१००. सार्वजनिक प्रशासन र बिकास प्रशासनमा भिन्नता तथा तुलनात्मक अध्ययन

सार्वजनिक प्रशासन र बिकास प्रशासनमा भिन्नता तथा तुलनात्मक  अध्ययन

✍️ बसन्तराज अधिकारी 
अधिवक्ता (एम.ए.बी.एल.बी.ए.बी.एड.) पुर्व उपसचिव, नेपाल सरकार
१. भिन्नता १.१ उद्देश्य : सार्वजनिक प्रशासन सेवामुखी हुन्छ भने बिकास प्रशासन बिकासमुखी हुन्छ । १.२ नेतृत्व : सार्वजनिक प्रशासनको नेतृत्व सामान्यज्ञद्वारा गरिन्छ भने बिकास प्रशासनको नेतृत्व  विशेषज्ञद्वारा हुन्छ । १.३ शैली : सार्वजनिक प्रशासन प्रक्रियामुखी हुन्छ भने बिकास प्रशासन परिणाममुखी हुन्छ । १.४ उत्तरदायीत्व : सार्वजनिक प्रशासन केन्द्रमुखी र बिकास प्रशासन जनमुखी हुन्छ । १.५ स्वभाव : सार्वजनिक प्रशासन कठोर र बिकास प्रशासनको स्वभाव  लचिलो हुन्छ । १.६ स्रोत : सार्वजनिक प्रशासन आन्तरिक स्रोतवाट संचालित हुन्छ भने बिकास प्रशासन आन्तरिक तथा बाह्य सहायता र ऋण अनुदानसमेत माग गर्दछ । १.७ जनसहभागिता : सार्वजनिक प्रशासनमा  जनसहभागिता न्यून रहन्छ भने बिकास प्रशासनमा व्यापक हुन्छ । १.८ कार्यक्षेत्र : सार्वजनिक प्रशासनको कार्यक्षेत्र सबै देशहरूमा हुन्छ भने बिकास प्रशासन बिकासोन्मुख देशहरुमा मात्र हुन्छ । १.९ निर्णय प्रक्रिया : सार्वजनिक प्रशासन निर्देशित हुन्छ भने बिकास प्रशासन सहभागीतामुलक हुन्छ । १.१० परिवर्तन : सार्वजनिक प्रशासन परिवर्तन प्रति प्रतिरोध गर्दछ भने बिकास प्रशासनले आत्मसात गर्दछ । २. बिकास प्रशासन र सार्वजनिक प्रशासन बिच फरक : यी दुई प्रशासनको भिन्नतालाई यसको उद्देश्य, बफादारी एवं धारणाका आधारमा भिन्नरुपमा हेरिने र निम्नलिखित आधारमा यी दुई प्रशासनविच भिन्नता औल्याउँने गरिन्छ । २.१ सार्वजनिक वा नियमित  प्रशासन : २.१ यसको सम्बन्ध समष्टिगतरुपमा देशको सार्वजनिक नीति निर्देशनसंग रहन्छ । २.२ सार्वजनिक प्रशासन परम्परागत र नियमित कार्य शान्ति सुरक्षा र राजस्व संकलन तर्फ उन्मुख हुन्छ । २.३ सार्वजनिक प्रशासन को उद्देश्य सेवामुखी रहेको रहेको हुन्छ । २.४ सार्वजनिक प्रशासन सर्वव्यापी प्रकृतिकै रहेको हुन्छ । २.५ सार्वजनिक प्रशासनमा कर्मचारीतन्त्रलाई Modus operandi को रुपमा अंगालिएको पाईन्छ । २.६ सार्वजनिक प्रशासनमा General specialist को बाहुल्यता रहेको हुन्छ । २.७ सार्वजनिक प्रशासनमा बढी पदसोपान तह एवं केन्द्रीकृत संरचनाहरु विद्यमान हुन्छन । २.८  सार्वजनिक प्रशासनको खर्च व्यवस्थापन लचिलोरूपमा हुन सक्दछ  । यसले धेरै स्रोत भए धेरै खर्च, कम स्रोत भए कम खर्च गर्न लचिलो पद्धति अपनाउन सक्दछ । देशको आन्तरिक स्रोतमा पनि निर्भर रहन सक्दछ । २.९ सार्वजनिक प्रशासनको कार्य प्रणाली प्रक्रियामुखी हुन्छ । २.१० उत्तरदायीत्व केन्द्रमुखी हुन्छ । २.११ नागरिक सहभागीता अनिवार्य मानिदैन । २.१२ निर्णय प्रक्रिया पदमुखी एकल रहेको हुन्छ । २.१३  सार्वजनिक प्रशासनमा गतिशीलता, कृयाशिलता, अन्वेषण, खोज, Pioneering Innovation जस्ता कृयामा त्यति ध्यान दिईदैन । परम्परालाई बढी महत्व दिईन्छ । ३. बिकास प्रशासन : ३.