११५. नेपालगन्ज स्थित बागेश्वरी मन्दिर र महेन्द्र पार्कको संक्षिप्त परिचय

नेपालगन्ज स्थित बागेश्वरी मन्दिर र महेन्द्र पार्कको संक्षिप्त परिचय

स्थान परिचय 
               
✍️ बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
१. नेपालगन्ज स्थित बागेश्वरी मन्दिर र महेन्द्र पार्कको संक्षिप्त परिचय १.१ परिचय लुम्बिनी प्रदेश नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा अवस्थित  बागेश्वरी  मन्दिर हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण शक्तिपीठको रुपमा रहेको छ । प्यागोडा शैलीमा निर्मित यश मन्दिरमा विभिन्न देवीदेवताहरुको मुर्तिहरु छन । यहाँ सतीदेवीको जिब्रो पतन भएकोले यसलाई बाकेखरी भनियो र पछि बाकेश्वरी भन्ने शब्द अपभ्रंश भइ बागेश्वरी बनेको हो र यसै ठाउँको नामवाट जिल्लाको नाम बाँके रहन गएको हो भन्ने जनबिश्वास रहेको छ । १.२ ऎतिहासिक सन्दर्भ : यहाँ मन्दिर र मुर्तिको स्थापना प्राचीन कालमा भएको र मर्मत सुधार दिग्विजय सिंहले गराएका थिए भन्ने कुरा इतिहासवाट थाहा पाउन सकिन्छ । मन्दिरको वरिपरि भैरव, काली, सिंह आदिका मुर्ति र मन्दिर पनि छन । यहाँको नाग मन्दिरमा नाग पञ्चमीको दिन बिशेष पुजा गरिन्छ । बागेश्वरी मन्दिर मध्य तथा सुदुर पश्चिम नेपालको मुख्य धार्मिक स्थल हो । यो नेपालगन्जको बिच भागमा पर्दछ । यहाँ दुर्गा भवानीको प्रसिद्ध मन्दिर र आराध्यदेव महादेवको प्रतिमा छ । सती देवीको देहान्त भएपछि पीडामा रहेका महादेवले सतीदेवीको शव बोकेर भौंतारिएका बेला सतीदेवीका शरिरका अङ्गहरु पतन भएको धार्मिक मान्यता छ । त्यसबेला शव यात्राका क्रममा सतीदेवीको जिब्रो पतन भएको ठाउँमा कालान्तरमा बागेश्वरी मन्दिर स्थापना भएको इतिहास पाईन्छ । जनश्रूति अनुसार २ हजार बर्ष अगाडि पशुपतिनाथवाट फर्केका तपस्वीहरु यहाँ राती बाँस बसेका थिए । बाँस बस्ने क्रममा सपनामा दर्शन दिएकी देवीले मेरो जिब्रो यहि पतन भएको हो भनेर खाल्डो देखाईन । पछि हेर्दा त्यहाँ रहेको शक्तिपीठ तपस्वीहरुले फेला पारेपछि यहाँ मन्दिर बनाए । सबैको फलीफाप हुने भन्दै स्थानीयवासी संग मिलेर एक तपस्वीले मन्दिर निर्माण गरेको जनविश्वास छ । १.३ महत्व यहाँ रहेको महादेवको जुँगे मुर्ति निकै दुर्लभ मानिन्छ । यस्तो मुर्ति नेपालमा एउटा मात्र छ । प्राचीन सो मूर्तिलाई वि.सं.२००५ साल तथा वि.सं.२०३० सालमा जिर्णोध्दार गरी आजको अवस्थामा ल्याईएको हो । ठूलो पोखरीको बिचमा रहेको नेपालको एक मात्र जुङ्गे महादेवको मुर्तिको दर्शन गर्न नेपालगन्ज आउनेहरूको संख्या हरेक बर्ष बढिरहेको हुन्छ । त्यतिमात्र होईन यहाँ मन्दिर परिसरमा बिबाह मण्डप, गणेश पुजन, रामजानकी मन्दिर, हनुमानगढी, राधाकृष्ण मन्दिर, सन्तोषी माता लगायत देवाधिदेवको मुर्ति तथा सांस्कृतिक  स्थल समेत रहेको छ । साथै, सानो पार्क समेत  छ । यहाँ बसोबासका लागि पर्याप्त होटलहरु पनि छन । तर सम्बन्धित निकायवाट प्रचारप्रसारका लागि ठाउँ ठाउँमा जानकारी लेखिएका बोर्ड, पोष्टर, पम्प्लेट, ब्रोसर आदिको व्यवस्था गर्नु आवश्यक देखिन्छ । IN ENGLISH 1. Bageswori Temple Brief Introduction Bageswori temple is located in heart of Nepalganj Munucipality of Mid-western region Banke District, Bheri Zone, Nepal. This temple is assumed to be important religious place for hindu people. It contains various effigy of deity in the temple area. The temple of Goddess Durga Bhawani and the unique effigy of God Mahadev are also located here. Especially in Nag panchami, Dashain and Shrawan purnima thousand of debvotees flock to the temple to worship and receive blessing. २. नेपालगन्ज स्थित महेन्द्र पार्कको संक्षिप्त परिचय २.