९. मेरा प्रकाशित मुखपत्र, बुलेटिन, स्मारिका समेत राष्ट्रिय दैनिक, स्थानीय पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित सिर्जनात्मक लेखहरुको सङ्गालो

१. ॐ अर्थात त्रिदेव
                   
✍️ वसन्तराज अधिकारी 

 ॐ साङ्केतिक चिन्ह हो । यसलाई ‘ओम’ भनिन्छ । ॐ तीन शब्दको संयोजनवाट निर्मित छ । ती शब्दहरू हुन् ‘अ’, ‘उ’ र ‘म’ अर्थात् त्रिदेव ब्रम्हा, विष्णु र महेश्वर । हिन्दु धर्मका अनुयायीहरू ॐ लाई अत्यन्त श्रद्धा, आस्था र विश्वासका साथ लिन्छन् । यसको मन्त्रोच्चारण र नित्य जपले मात्र पनि परमात्मा परमेश्वरको स्वरूपलाई बुझ्न सकिने विश्वास गर्छन् । हिन्दु धर्मशास्त्रहरूमा पनि ॐ अति पवित्र शब्दब्रम्हकोरूपमा लिईन्छ ।

ॐ एउटा अक्षर हो । अक्षरको अर्थ क्षय नहुने वा नाश नहुने अविनाशी भन्ने बुझिन्छ । प्रकृतिका हरेक चिज वस्तुहरू एक न एक दिन विलय वा समाप्त हुन्छन् । विभिन्न स्वरूपमा रूपान्तरण भई मुलस्वरूपमा रहँदैनन् । एक दिन प्रकृति पनि प्रलय हुन्छ । पृथ्वीको पाप नाश गर्न पृथ्वी प्रलय हुँदा विष्णुले मत्स्य अवतार धारण गरेको तथ्य विष्णु पुराणमा पाईन्छ तर ॐ अविनाशी छ । यो महाविद्या हो । संसारमा सवै चिज वस्तु नाशवान भएर पनि विद्या नाशवान छैन । स्वयं सरस्वतीको मुखारविन्दवाट उत्पन्न ब्रम्ह वाक्य ॐ हो । ऋषि, महर्षि, गुरू सवैले ॐ को प्रथमोच्चारण मात्र वाट आफ्नो वाक्य ध्वनी प्रकट गर्दछन् । सनातन धर्म वा बैदिक धर्मका समस्त परिवारलाई ॐ कार परिवारकोरूपमा विश्व हिन्दु महासंघले लिएको पाईन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ४ मा नेपाल हिन्दु संबैधानिक, राजतन्त्रात्मक, अधिराज्य रहेको तथ्य उल्लेख छ ।

 जव यो चराचर जगत निर्विवाद वा चेतनाशून्य थियो । केवल प्रकृतिको मात्र उपस्थिति थियो । जीवनसत्ताको उपस्थिति थिएन । जीवसत्ताको अस्तित्व भए पछि पनि प्रकृतिप्रति वा मातृसत्ताप्रति मात्र चराचर जगतका प्राणीहरू भक्ति भाव राख्दथे । अर्थात् ज्ञानको अभ्युदय भएको थिएन । मानव सभ्यताको उषाकालमा परब्रम्हरूपी महाविद्याको उदय भयो । हिन्दुहरूले भारतवर्षमा विकास गरेको स्वस्तीक चिन्ह र ॐ कारको सत्ता अत्यन्त प्राचीन छ । यसको पूर्ण विकास वैदिक यूगमै भएको थियो । वैदिक यूगवाट पौराणिक यूग हुँदै अहिले विज्ञान र प्रविधिको यूगमा विकास भईरहेको छ ।

हिजो आजका नवयूवक यूवतीहरू वा धर्मशास्त्रलाई गहनरूपमा चासो नराख्नेहरूलाई यो शब्दको सार्थकता बुझ्न कठन हुन्छ । वेद, पुराण,उपनिषद्,रामायण, महाभारत, गीता आदि धर्मग्रन्थ र संहिताहरूमा ॐ को प्रयोग अति सम्मानित र उच्च भावमा प्रयुक्त भएको पाईन्छ । ॐ ले मानवलाई पशुवाट मानव बन्ने उत्प्रेरणा जागृत गर्दछ । संसारलाई बुझ्न, ईश्वरलाई चिन्न सत्व, रज, र तम त्रिगुणहरूलाई जाँच्न सिकाउँछ । त्यसैले हिन्दुहरू ॐ शब्दवाट मानव प्रयोगको वेद भाषा विकास वा उत्पन्न भएको ठान्दछन् । सर्वप्रथम ॐ प्रकृतिको अन्धकारवाट ॐ कारकोरूपमा आकाश मार्गमा अवतरण भयो ।