१ यसले बिशेष गरि बिकासका उद्देश्य र नीतिलाई जोड दिन्छ । ३.२ बिकास प्रशासनले उद्देश्यमा आधारित कार्यलाई समेटदछ । यसले उपलब्धिमूलक सामाजिक एवं आर्थिक परिवर्तनमा विश्वास गर्दछ । ३.३ यसको उद्देश्य सेवामुखिका अतिरिक्त बिकासमुखी पनि हुन्छ । ३.४ बिकास प्रशासन मुलतः बिकासोन्मुख देशहरूका लागि सिफारिस गरिएकोले यसको प्रभाव तेस्रो राष्ट्रमा रहेको पाईन्छ । ३.५ बिकास प्रशासन आफ्नै अन्तर्निहित गुणहरुले बढी लचिलो र गतिशील कार्यसन्चालन पद्धतिमा जोड दिन्छ । ३.६ यसको कार्य प्रकृति अनुसार बिशेष गुणसम्पन्न प्राविधिक बिज्ञको आवश्यकता हुन्छ । ३.७ यसले ठुलो मात्रामा स्रोतहरुको माग गर्दछ । ३.८ यसले आन्तरिक स्रोतहरुको अतिरिक्त वैदेशिक ॠण र सहायताको अपेक्षित हुन्छ । ३.९ कार्यप्रणाली परिणाममुखी हुन्छ । ३.१० उत्तरदायीत्व जनमुखी हुन्छ । ३.११ नागरिक सहभागीता, समावेशिकरण अनिवार्य रुपमा रहेकोे हुन्छ । ३.१२ निर्णय प्रक्रिया सहभागीतामुलक हुन्छ । ३.१३ बिकास प्रशासनले बढी pioneering, innovation माग गर्दछ । यसको अभावमा बिकास प्रशासन गतिहीन, निष्प्रयोजन हुन सक्दछ । ४. बिकासको अर्थ : ४.१ सकारात्मक परिवर्तन तर्फ उन्मुख प्रगति, उन्नति ४.२ आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक सोंचमा सकारात्मकता ४.३ प्रकृति एवं प्रवृत्ति गतिशील एवं बहुआयामिक हुन्छ । ४.४ सधै समानता र न्यायको वकालत गर्दछ । ४.५ सबैको हित र कल्याण गर्ने चाहना राख्दछ । ४.६ वर्तमान अवस्थामा गुणात्मक परिवर्तन ल्याउने प्रक्रिया हो । ४.७ साधन र साध्य दुबै हो । ५. प्रशासनको अर्थ : ५.१ निश्चित उद्देश्य प्राप्तिकालागी साधन र स्रोतहरुको अत्युत्तम परिचालन, निर्देशन, समन्वय, सन्चार एवं व्यवस्थापन गर्नु नै प्रशासन हो । ५.२ "Administration is the use of men and materials to accomplish a purpose" ✍️ Flix A.Nigro ५.३ समग्रमा प्रशासनले निम्न तत्वहरुलाई समेटिएको पाईन्छ : ५.३.१ निश्चित लक्ष्य ५.३.२ मानिस ५.३.३ साधन ५.३.४ व्यवस्थापक । ६. सार्वजनिक प्रशासनको अर्थ : ६.१ सरकारी वा सामुहिक हित प्रवर्द्धनका लागि स्थापित भएको प्रशासन नै सार्वजनिक प्रशासन हो । ६.२ "public Adminnistration is the art and science of management as applied to the affairs of the state." ✍️ D.Waldo ६.३ Public Administration is concerned with the administration of government." ✍️  E.N.Gladden ६.४ Public Administration is the detailed and systemetic application of law." ✍️ Woodrow wilson ७. समग्रमा सार्वजनिक प्रशासन भन्नाले - ७.१ राजनीतिक प्रणालीको उप-प्रणाली ७.२  सरकारको कार्यकारी अंग ७.३  राजकीय कानुनद्वारा स्थापित ७.४  जनतालाई सेवा प्रदान गर्ने महत्वपूर्ण साधन ७.५  राज्य र जनताविचको महत्त्वपूर्ण सेतु ७.६ विकास क्रियाकलापको सन्चालन ७.७  स्थायी कार्यपालिका ७.८ राज्य एवं सरकारको प्रमुख सहयोगी । ८. बिकास प्रशासनको परिचय : ८.१ सार्वजनिक प्रशासनको नविन बिधाकोरुपमा आएको ८.