेरा साहित्यिक सिर्जनात्मक सङ्गालो कविता तथा गीतहरू                              

✍️ वसन्त राज अधिकारी परिवार साथमा 
                घोराही उपमहानगरपालिका, दाङ, नेपाल 
                  हाल :   कीर्तिपुर, काठमाण्डौं
  ।                                                                                                                              १. जागीर  

रचनाकार : वसन्त राज अधिकारी

नखाँदा सम्म सारै लोभ लाग्ने ।
अर्काले खाएको देख्दा सरल ठान्ने ।।
समाजमा मर्यादित भई सोख मान्ने ।
कठिन मुस्किलले जीवन धान्ने ।
दुःखदायी बुहार्तन भयो जागीर ।।१।।
 सदाचारको मूल ढोकामा ताल्चा मारेर ।
 चरित्र र नैतिकताको लाश गाडेर ।।
 ज–जस्को शासन चल्छ उसकै गीत गाउँदै ।
 पहिला जा त्यस पछि गीर रै छ जागीर ।।२।।
 योग्यता क्षमता र काम काजले,
 मूल्याङ्कन अपवादमै होला ।
 चाकडि चाप्लुसी र जी हजुरीयाहरूले,
 रबाफ बढाउछन्, भाग्य बगाउछन् याहाँ ।।
 दुःखदायी बुहार्तन भयो जागीर ।।३।।

अपि सन्देश कर्मचारी मिलन केन्द्र, दार्चुलावाट प्रकाशित कविता, २०५२

जीवनधारा

२.मनको भाषा बालककालको


संघर्षशिल जीन्दगीले दु:ख सुख झेल्दोरैछ ।
कहिलेकाही आफैले नि आफैलाई पेल्दोरैछ ।१।

अव्यक्त ति अतितका अन्तर्मनका सार कथा ।
छरपस्ट हुँदा रैछन् खाटा घाउ उप्किदिदा ।२।

सुन्दर थ्यो त्यो छटा उषाकिरण लालित्यमा ।
रङ्गिन हरियाली स्वनिल मनोरम संसारमा ।३।

तनका दु:ख नगन्य थे मनका दु:ख थेन केही ।
अनुभव बालापनका एउटा पुर्ण संसार त्यहीँ ।४।

गाउँको घर प्राकृतिक सादा थियो जनजीवन ।
पंन्छी सरी निल गगनमा भुरुरुरु उडथ्यो मन ।५।

मीठो खाना राम्रो नाना जिन्दगीको सार थियो ।
आमाबाबू बहिनीभाइको अगाध प्यार थियो ।६।

क्षणिक रिस राग ईष्र्या पुनः सहभाव थियो ।
मातापिता कुटुम्बनै जीवन जीउने आधार थ्यो।७।

तनमा बाँस सदा शिव बाबा मनभित्र हरिराम ।
वाल र किशोर वय जीन्दगीको सुन्दर घाम ।८।

सुन्दर त्यो सुदुर अतीत भविश्यको दर्पण छायाँ ।
स्नेहील मृदु स्वच्छन्दता अनुपम पुर्ण माया ।९।

इच्छा र चाहनाथे सुक्ष्म बालसुलभ आकाक्षांमा ।
सबै पुर्ण गरिदिन्थ्यौ जीवितदेवी मेरी आमा ।१०।

भाषाज्ञान शिक्षारम्भ जीवनको स्वर्णिम काल ।
सादृश्य खुला जीवन सौभाग्यको उषाकाल ।११।

यहि समयमा महाकवि पनि मन्त्रमुग्ध हुन्छन् ।
प्याराशिशु म बन्नसकेबन्नेथे बालक भन्छन् ।१२।

गंगाको जल गंगोत्रीमा निर्मल स्फटिक जस्तैः ।
बितेका ती वालापन खाँदै रुँदै खेल्दै हास्दै ।१३।

बिस्मृतिका गर्भमा विलुप्त ति सुन्दर अतीत ।
स्वर्गभन्दा नि धन्य स्वयं भित्र अन्तर्निहित ।१४।