अधिकांश मानिसहरूलाई धर्मको विषय व्यर्थ जस्तो लाग्छ । यस्तो प्रचलन आज मात्र होईन, गुरू वृहस्पतीका मेधावी शिष्य चार्वाकले नास्तीक दर्शन प्रतिपादन गरेका थिए । चार्वाकको नास्तिक दर्शनमा भनिएको छ – “स्वर्ग, नर्क, आत्मा–परमात्मा, इहलोक–परलोक सवै व्यर्थ हुन् । वर्णाश्रमका क्रिया पनि फल दिने होईनन् । आगोमा घिऊ हवन गर्नु, वेद पाठ गर्नु, तिलक÷भष्म धारण गर्नु केवल बुद्धि र पौरूषत्वहिन पुरूषहरूकालागि उनिहरूका पूर्वजहरूले जीविकाकानिमित्त बनाईदिएका साधन मात्र हुन् । यो धारणालाई देवताहरूले उठ्नै नसक्ने गरी ढलाई दिए तर अहिले मानिसमा यसकै प्रभाव बढी परेको छ । हुन पनि हो शास्वत नियममा जुन कुरा पूर्ण निषेध छ , त्यसैलाई मानिसले पालन गर्न खोज्छ । यो मानविय स्वभाव हो । भोको पेट भर्न खोज्छ, पेट भरिएकाले भोक जगाउन चाहान्छ । सृष्टिमा मानव मात्र ज्यादै असन्तुष्ट प्राणी हो । असन्तुष्ट नभए विकास पनि त हुँदैन भन्ने केही विकासवादीहरूको धारणा पनि छ तर असन्तुष्ट भएर मात्र विकास हुने पनि त होईन । त्यसैले मानव प्राप्तीमा सन्तुष्ट भई पूर्ण प्राप्तीकोलागि अभिमत हुनु पर्छ ।

 ॐ को महत्व वैदिक कालदेखि कलिकालसम्म घटेको छैन । यो अखण्ड छ । महाविद्या सवै विद्याहरूमा श्रेष्ठ छ । सवैको शीर्षस्थानमा अवस्थित छ । स्वयं प्रकाशपुञ्ज छ । स्वतःस्फूर्त छ । निब्रन्धन एवं ब्रम्हमय छ । आलस्य र दुःख, भय र क्रोध जस्ता विकारहरूवाट टाढा छ । यस संग सर्वसत्ता छ । चिन्मय स्वरूप छ । प्रकृति स्वयं यो संग मिल्न आउँछिन् । ॐ शिव स्वरूप छ । विष्णु स्वरूप छ । ब्रम्हा स्वरूप छ । गुरू स्वरूप छ । प्रकृतिलाई धारण गरेको छ । वेदलाई पालन गरेको छ । ॐ असतोमा सदगमय, तमासोमा ज्योर्तिगमय, मृत्र्यौर्मा अमृतोदगमय, निर्विकार र निराकार छ ।                               
लेखक :
बसन्तराज अधिकारी
गोरखापत्र, राष्ट्रिय दैनिक २०५९मङ्सिरमा प्रकाशित

धार्मिक/नैतिक लेख
[पुरानो अभिलेखिकरण
]

(पुराना अभिलेख संकलनवाट साभार : चार बर्ष पहिलाको यथार्थता)

२. मुक्त कमैया कार्यक्रमका उपलब्धी र विद्यमान समस्या
                        
✍️ वसन्तराज अधिकारी
            
 
१.ऐतिहासिक पृष्ठभूमि :

ऐतिहासिकरूपमा नियाल्ने हो भने मुक्त कमैंयाहरूको लगतको शुरूवात गर्ने कार्य वि.सं.२०५२ सालमा सरकारले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरि ५ जिल्लामा प्रारम्भिक तथ्याङ्क संकलन गर्ने काम प्रारम्भ गरेको थियो । कमैंयाहरूको तथ्याङ्क संकलन गर्ने क्रममा: लगत लिंदा दाङ, जिल्लाका काभ्रे, लोहारपानी, हाँसीपुर, स्यूजा, सैघा र कोईलावास बाहेक दुई नगरपालिका र ३ गाविसमा कूल १ हजार ८ सय ५६ जना कमैंया रहेको पाईएको थियो । उल्लिखित विवरणमा देखिएका कमैंया परिवारकालागि आ.व. २०५२/०५३ देखि आ.व. २०५६ / ०५७ सम्म कमैंया ऋण मोचन तथा वृत्ति विकास कार्यक्रम अन्तर्गत भएका कामहरू

