८४. लेखा प्रणालीको आधारभूत सिद्धान्त र नयाँ स्रेस्ता प्रणाली

लेखा प्रणालीको आधारभूत सिद्धान्त र नयाँ स्रेस्ता प्रणाली                   

✍️ वसन्तराज अधिकारी
                              उपसचिव, नेपाल सरकार 

१.आर्थिक प्रशासन

—सावंजनिक प्रशासनका अभिन्न अङ्गको रुपमा आर्थिक प्रशासनलाई लिनुपर्दछ । यी दुई एक अर्काका पूरक हुन् ।
— मानव शरीरमा रक्तसञ्चाले जस्तो भूमिका खेलेको हुन्छ । न्यस्तै सार्वजनिक प्रशासनमा आर्थिक प्रशासनले महत्वपूर्ण भूमिका ओगटेको छ ।
— विकास कार्य सञ्चालन गर्न व्यक्ति व्यक्तिको इच्छा, आकाङ्क्षा परिपूर्तिको लागि सरकारले गर्नुपर्ने कार्य गर्न, अर्थ, जनशक्ति, भौतिक साधन, सूचना प्रणाली आदि सञ्चालन गर्न आर्थिक प्रशासनले महतवपूर्ण भूमिका खेलेको हुन्छ ।
— सरकारको कार्य दिन प्रतिदिन व्यापक हुँदै आएकोले जनताको आकाङ्क्षा परिपूर्ति गर्न विभिन्न स्रोतबाट अर्थ जुटाएको हुन्छ ।
—मानिस गर्भाधान अवस्थादेखि बाचुञ्जेल अवस्थासम्म जीवनमा आइपर्ने समस्याहरु, पालनपोषण, स्वास्थ्य सेवा, शिक्षा, पिउने पानी शान्ति सुरक्षा तथा समाजमा आइपर्ने आवश्यक भैmझगडा, अपराध आदि समस्या समाधानको साथै सार्वजनिक सम्पत्तिको संरक्षण, सफा वातावरण, ढल, नहर, ट्राफिक जाम, धारा, बत्ती, रोजगारी, सञ्चार, अन्तर्राष्ट्रिय गतिविधि आदिको पाइलो पाइलोमा प्रत्येक नागरिकले विभिन्न किसिमको सेवाको अपेक्षा राखेको हुन्छ ।
— आर्थिक प्रशासनको दायराभित्र बजेट, लेखा र लेखापरीक्षणलाई लिन सकिन्छ ।
— दातृराष्ट्र तथा संस्थाहरुबाट प्राप्त ऋण, अनुदान, सहयोगको सही सदुपयोग गर्न आर्थिक प्रशासनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

२.लेखाको आधारभूत सिद्धान्त

—आन्तरिक नियन्त्रण तथा आर्थिक तथ्याङ्कसम्बन्धी सूचना उपलब्ध गर्नको लागि लेखाको महत्वपूर्ण स्थान रहेको हुन्छ ।
—लेखा दुई सिद्धान्तमा आधारित रहेको हुन्छ । दुवै सिद्धान्त उत्तिकै महत्वपूर्ण छन् ।
(क) राष्ट्रिय लेखा : राष्ट्रिय लेखाले राष्ट्रको कुल उत्पादन तथा माग र खपतलाई स्पष्ट गर्ने तथ्याङ्क प्रस्तुत गर्दछ ।
(ख) आर्थिक लेखा : आर्थिक लेखाले संगठनको आर्थिक गतिविधिलाई स्पष्ट पार्दछ । सरकारी आर्थिक प्रशासन सञ्चालनमा प्रभावकारिता ल्याउन मद्दत पु-याउँछ । यसबाट तथ्य तथ्याङ्क उपलब्ध हुने हुँदा सरकारी कार्यक्रम सञ्चालनको लागि प्रभावकारी भूमिका देखापर्दछ ।
—निजी क्षेत्रमा पनि लेखाको ठूलो प्रभुत्व देखापर्दछ ।
—सरकारी क्षेत्रमा लेखालाई आधारभूत स्तम्भको रुपमा हेरिएको हुन्छ ।
—निजी व्यवसाय नाफा आर्जन गर्ने उद्देश्यले सञ्चालन गरेको हुन्छ । सरकारी कारोबार नाफामा आधारित नभए तापनि यसले राष्ट्र निर्माण, सामाजिक सेवा, आर्थिक, सामाजिक, राजनैतिक, ऐतिहासिक क्षेत्र ओगटेको हुन्छ ।
—राष्ट्रिय महत्वका विभिन्न समस्या समाधानको लागि लेखाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
—राष्ट्रिय आय–व्ययको प्रभावकारितासाथ कार्यक्रम सञ्चालन तथा आवश्यक स्रोत साधन जुटाउन मद्दत पु¥याउँछ ।