खुला गगन  बिचरण सव अब भयो कालातित ।
ह्रदयमा भाव गंगा बन्छ केवल सुन्दर गीत ।१५।

बसन्तमा नयाँ पालुवा आउने वर्षाका तालचरी ।
सुर्यघडीवाट हुन्थ्योसबै समयको लेखापढी ।१६।

सिलोटका कापी आहा हुन्थे खरी ढुङ्गा कलम ।
नौनीसरी कोमल थ्यो चञ्चलाश्री यो मन ।१७।

दाङको त्यो फाँट फराकिलो मुक्त पवन क्रिडा ।
थिएन केही तापदुःखदर्द अन्तर्मनका पीडा ।१८।

प्रौढावस्था ढल्किईदा सम्म त्यहीँ बाल लिला ।
अविस्मरणीय सुन्दर क्षण सम्झेर ल्याउँदा ।१९।

गुच्चे साथी र ती फुच्चे साथी बालसखा मेरा ।
चौधरी, क्षेत्री, ठकुरी र दलित साथी प्यारा ।२०।

अमृतत्व वालाजीवन बित्यो है निस्फिकरी ।
न शोक सन्ताप नभोक न थियो भकारी ।२१।

सृष्टिको संघारमा साक्षात नर ईश्वरको रुप ।
सिद्ध बुद्ध महात्मा सव त्यही रुपमा डुब ।।२२।

नर चोला हो अत्युत्तम अझ वालक काल ।
बालअधिकार रक्षा गरि यस्लाई सम्हाल ।२३।

जीवनमा सुन्दरताको सर्वोत्तम रुप सार ।
वर्तमानका साझेदार भविश्यका कर्णधार ।२४।

मनको भाषा बालककालको अपार थियो धार ।
यहि नै हामी सवको यो जीवनको मुलाधार ।२५।

कविता

३.शिक्षा बिकाऊ भो !!
                       

शिक्षाको अर्थ सिकाई हो, सिद्धान्तमा ज्ञान हो ।
सामाजिक व्यवहार समुन्नत पार्नु, जीवनको अनिवार्य शर्त हो ।।१।।

परम्परा भत्काउँदै, मौलिकता च्यात्दै ।
आफ्नो पनमा लाज हुन्छ, विदेशी पाऊ मोल्दै ।।२।।

हरेक यूवा यूवतिको रहर यूरोप, अमेरिका ।
अष्ट्रेलिया, चीन, जापान केही नलागे भारत सम्म ।।३।।

सामुदायिक विद्यालय मृततुल्य भएका छन् ।
आवासीय बोर्डिङले देशको इज्जत धानिद्या छन् ।।४।।

बर्षेनि उत्पादित लाखौं लाख जनशक्ति,
विदेशमा पलायन भई देश गरिब भईराछ ।।५।।

रचना: बसन्तराज अधिकारी
[२०७० असार १३ गुरूवार]



४. राष्ट्सेवक हु म एउटा .....

कलम छुट्यो,मसी छुट्यो, छुट्यो हाजीरी स्याहा,
प्रवीधी मैत्री बन्यो अब, हाम्रो नीजाम्ती सेवा ।।

कलम अब पेन ड्राइभ भो, मसी कम्प्युटर पृन्टर ।
हाजिर खाता बन्यो, अब बीद्युतीय हाजीर !!

एकेडेमीक प्रोफिसनल मेरीट योग्यता प्रणाली  ।
राष्ट्सेवक हु म देशको एउटा  य्ही नेपाल मेरो  घर ।।

मेरो एउटै मात्र सपना र चाह्ना छ, समृध्द होस मेरो नेपाल  घर ।
स्वकर्तव्य निर्वाह गर्छु, आदर्शवान भै  सगर्माथा शीर   ।।

सदाचार, इमान्दारीको सस्कार्लाइ शीर्मा धारण गरी ।
सेवा गर्छु मातृभुमी नेपाल आमाको यो जीवन भरी  ।।

सेवामैत्री र जवाफदेही प्रशासन, संघीयता मा सुशासन
निजामती सेवा दिवस २०७३ को हार्दिक शुभकामना ।।



लेखक : बसन्तराज अधिकारी
स्थायी ठेगाना : दाङ, घोराही
Chief, Reo Banke, Nepalganj.


