११९. शास्वत ज्ञान (आदर्श वाक्य)

 शास्वत ज्ञान (आदर्श वाक्य)

✍️ वसन्तराज अधिकारी 
                                 राजापुर, बर्दिया  

१.यी चार कुराले मानव मात्रको कल्याण गर्दछन् : 

(१) बाणिको संयम, (२) अल्प निन्द्रा, (३) अल्प आहारा, (४) एकान्तमा स्वरूप संस्मरण

 

२. ईश्वर पूजाका होईनन् प्रेमका भोका छन् । —स्वामी दयानन्द सरस्वती 


३. सुख भन्ने कुरा बाहिरी वस्तुमा भर पर्दैन हामीले सोच्ने तरिकामा भर पर्छ । — लियो टाल्स्टाय

 

४. मन, वचन र कर्मले पवित्र व्यक्ति नै सच्चा मानव हो । —गौतम बुद्ध 


५. रिस उठन थालेका बेला परिणाम विचार गर । —कन्फ्युसियस

 

६. पत्नी, भोजन र धन यी तीन कुरामा सन्तोष गर्नु पर्छ । –चाणक्य 


७. कविता कल्पनाको अभिव्यक्ति हो । –पी.वि.शेली 


८. कल्पनाले नै समस्त विश्व सञ्चालन गर्दछ । –नेपोलियन बोनापार्ट 


९. फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र । –लेखनाथ पौड्याल 


१०. अभिलाषा नै दुःखको जड हो । –गौतम बुद्ध


११. मुर्खको ह्रदय मुखमा हुनछ तर बुद्धिमानको मुख ह्रदयमा हुन्छ । –रूजवेल्ट फ्याङ्कलिन 


१२. प्रिय वचन बोल्नेको कोही पनि शत्रु हुँदैन । –चाणक्य 


१३. सवैभन्दा महत्वपूर्ण समय वर्तमान हो । –लियो टालस्टाय


१४. “अरूकालागि बाँचेको जीवन मात्रै सार्थक हुन्छ” । — अल्बर्ट आईस्टाईन


१५.सम्झौता नै श्रेयष्कर हो । –सम्राट अशोक 


१६.अमूर्तलाई मूर्तरूप दिन सक्ने मानिस ज्ञानी हुन्छ । –सुकरात 


१७.प्राथना गर्ने ओंठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छन् । —सत्य साइ बाबा 


१८.अवसर भेटिएन भने योग्यताको पनि मोल घट्छ । —नेपोलियन बोनापार्ट


१९. सुनको परीक्षा आगोमा हुन्छ । —कालिदास 


२०. ज्ञान आधा पाटो हो भने विश्वास अर्को आधा पाटो । —नोभलिस


२१.संयम र नियम नै मनुश्यको शोभा हो । —कौटिल्य 


२२.शासक दोषि भएमा सारा देशवासीले दुःख खप्नुपर्छ । —थोम्सन


२३.गहिराईले अतासिनेहरू मोतीवाट वञ्चित हुन्छन् । — लक्ष्मीप्रसाद देवकोटा 


२४.समयले खोजेको विचार भन्दा शक्तिशाली कोही पनि हुँदैन । —भिक्टर ह्युगो


२५.असल मानिसको कार्य, वाणी र चित्तमा एकरूपता हुन्छ । —वाल्मिकी 


२६.शासन प्रणालीमा धेरै जसो खराव तत्वको जड आर्थिक स्वार्थ नै हो । —प्लेटो

 

२७.दुधको भारा तिर्न हिच्किचाउनु कातरता हो । —लक्ष्मीप्रसाद देवकोटा 


२८.शब्द जति कम हुन्छ प्राथना त्यति उत्तम हुन्छ । —मार्टिन लुथर किङ


२९.मधुर संगीतले आत्मा शान्त गराईदिन सक्छ । —महात्मा गान्धी

 

३०.उही कुरा पटक पटक दोहोराएर फरक नतिजाको आशा गर्नु पागलपन हो । —अल्बर्ट आईन्स्टाईन 


३१.अज्ञानीहरू सय बर्षका भए पनि वालक समान हुन्छन् । —मनु 


३२.साथी संग अध्यारोमा हिड्नु भन्दा उज्यालोमा एक्लै हिंडनु जाती । —हेलेन केलर 


३३.संयम र नियम नै मनुश्यको शोभा हो । —कौटिल्य 


३४.शिक्षाले स्वस्थ्य शरिरमा स्वस्थ्य मनको निर्माण गर्छ । —अरस्तु


३५.मधुर संगीततले आत्मालाई शान्त गराईदिन्छ । —महात्मा गान्धी 


३६. सहनशील मानिस नम्र तथा ज्ञानी हुन्छन् । —बेन्जामिन फ्रेंकलिन

 

३७. खराव कर्मद्वारा हुने हानिवाट कोही पनि उम्कन सक्दैन । —गौतम बुद्ध

 

३८.आफ्नो सिद्धान्त र लक्ष्यमा हार नहोस्, यसमा सधै सतर्क हुनुपर्छ । —जर्ज इलियट 


३९.जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । —मनु

 

४०.मानिसको प्रमुख लक्ष्य मध्ये जीवनसंग आनन्द लिनु पनि एक हो । —स्यामुअल वटलर

 

४१.उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र? —लेखनाथ पौड्याल 


४२.आफ्नै इन्द्रिय जित्न नसक्नेले कसैलाई पनि जित्न सक्दैन । —गेटे 


४३.अज्ञानलाई ज्ञानले मेटाउन सक्छ । —शंकराचार्य 


४४.त्यो शासक अत्याचारी हो, जो स्वेच्छाबाहेकका नियम जान्दैन । —भोल्तेयर 


४५.पराधिन मानिसलाई सपनामा पनि सुख मिल्दैन । —ओशो रजनिश 


४६.पछुतो ह्रदयको वेदना हो र निर्मल जीवनको उदार हो । —शेक्सपियर 


४७.अहिंसा नै ठूलो धर्म हो । —महावीर 


४८.प्रेम नै पूजा हो । —ईशा मसिह

 

४९.निरर्थक कुरामा झगडा गर्नु सज्जनको काम होईन । —विदुर 


५०.स्वतंन्त्रता भनेको कानूनको परिधि भित्र रहि यावत् कुरा गर्न पाउने अधिकार हो । —मन्टेस्क्यू 


५१. त्याग जति धेरै निस्वार्थ हुन्छ, प्रगति त्यति नै तिव्र हुन्छ । —महात्मा गान्धी 


५२.प्राणीकालागि चिन्ता नै ज्वरो हो । —शंकराचार्य 


५३.खराब कानून अत्याचारको स्रोत हो । —एडमन्ड वर्क 


५४.“विनम्रता मनुश्यमात्रको महान आभूषण हो ।” 


✍️ राष्ट्रसेवक आफ्नै डायरी, कन्तुर—२ वाट

Comments