(क) कमैंया समूह गठन भएका गाविस संख्या १६

(ख) कमैंया समूह गठन भएका नपा संख्या १

(ग) कमैंया समूह संख्या १०९ रहेका छन् भने यस अवधिमा तालिम तथा रोजगारी विवरणलाई मूल्यांकन गर्दा तरकारी खेती, सिकर्मी, बंगुर पालन, ड्राईभिङ, बाख्रापालन, चुनापतेरा, साईकल मर्मत, डकर्मी, पशुस्वास्थ्य, सिलाई कटाई, वेल्डिङ गरी ११ प्रकारका तालिमहरूमा सहभागी संख्या ६ सय ६३ जना मध्ये रोजगारी पाउने संख्या ३ सय २ जना रहेको पाईन्छ । तत्कालिन श्री ५ को सरकारले बाँधा मजदूरको रूपमा रहेका कमैंयाहरूलाई २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरे पश्चात् मुक्त कमैंयासम्वन्धी सम्पूर्ण कामहरू मुक्त कमैंया पुर्नस्थापन तथा वृत्ति विकास कार्यक्रम अन्तर्गत सञ्चालित गरिदै आएको छ ।

२.विगत देखि सञ्चालित कार्यक्रम :

(क) सूचीकृत तथा परिचयपत्र वितरण :

वि.सं.२०५७ साल साउन २ गते तत्कालिन सरकारवाट कमैंया मुक्त भएको घोषणा भए पछि दाङ जिल्लामा मुक्त कमैंयाहरूको नयाँ लगत लिई पुरानो लगतलाई समेत अद्यावधिक गर्दा कायम हुन आएको जम्मा १ हजार १ सय ६६ जना मुक्त कमेंयालाई चार श्रेणीमा सूचीकृत गरि परिचयपत्र वितरण गरिएको छ । नेपाल सरकारको मुक्त कमैंयाको लगत विवरणः

 श्रेणी   किसिम         २०५७ को लगत संख्या       २०५९ को लगत संख्या      जम्मा

(क) घर जग्गा विहिन                            
 रातो    २१५           ८७             ३०२
(ख) ऐलानी पर्तिमा वसेका                               निलो     २३०         १७३            ४०३
(ग) २ कठ्ठा सम्म आफ्नो जग्गा भएका         पहेलो     ३९७        –               ३९७
(घ) २ कठ्ठा भन्दा बढी आफ्नो जग्गा भएका सेतो            ११६६                 २६०             १४२६

मिति २०६५ पुस १७ को निर्णयवाट २०६५ माघ १ गते देखि लागू हुने गरि मुक्त कमैंया पुनस्र्थापना समस्या समाधान आयोग गठन भई कार्य प्रारम्भ गरेको थियो । (क) र (ख) वर्गको मुक्त कमैंया लाई पुनस्र्थापना गर्दा बजार क्षेत्रमा भए बढीमा एक कठ्ठा, राजमार्गसंग जोडिएको भए बढीमा २ कठ्ठा र ग्रामीण क्षेत्रमा भए बढीमा ५ कठ्ठा सम्म जग्गा उपलब्ध गराई घर जग्गा निर्माण खर्च १० हजार रूपैंया र ३५ क्युविक फिट काठ उपलब्ध गराउँदै आएको छ । सामान्य मापदण्ड अनुसार ती परिवारको वर्गिकरण गरि रातो, निलो, पहेंलो, सेतो र परिचयपत्र समेत वितरण गरि सुव्यवस्थितरूपमा पुर्नस्थापनको काम भईरहेको समयमा कतिपय मुक्त कमैंया परिवार उक्त लगतमा छुट भएको भन्ने गुनासो आए पछि नेपाल सरकारवाट २०५९ साल साउन १० गते दुई महिनाको म्याद थप गरि अन्तिम एकपटकका लागि २०५७ सालको लगतमा विभिन्न कारणले छुट भएका घर जग्गा विहिन मुक्त कमैंया परिवारको लगत लिई उक्त लगत यद्यावधिक गर्ने निर्णय गरियो ।