३. लेखा पद्धतिको भूमिका

—सरकारी आर्थिक प्रशासन सञ्चालन तथा नियन्त्रण कार्यमा आवश्यक सहयोग उपलव्ध गराउँछ ।
—लेखाको सिद्धान्त लागू गर्ने तथा आर्थिक प्रशासन सञ्चालन गराउने सम्बन्धमा संविधान तथा कानूनले अधिकार दिएको छ ।
—सार्वजनिक सम्पत्तिको सही सदुपयोग भएको छ भनी विश्वास दिलाउन लेखा सिलसिलावद्ध रुपमा राखिनुपर्दछ ।
—कार्यपालिकाको आर्थिक क्रियाकलाप नियन्त्रणको लागि व्यवस्थापिकाले स्रेस्ताको सिद्धान्त अनुसार फारामहरु प्रयोगमा ल्याएको हुन्छ । यो सबै देशमा लागू हुने परम्परावादी सिद्धान्त हो ।
—वर्तमान अवस्थामा सार्वजनिक सम्पत्ति आय–व्ययको जानकारी जनतालाई दिने माध्यम नै लेखा हो ।
—लेखा तथा अर्थ व्यवस्था सुदृढको लागि महालेखा नियन्त्रकको व्यवस्था गरिएको हुन्छ । कुनै कुनै देशमा महालेखा परीक्षक तथा नियन्त्रक एकै व्यक्तिलाई नियुक्ति गरिएको हुन्छ । यसले व्यवस्थापिकाले दिएको अधिकार तथा ऐन नियम अनुसार कार्य गर्दछ ।
—विकासको लागि पूर्वाधार तयार गर्न लेखाले प्रभावकारी रुपमा तथ्याङ्क उपलब्ध गराउँछ ।
—बजेट तयार गर्न र बजेट कार्यान्वयन गर्ने पक्षलाई नियन्त्रण गर्न यसले ठूलो सहयोग पु¥याउँछ ।
—व्यक्ति, संगठन वा सरकारको लागि आन्तरिक नियन्त्रण छड्के जाँच आदिको लागि स्रेस्ताले प्रभावकारी भूमिका निर्वाह गरेको हुन्छ ।

४ स्रेस्ता पद्धतिको सिद्धान्त

—सरकारी आर्थिक कारोबारको लागि खाता (Ledger) तथा अन्य किताबहरु (Book) प्रयोग गरिएको हुन्छ । त्यसलाई प्रमाणित गर्ने अन्य कागजात संलग्न हुन्छ ।
—आर्थिक कारोबारको अन्तिम कार्य लेखापरीक्षण हो । लेखापरीक्षण गराउनको लागि सैद्धान्तिक रुपमा स्रेस्ता राखिएको हुनुपर्दछ ।
—स्रेस्ता पद्धतिको अभिलेखद्वारा राजस्व, सार्वजनिक सम्पत्ति, अन्य स्रोतको संरक्षण, आय–व्यय, ऋण, साँवा ब्याज, सहयोग आदि स्पष्ट गराउछ ।
—आर्थिक प्रशासन लेखाकै आधारमा तयार पारिएको हुन्छ ।
—सरकारी कारोबार द्वय स्रेस्ता प्रणालीको आधारमा सञ्चालन गरिएको छ । यसले छड्के जाँचलाई सहयोग पु¥याउँछ
—द्वय स्रेस्ता प्रणालीमा डेबिट र क्रेडिटले ठूलो भूमिका खेलेको हुन्छ ।
—द्वय स्रेस्ता प्रणालीमा खाता मुख्य रुपमा देखापर्दछ । खाताको डेबिट जम्माले सम्पत्तिलाई देखाउँछ भने क्रेडिट जम्माले दायित्वलाई देखाएको हुन्छ । यी दुवैको जम्मा बराबर हुनुपर्दछ ।