१ परिचय : महेन्द्र पार्क नेपालगन्ज उपनगरपालिका वडा नं.११ मा पर्दछ ।  यो नगरको मुख्य क्षेत्र त्रिभुवन चोकको नजिकमा पर्दछ । बि.सं.२०१८ मा स्थापित यो पार्क नेपालगन्जको मनोरम स्थलका रुपमा विकसित गरिएको हो । २.२ महत्व : पछिल्लो समयमा यहाँ मिनि जु (सानो चिडियाखाना) समेत राखिएको छ । मिनि जु करिब १ बिगाहा क्षेत्रमा फैलिएको छ । पार्कमा फुल बगैंचा छ । मैदानमा विभिन्न खेल सामाग्री तथा मनमोहक फुलहरु छन । जसले गर्दा पार्कमा आएर स्वच्छ हावापानीको आनन्द तथा विभिन्न खेल खेलेर मनोरञ्जन लिन सकिन्छ । त्यहाँ संरक्षित गरि राखिएका विभिन्न जनावर तथा चराचुरुङ्गीका कारण पनि पार्क प्रति मनिसहरुको आकर्षण बढेको पाईन्छ । महेन्द्र पार्कमा स्थानीय मात्र नभई विभिन्न ठाउँवाट पनि पर्यटकहरू आउने गरेका छन । खासगरी शैक्षिक भ्रमण तथा अन्य विभिन्न प्रयोजनवाट नेपालगन्ज आउने मानिसहरु महेन्द्र पार्क आउन छुटाउँदैनन । नगरको सुविधा सप्पन्न स्थानमा भएका कारण पार्क जान चाहनेहरु सहजै पुग्न सक्छन् । साथै बसोबासको लागि पर्याप्त होटलहरु पनि छन । यहाँ पनि नगरपालिकाले प्रचारप्रसारका लागि ठाउँ ठाउँमा जानकारी लेखिएका बोर्ड, पोष्टर, पम्प्लेट, ब्रोसरको व्यवस्था गर्नु आवश्यक देखिन्छ । नेपालगन्ज नगरपालिकाको स्वामित्वमा रहेको पार्क पर्यटकीय स्थल भइकन पनि नयाँ योजना तथा कार्यक्रमको अभावमा अपेक्षित गतिमा अघि बढन सकेको छैन । नेपालगन्ज नगरको मुटुमा रहेको पार्कको सुधारका लागि व्यवस्थापकीय पक्ष बलियो बनाउँदै गुरुयोजना सहित कार्यक्रम ल्याउन सकिए आधुनिक पर्यटकीय स्थलका रूपमा बिकास गर्न सकिन्छ । 2. A Brief Introduction of Mahendra Park ~~~~~~~~~~~~~~~~~~~~~~~~~ Mahendra Park is another touristic place near to the Tribhuvan chowk of Nepalganj. This park was established in 2018 BS to promote tourism in the city. Later a small mini Zoo was accompanied with this park which contains different type of wild animal and birds. It offers entertaining activities to the child as well as adult in clean and fresh air. सम्पादन, परिमार्जन तथा लेखक परिचय : ~~~~~~~~~~~~~~~~~~~~~~~~~ ✍️ बसन्तराज अधिकारी अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र)  बी.एल. (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र)  बी.एड. (शिक्षा) हाल : उपसचिव, नेपाल सरकार कामकाज : प्रमुख प्रशासकीय अधिकृत राजापुर नगरकार्यपालिका कार्यालय राजापुर,  बर्दिया । सन्दर्भ सामग्रीहरु (References) ~~~~~~~~~~~~~~~~~~~ १. चिसापानी दर्पण, मध्य र सुदुर पश्चिमका प्रमुख पर्यटकीय स्थलहरु, प्रकाशक : नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिसापानी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समिति, नेपालगन्ज । 2. From : Major Touristic Destinations of Mid & Far Western Nepal. 3. Chisapani Darpan, Major Touristic Destinations of Mid & Far western Nepal. ✍️ लेखक तथा सम्पादक : बसन्तराज अधिकारी स्थायी ठेगाना : दाङ घोराही हाल : राजापुर, बर्दिया ।

Comments