(ख) जग्गा वितरण : परिचयपत्र वितरण गरिएका कूल १ हजार ४ सय २६ जना मुक्त कमेंयाहरू मध्ये घरवारविहिन र ऐलानी पर्तीमा बसेका मुक्त कमैंयाहरू लाई नियम बमोजिम जग्गा वितरण गरि दाङ जिल्लाका विभिन्न स्थान विशेषतः लालमटिया, सतवरिया, गढवा, घोराही न.पा.वार्ड नं.४ बेलभार, ढिकपुर, डुरूवा, नारायणपुर, हापुर आदि स्थानमा पुर्नस्थापन गराईएको छ । (क) घरवारविहिन (रातो परिचयपत्र प्राप्त) ३०२ जनालाई ज.वि.५७–१–३ (ख) ऐलानी पर्तिमा बसेका (निलो परिचयपत्र प्राप्त) ४ सय ३ जनालाई ज.वि.६७–१२–१२ गरि कूल ज.वि.१२४–१३–१५ जग्गा वितरण गरिएको छ ।

ग) घर निर्माण गर्न रकम वितरण :

यस जिल्लामा रातो र निलो परिचयपत्र प्राप्त गरेका मुक्त कमेंयाहरूलाई घर निर्माण गर्नकालागि निम्नबमोजिम रकम वितरण गरिएको छ – घरनिर्माण वापत रू.८,०००/– का दरले ३ सय ९१ जनालाई ३१,२८,०००/–र घर निर्माण वापत रू.२,०००/–का दरले पाउने संख्या १६४ जनालाई रू.३,२८,०००/–गरि कूल जम्मा रू.३४,५६,०००/–वितरण गरिसकिएको छ ।

घ) काठ वितरण :

रातो परिचयपत्र प्राप्त गरेका ३०२ जना र निलो परिचयपत्र प्राप्त गरेतापनि एक ठाउँवाट अर्को ठाउँमा सारिएका ९७ जना गरि कूल ३ सय ९९ मध्ये यस जिल्लामा हाल सम्म १७७ जना मुक्त कमैंया परिवारलाई ३५ क्युविक फिट काठका दरले घर निर्माण गर्न २ हजार १ सय ९५ क्युविक फिट काठ यस संस्थाको सहयोगमा गृह निर्माण गर्नेकोलागि वस्तीसम्म पु¥याई वितरण गरिसकिएको छ ।

(ङ) सीममूलक तालिम :

 तत्कालिन सरकारले २०५७ श्रावण २ गते देखि कमैंया मुक्तिको घोषणा गर्नु पूर्व ऋण मोचन तथा वृत्ति विकास कार्यव्रmम अन्तर्गत कमैया तथा निजका आश्रित परिवारहरूकालागि सञ्चालिन तालिमको विवरण माथि उल्लेख गरिसकिएको छ । मुक्त कमैंया परिवारवाट दिगो वालश्रम, बँधुवा श्रम उन्मुलनमा सहयोग पु¥याउने यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । तत् उप्रान्त नेपाल सरकारको श्रोतवाट र अन्र्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा सञ्चालन भई सम्पन्न भएका तालिमहरूमा २४ प्रकारका देहाएबमोजिम तालिमहरू रहेका छन् :  सिलाईकटाई, पशुस्वास्थ्य, मैनवत्ति बनाउने, च्याउ खेती, सिकर्मी, डकर्मी, साईकल मर्मत, वंगुरपालन, तरकारी खेती, ड्राईभिङ्ग, वाख्रा पालन, चुनापतेरा, वेल्डिङ, मेकानिक्स, केसकाट्ने, विद्युत जडान, मौरी पालन, मेवा खेती, हाते पम्प, नर्सरी खेती, रेडियो टि.भी.मर्मत, मोटर साईकल मर्मत, स्वरोजगारमुलक बाँसको मूढा बनाउने तालिम कार्यव्रmममा नेपाल सरकारको श्रोतमा सिकर्मी, विद्युत जडान, केस काट्ने, साईकल मर्मत, सिलाईकटाई समेत जम्मा ४८ जना सहभागी भएकोमा रोजगार पाएको संख्या २७ जना रहेका छन् ।

सीप तथा वृत्ति विकास कार्यक्रमको असल अभ्यास र सिकाईहरू २०६७ प्रकाशक नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरवार, काठमाडौं मामिला अध्ययन (case study) अनुसार :

१.रामी चौधरी :