५. कर्तव्य पथमा राष्ट्रसेकक रमाउँछ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~


मेरो श्रम पसिनाले दुई गास कमाउने ।
आस्रित जनलाई रुखोसुखो खुवाउने ।।१।।

राष्ट्र  निर्माण जग  स्वहातले बनाउने ।
राष्ट्रको जगमा एउटा ढुङ्गा मिसाउने  ।।२।।

निजत्व र स्वाभिमान सेवकको धर्ममा ।
गरिमा झल्किन्छ औचित्य सत्कर्ममा ।।३।।

जन्मे यै धर्तिमा हुर्के माटोसंग ममत्व छ ।
जननीजन्मभूमिश्च स्वर्गादपि गरियसी ।।४।।

सार्थक कर्ममा बिद्या बुद्धि समर्पण ।
धन्य बनाउनु पर्छ यो मेरो मानव जीवन ।।५।।

अग्रजको आर्जनमा आज आफु रमाउने ।
कर्तव्यबोध छ मेरो भावी पुस्ता हँसाउने ।।६।।
××~~~~××

६. प्रेमी  गीत

रचना: बुलेट__दादा
स्वर : बसन्त अधिकारी



टाढा हुँदा तिमीसंग .....

टाढा हुँदा तिमीसंग, मायाँ बढँंदो रैछ ।
एकान्तमा अझ बढी, याद आउँदो रैछ ।।१।।

टाढा हुँदा तिमीसंग.....

ईष्ट-मित्र गाउँ-समाज, घरवार  टाढा ।
तर तिम्रो मायाँ किन, भयो यति गाडा ।।२।।

टाढा हुँदा  तिमी संग .....

बालक कालका साथी छुटे, भुले ती दौंतरी ।
तर तिम्रो मीठो याद, भुलेन क्यै गरि ।।३।।

टाढा हुँदा तिमी सँग .....

अन्तर्यामी भाको भए, ह्रदयका भाषा ।
बुझिने थियोे  होला, मनभित्रको कथा ।।४।।

टाढा हुँदा तिमी सँग .....

कोही भन्छन जवानीको, बाढी होयो माया ।
पाकालाई बुढेसकालको,लाठीहो माया ।।५।।

टाढा हुँदा  तिमी संग .....

मनका कुरा धेरै थिए, खोल्न बाँकी र्ह्यो  ।
आशै आशमा यो जिन्दगी, पनिगै गयो ।।६।।

टाढा हुँदा तिमी संग.....

आत्मसन्तोष हो जिवनको, अमुल्य धन ।
एक्लै बस्दा अस्थिरता हुँदोरछ मन ।।७।।

टाढा हुँदा तिमीसंग .....……
:::~~~:::

७. एकान्तमा स्वमुल्याङ्कन गर्दा सबै तत्व खुल्छ
×××××××××××××××××××××××××××××××××


देख्दा मानिस स्वार्थी प्राणी, किन्तु  अध्यात्मिक ।
मेलमिलापमा मानिस भन्दा, को छ  सद्विवेक ।।१।।

ज्ञान बिज्ञान कर्म धर्म, मानिसकै हुन उपक्रम ।
स्वार्थ अहंकार त्यागे पश्चात पद प्राप्ती परब्रह्म ।।२।।

सभ्यताको शृङ्खलामा तपश्वी हो, मानव जाती ।
धर्म विवेक सत्य न्याय, मानवताको परम साथी ।।३।।

एउटा मात्र जीवन हैन, जीवन जीवनान्तर कथा ।
बुझ्न सक्नुपर्छ दु:ख मानवताका, रोदन दर्द कथा ।।४।।