५.ऐतिहासिक पृष्ठभूमि

—सरकारी रुपैयाँ खर्च सम्बन्धी नियमावली, २०१६ ले भिुक्तानी स्रेस्ता प्रणाली लागू गरियो ।
—यो स्रेस्ता प्रणाली चाँडै समयमा असफल भयो ।
—नयाँ स्रेस्ता प्रणाली २०१८ साल चैत्र २ गते श्री ५ बाट अन्तिम स्वीकृति ।
—आर्थिक वर्ष २०१९।२० देखि नयाँ स्रेस्ता प्रणालीको प्रारम्भ भै विनियोजनतर्पm लागू गरियो ।
—आर्थिक वर्ष २०३१।३२ देखि राजस्व स्रेस्ता अधिराज्यभर लागू गरियो ।
—स्रेस्ता भन्नाले सरल भाषामा आर्थिक कारोबारलाई स्पष्ट पार्ने अभिलेख जनाउँछ ।
—स्रेस्ता प्रणालीलाई सूचनाको सार ऐतिहासिक अभिलेख तथा प्रशासनिक कार्य सम्पादन गर्ने औजारको रुपमा लिन सकिन्छ ।

६.सरकारी स्रेस्ताको उद्देश्य

—नगद तथा जिन्सी कारोबारको अभिलेख राख्नु ।
—कोषहरुको स्थिति उपलब्ध गराउनु ।
—नगद तथा जिन्सीको संरक्षण गर्नु ।
—बजेट निर्माण कार्यमा सहयोग पु-याउँनु ।
—लेखापरीक्षण कार्य कम खर्च तथा सरल बनाउने ।
—राष्ट्रिय आय–व्ययको केन्द्रीय अभिलेख तयार गर्ने ।

७. लेखाको महत्व

—आर्थिक प्रशासन सक्षम तुल्याउन योगदान पु¥याउने ।
—आर्थिक सूचना उपलब्ध गराउने ।
—योजना तथा नीति निर्माण कार्यमा योगदान पु¥याउने ।
—आर्थिक नियन्त्रण र बजेट निर्माण कार्यमा सहयोग गर्ने ।
—लेखापरीक्षण कार्यमा सहयोग पुर्याउन                                                   
८.नयाँ स्रेस्ता प्रणालीमा देखापरेका समस्या तथा सुझाव                    
—नयाँ स्रेस्ता प्रणाली लागू गरेको झण्डै ५ दशक बितिसकेको छ तापनि खास परिवर्तन भएको छैन ।
—परिवर्तनशीलताको कमी २०१९।२० देखि लागू गरिएको ।
—केन्द्रीयस्तर स्रेसताको राम्रो व्यवस्था नहुनु ।
—नगदमा मात्र आधारि व्यवस्था ।
—पेश्की खर्चको समस्या ।
—सबै प्रकारको कार्यालयको कारोबारमा एउटै स्वभावको स्रेस्ता ।
—कोष्ठ (Brackets) को प्रयोग ।
—राजस्व स्रेस्ता प्रणाली सन्तोषजनक नभएको ।
—जिन्सी स्रेस्ताको राम्रो व्यवस्था नभएको ।
—कोष तथा लेखा नियन्त्रकले राख्ने स्रेस्ता पारदर्शी नभएको ।
—आधुनिक लेखापरीक्षणमा सघाउ नपुगेको ।

९.समस्या समाधानका उपायहरु

– समस्या नै समस्याले जटिलता देखापरेको यस प्रणालीलाई सुधारमा ल्याई विकास योजनाहरुको आधारभूत लक्ष्य हासिल गर्न देखापरेका समस्याहरुको समाधान गर्न सख्त जरुरत देखिन्छ ।
—केन्द्रीय स्रेस्ताको व्यवस्था ।
—स्रेस्ता नगदमा मात्र आधकारित हुनुहु“दैन ।
—पेश्की खर्चको जटिलतालाई समाधान हुनुपर्दछ ।
—साना तथा ठूलो कारोबारको लागि स्रेस्ता छुट्टाछुट्टै व्यवस्था हुनुपर्दछ ।
—वैदेशिक ऋण तथा सहायताको हिसाब राख्ने पद्धतिमा सुधार ल्याउनुपर्दछ ।
—राजस्व स्रेस्तामा सुधार ल्याउनुपर्दछ।

१०.समाधानबाट हुने उपलब्धि

—विकास प्रशासन सञ्चालनमा सघाउ पु¥याउने ।
—केन्द्रीयस्तर खाता एकरुपता हुन सक्ने ।
—पेश्की नियन्त्रण गर्न योगदान पुग्ने ।
—वैदेशिक हिसाब स्पष्ट देखिने ।
—कार्यक्रम बजेट सुधार गर्न सहयोग पुग्ने ।
—लागत र उत्पादनको अनुपातमा मुख्य निर्धारण ।
—कार्यमूलक लेखापरीक्षणमा सुविधा ।

✍️ बसन्त राज अधिकारी
(उपसचिव, नेपाल सरकार)
रचना मिति : २०७२/०७/२१ गते शनिवार

Comments