सोनपुर–५ फलकापुर, दाङ बस्ने रामी चौधरी भूमिसुधार कार्यालयवाट सञ्चालन भएको बाँसका मुढा बनाउने तालिममा सहभागी मध्येका एक मुक्त कमैंया हुन । यिनको ६ जनाको परिवार छ । अहिले उनि घरमा मुढा बनाउने व्यवसाय सञ्चालन गर्न सक्षम भएकी छन् । फुर्सदको समय त्यसै खेर फाल्दिनन् । कृषि एवं मजदूरीमा पनि संलग्न हुने गर्छिन् समय हेरेर । तालिम लिनु अघि अरूको कमैंया हुनु परेको पीर, आर्थिक अवस्था नाजुक भई पराधिन रहनु परेको व्यथा सम्झिन पछि पर्दिनन् । तालिमवाट प्राप्त सीपको उपयोग गरि घरमा व्यवसाय सञ्चालन गरि दैनिक २ सय देखि ४ सय सम्म कमाउने, सक्षम भएकाले आर्थिक स्थीति सुध्रिएको छ । पराधिनता अव उनिवाट टाढा भईसकेको छ । सीप, तालिम प्राप्त गरि ज्ञान हाँसील गरि दक्षता वृद्धि गर्न चाहन्छिन् रामी चौधरी ।

२.बुद्धिराम चौधरी :

दाङको रामपुर गाविस–४ निवासी बुद्धिराम चौधरी हाल ईलोट्रोनिक्स पसल मार्फत हाउस वाईरिङ्गको काममा हुने गर्छन् । २०६६ सालमा सञ्चालन भएको विद्युत जडान तालिममा सहभागी भै ज्ञान हाँसील गरेका कारण उनलाई अहिले आर्थिक रूपमा समस्यै छैन । दैनिक ३ सय देखि ५ सय सम्म आम्दानी गर्न सक्षम भएका छन् । ६ जनाको परिवारमा रहेका चौधरी फूर्सदको समयलाई कृषि र ज्याला मजदूरीमा प्रयोग गर्छन् । तालिम लिनु पूर्व परिवारको अवस्था कमजोर वताउने चौधरी अहिले पेशा प्रति सन्तुष्ठ रहेको बताउँछन् ।

३.लालराम चौधरी :

रामपुर गाविस–१ मा २३ जना परिवारसंग बस्दै आएका निलो परिचयपत्र प्राप्त लालराम चौधरी पेशाले सवारी चालक हुन् । तालिम लिनु अघि निजको आर्थिक स्थिति निकै कमजोर रहेको र २०६६ सालमा ड्राईभिङ्ग तालिम लिए पछि भने रोजगारी पाई निजको आर्थिक स्थितिमा भने व्रmमिकरूपमा सुधार आएको छ । हाल प्राईभेट रोजगारीमा लागेका चौधरी खाना वाहेक मासिक– ५ हजार ५ सय कमाउँछन् । निजका परिवारका अन्य सदस्यहरू कोहि कृषि पेशामा र कोही ज्याला मजदूरी गर्दछन् । उनले सिकेको सीप र अहिले उनले हाँसील गरेको अनुभवलाई सरकारी निकायमा प्रयोग गर्न चाहन्छन् ।

३.आ.व.२०६७/०६८ को बैशाख महिनासम्मको प्रगति विवरण :

 २०६८ बैशाख महिनासम्ममा सीपमूलक व्यवसायिक तालिमको प्रभावकारिता विश्लेषण गर्दा उद्यमी विकास तर्फ (क) सिलाईकटाई तीनजना लमहीमा शतप्रतिशत सम्पन्न, सिकर्मी तीनजना सम्पन्न भईसकेको छ । आयमूलक र रोजगारी प्रवद्र्धन तर्फ ३० जनालाई निजहरूको रितपूर्वकको माग बमोजिम अधिकतम् २० हजारको दरले लगानी गर्ने व्यवस्था रहेको छ । नमूना तरकारी खेती १० जना चालू अवस्थामा रहेको छ । यस्तै गरी सीप विकास तथा दक्षता वृद्धि तर्फ तीनदिने च्याउ खेती तालिम चैलाही–८ मजगाउँमा सम्पन्न, ३ महिने विद्युत जडान तालिम नारायणपुरमा १५ जना सहभागी सहित सम्पन्न भईसकेको, ४५ दिने रेडियो टि.भि.मर्मत समेत १० जना घोराहीमा चालू अवस्थामा, १ महिने बाँसका मूढा बनाउने १५ जना सहभागी सहित देउखुरी गढवामा सम्पन्न र २ दिने बाख्रापालन तालिम २० जना गंगाप्रस्पुर गाविस–१, सालझुण्डी र वडा नं. ५ प्रस्पुर देउखुरीमा सम्पन्न भएको छ । यसप्रकार आ.व.२०६७÷०६८ को बैशाख महिना सम्मको मनत्रालयमा पठाएको मासिक प्रगति विवरण अनुसार कार्यक्रम तर्फ र प्रशासनिक खर्च कमैया शाखाका कर्मचारीहरूको तलव भत्ता समेत रू.६,३०,७४६।४४ कूल रू.६,१८,९९५ मध्ये बैशाख महिनासम्म १२,७१,७४१।४४ खर्च भई करिव ७० प्रतिशत प्रगति भईसकेको र बाँकी चालू अवस्थामा छन् । समयमै लक्ष्य अनुसार प्रगति हाँसील हुने देखिन्छ ।