तर पनि किन किन अनिर्णयको बन्दी बनि मानव भुल्छ ।
एकान्तमा स्वमुल्याङ्कन  गर्दा सबै तत्व खुल्छ ।।६।।

लेखक : बसन्तराज अधिकारी
दाङ घोराही
हाल : बाँके, नेपालगन्ज
[मिति :२०७३/०९/२२ शुक्रबार]


८. एक वृद्धको डायरी
~~~~~~~~~~~~~


लेखक : बसन्तराज अधिकारी
कीर्तिपुर, काठमाण्डौं
[शनिबार १९ जेठ २०७५]


मेरो पनि वालापन थियो
नशोक नसुर्ता नभोक नभकारी ।
रमाईलो थियो दुनियाँ
खायो, सुत्यो, उफ्र्यो, खेल्यो ।
सुखद बिपना उन्मुक्त जीवन
खेल्दा खेल्दै यो अवस्था हरायो
केही दिन त अति पिर लाग्यो
बालसखा आनन्द छुटेकोमा ।।१।।

सम्हालिए आफै भित्रवाट
केही दिनमै नयाँ परिवर्तन आयो ।
युवावस्थाले मलाई समाएछ
ओंठमा जुँगारेखी सुकुमार वय ।
वालापन गएर के भयो र ??
झनै राम्रो किशोर युवा भैयो
धेरै२ रमाए नयाँ नयाँ साथीभाइ पाएँ ।।२।।

एउटा अन्तराल सकिएपछि
युवावस्था पनि मवाट बिदा भयो ।
प्रौढ र वृद्ध अवस्थाको सुक्ष्म संकेत
देखिन थाले तनमन भित्र ।।३।।

यहीँ बेला हो मलाई धेरै२ जिम्मेवारी
पारिवारिक, सामाजिक र राष्ट्रिय ।
कार्यचाँप र बोझिला कर्तव्यका भारीहरु
सकिनसकी उठाउँदैछु कार्यबोझ ।।४।।

अनुभव, परिपक्वता र सहनशीलता
योग्यता, सक्षमता, स्वविवेक सबैछ ।

परन्तु,

केही दिनको पाहुना जस्तैः
मवाट बिदा हुनेछ ।
फेरि यो शरीर रहनेछैन
अशरिरी भएपनि
म अझै सुखी र खुशी हुने
कुरामा भने द्विमत छैन ।
::<>::

९. निर्वाचन आयोग, नेपाल र म   [ धारावाहिक कविता]
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
छन्द : स्वछन्द गीती लयमा
रचना: स्वयं
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

सत्ताईस बर्ष पुरा भयो, निजामती सेवा राष्ट्रसेवक भाको ।
गत बर्ष उपसचिव पदोन्नति भै, निर्वाचन आयोग अन्तर्गत नेपालगन्ज आको ।।१।।

जन्म मेरो दाङ मजगाउँ, घोराही स्थायी घर ।
कश्यप गोत्री बसन्तराज नाउँ मेरो, अधिकारी थर ।।२।।

बर्ष दिन भन्दा बढी  व्यतीत भयो, नेपालगन्ज बास ।
दाङ घोराही  घर आफ्नै प्रदेश, छैन म निराश ।।३।।

निर्वाचनको सार अर्थ शासन हेतु जनप्रतिनिधि चयन ।
स्वतन्त्र संबैधानिक आयोग छ, ऎन नियम कानुन ।।४।।

जनशक्ति सुरक्षा व्यवस्था, स्रोत साधन सामाग्री ।
राज्यको सारा सबै संयन्त्रलाई यसमै केन्द्रित गरी ।।५।।

मतदाता शिक्षा, तालीम र सूचना प्रविधिका कुरा ।
राजनीतिक समन्वय छलफल, अन्तरक्रिया ।।६।।

निर्वाचनको पुर्वाभ्यास र निर्वाचनको चरण ।
निर्वाचन पश्चात पनि निरन्तर चल्छ निर्वाचनको क्रम: ।।७।।

काठमाण्डौंको कान्तिपथमा, आयोगको छ केन्द्र ।
पाँचै बिकास क्षेत्रमा छ, आयोगको क्षेत्रीय संयन्त्र ।।८।।