२ तुलनात्मक सार्वजनिक प्रशासनको अभिन्न अंग मानिएको ८.३ परिवर्तनलाई आत्मसात गर्दै व्यबहारगत समस्या निराकरण गर्ने लक्ष्य राखेको ६)८.४ निश्चित उद्देश्य लिएको ८.५ यसले उद्देश्यमुखी प्रशासनको बिकास गर्दै जनमुखी बिकास प्रक्रियाको अवलम्बन गर्न उत्प्रेरित गर्दछ ८.६ सार्वजनिक प्रशासनमा समसामयिक सुधार गर्ने ८.७ प्रशासनमा व्यवसायिकता (Professionalism) को बिकास गर्ने ८.८  बिकास प्रक्रियालाई पारदर्शी बनाउदै जनसहभागितामा वृद्धि गर्दछ जसवाट जराधार समुह (grassroot) सम्म विकासप्रति अपनत्वको भावना जगाउछ । ८.९  बिकासमा राजनीतिक प्रतिवद्धताको निरन्तरता प्रदान । ८.१० बिकास प्रशासनलाई Planned change, engineering or social change को रूपमा हेर्न सकिने र जसको उद्देश्य P4 = plan, policy, programme & project को कार्यान्वयन गर्नु हुन्छ । ९. बिकास प्रशासनका चुनौती : सार्वजनिक प्रशासनको विकल्पको रुपमा बिकास प्रशासन नभई यो त सार्वजनिक प्रशासनको परिपुरक, अन्योन्याश्रीत र अभिन्न रहेको छ । मुलत: अन्तर्राष्ट्रिय बिकास साझेदार संस्थाहरूले विकासोन्मुख मुलुकको द्रुततर बिकासका लागि परिलक्षित गरिएको बिकास प्रशासनको मोडालिटी बिश्वव्यापिकरण (Globalization) को सन्दर्भमा स्थानीयकरण (Localization) को मुलभुत तत्वलाई समेत ध्यान दिदै प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । साथै बिकास साझेदार दातृ संस्थाको आशा भरोसामा भन्दा पनि आफ्नो स्रोत साधनको अत्युत्तम उपयोग गर्दै आफ्नो ठाउँको दिगो बिकास आफै गर्ने, स्थानीय स्रोत साधन जनशक्ति, प्रविधि हस्तान्तरण, सूचना प्रविधिको प्रयोग, अनुगमन, निरीक्षण तथा मुल्यांकनमा स्थानीय अपनत्व समेत विचारणीय तथ्य चुनौतीपूर्ण रहेको छ । अन्त्यमा, विकास प्रशासन भन्नाले केवल सैद्धान्तिक बिषय मात्र नरही यो त प्रयोगात्मक, व्यवहारपयोगी, प्रशासकीय  व्यवस्थापनको नौलो प्रयोग र अभ्यास हो । तसर्थ, बिकास प्रशासन प्रशासनको बिकास मात्र नरही बिकासको प्रशासन हो भन्ने तथ्य प्रयोगसिद्ध रहेको छ । यसका प्रयोगका चुनौतीहरुलाई पार गर्दै असल अभ्यास सँगै गर्दै र सिक्दै (Learning by doing) को सिद्धान्तलाई अवलम्बन गर्दै कोभिड -१९ को संक्रमण, नियन्त्रण तथा रोकथामको सन्दर्भमा संकट व्यवस्थापन (Crisis management) को अवस्थामा युद्धस्तरमा बिकास व्यवस्थापन समेतलाई जोडेर बहुआयामिक रणनीतिक बिकासको अवलम्बन गर्नुपर्ने अनिवार्यता रहेको छ । लेखक परिचय : ~~~~~~~~~~ ✍️ बसन्तराज अधिकारी अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा) पुर्व उपसचिव, नेपाल सरकार सन्दर्भ सामग्री (References) ~~~~~~~~~~~~~~~~~~~ १. सार्वजनिक प्रशासनको सिद्धान्त र बिकास प्रशासन लेखक प्रा.डा. भिमदेव भट्ट २. Self Note & Diary of officers preparation ३. व्यवस्थापनको अवधारणा र सिद्धान्तहरू, दीपककुमार दाहाल, सार्वजनिक वयवस्थापन, अग्रसारथी अध्ययन तथा अनुसन्धान केन्द्र, सोपान मासिक द्वारा प्रकाशित ४. "जागीरे-यात्रा" सिर्जनाहरुको सङ्गालो, २०७०

Comments