सत्तरी जिल्लामा अवस्थित छ, जिल्ला निर्वाचन ।
प्रजिअको संयोजकत्वमा समिति, निर्वाचन  व्यवस्थापन ।।९।।

दुईहजार पन्ध्र सालको संसदीय,निर्वाचन देखी ।
निर्वाचन आयोग अधि बढीराछ, दह्रो पाईलाहरु टेकी  ।।१०।।

अठतीस छत्तीस अठचालीस र एकाउन्न सालमा ।
निर्वाचन भएका छन पञ्चायत र बहुदलीय कालमा ।।११।।

दुईहजार चौसट्ठी र सत्तरीको संविधानसभा ।
ऎतिहासिक निर्वाचनले जगायो, नेपालीको आशा ।।१२।।

जनचेतना, जनआशा संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्था ।
आफ्नो शासन आफै गर्ने प्रबल रह्यो, जनमतको ईच्छा ।।१३।।

राजनीतिक दललाई अविभेद, पाँचै औंला बराबरी सरी ।
हामी राष्ट्रसेवक गर्छौं कुशलताले, देशको रखवारी ।।१४।।

राज्यपुनर्संरचना अधिकार हस्तान्तरण, स्थानीय तहमा ।
प्रभावकारी जनसेवा आफ्नै, घर आँगन दैलोमा ।।१५।।

नेपालको संविधानमा सरकारको, स्वरुपमा छन तीन तह ।
स्थानीय तह गापा, नपा प्रदेश सभा र संघीय वा केन्द्र  ।।१६।।

संविधानको कार्यान्वयन चुनौती बीच, अवसरको स्थानीय निर्वाचन ।
हामी नेपालीको भाग्य भरोसाको केन्द्र, सफल निर्वाचन ।।१७।।
क्रमश:

बसन्तराज अधिकारी
क्षेत्रीय निर्वाचन अधिकारी
Chief, Reo Banke
Nepalganj
[बुधबार २१ असार २०७४ शुभम]       
                                                                                                                                     रचनाकार/कवि श्री बसन्त अधिकारी
श्री नेराप्रावि, तिराम, सिमलचौर, प्युठान 
मिति : २०४३ कार्तिक ५ बुधबार,दाङ्ग।

 १०. पैंसा ! पैसा ! पैसा !!!

         मानिस मानिसलाई किन्छ, अनि बेच्छ ।
         बिवसताको बजारमा, क्रय–बिक्रय हुन्छ ।।
         मानवताको हाट लाग्छ, भाडा चल्छ ।
         त्यसैले धनमा मतान्ध हुनेहरु कराउछन् ।। 

          पैंसा !       पैंसा !!       पैंसा !!!

      योग्यता प्राप्त योग्य मानवहरु जीउन ,संघर्ष गरिरहेछन् ।
      प्रत्येक स्थानहरुमा निन्याउरो मुख लगाएर ।।
      बेरोजगारीको कोलाहल ,मच्चिईरहेछ ।
      मलिनतामा झोक्रिएका छन्,मानवताको उपहास देखेर ।।
      केबल धन लोलुपहरु मन्त्रझै जप गर्छन्।।

        पैसा !       पैंसा !!          पैंसां !!!
     
     ब्यक्तिगत त के राष्ट्रिय संम्पति नैे उडिरहेछ ।
     बियर, भोढका र थ्रिएक्समा, पप्लु र डब्लूमा ।।
    अनि चिल्लाउछन् स्वप्नमा ।।

     पैंसा !           पैंसा !!!        पैसा !!!

 ® तत्कालीन जय नेपाल निष्पक्ष साप्ताहिक ,दाङ्ग वाट प्रकाशित हाल यो पत्रीका बन्द भैसकेको अवस्था छ ।

Comments