४.विद्यमान समस्याहरू :

सतवरिया गाविस–१, कमानपुर स्थित कर्रि सामुदायिक बन क्षेत्रमा ४६ घरपरिवारलाई प्रतिपरिवार ५ कठ्ठाका दरले जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकिएकोमा छुट मुक्त कमैंया हौं भन्नेहरूले अतिव्रmमण गरेको कारण परिचयपत्र प्राप्त वास्तविक मुक्त कमैंयाहरूलाई पुनस्र्थापना गर्न नसकिएको अवस्था छ ।
 पुनस्र्थापन गर्न समस्या भएको कारणले काठ वितरण, घर निर्माण खर्च वितरण र आय आर्जन ऋण लगानी कार्यक्रमलाई समेत असर पारेको छ ।
 १. ऋण लगानी भएका मुक्त कमैंयाहरूले म्याद भित्र ऋण बुझाउन ल्याउने कार्यलाई निरन्तरता नदिंदा नयाँ ऋण लिन चाहनेहरू लाई लगानी गर्न सकिएको छैन ।

 २. पुनस्र्थापना गर्न अन्यत्र जग्गा खोज्दा पनि स्रेस्तामा हजारौं विगाहा ऐलानी पर्ति देखिए पनि यथार्थमा जग्गा धनीले कब्जा गरि घर समेत बनाई वसेको दाङ जिल्लाको वर्तमान परिप्रेक्ष्यमा राज्यले मुक्त कमैया, असहाय, सुकुम्वासी, हरूवा–चरूवाहरू लाई पुनस्र्थापन गर्न ठोस नीति लिन सकेन ।

३. मुक्त कमैंयाहरूको पुनस्र्थापन पछि शिक्षा, स्वास्थ्य, रोजगारी लगायत जीवनस्तर अभिवृद्धिका कार्यव्रmम  एकीकृतरूपमा नेपाल सरकारले सञ्चालन गर्नु पर्ने कसरी मुक्ति पछि पनि ठोस कार्यक्रम ल्याईनुपर्ने मुक्त कमैयाहरू, वालवालिकाहरू, वर्धवा–छेव्रmवा (गाईवस्तु, गोरू, भेडा बाख्रा चराउने दास) हरू लाई समुचित शिक्षा र स्वदेश लगायत वैदेशिक रोजगारीको अवसर प्रदन गर्न ठोस नीति राज्यले अपनाउनु पर्ने देखिन्छ ।

४.मुक्त कमैंया पहिचान तथा पुस्र्थापन कार्यक्रम सम्पन्न भईसक्दा पनि विगत देखि मतभेद रहेका मुक्त कमैंया समाजको तथ्याङ्कमा करिव ५,५०० देखि ६,००० मुक्त कमैंयाहरूको लगत छुट हुन गएको र सरकारले पुनः लगत लिनु पर्ने मागलाई सम्वन्धित संघ संस्थाहरूले पटक पटक दोहो-याउँदै आईरहेका छन् ।

५. मुक्त कमैयालाई प्रदान गरिने तालिम अल्प अवधिको हुने र उच्च गुणस्तरीय हुन नसकिरहेकाले निजहरूले खुला बजारमा प्रतिस्पर्धा गर्न नसकिरहेको परिप्रेक्ष्यमा तालिमकोलागि समयावधि र गुणस्तरीयतामा अभिवृद्धि गर्नु पर्ने ।

६.तालिम प्राप्त गरिसकेपछि रोजगारीको सुनिश्चितता नहुने सरकारी सेवामा थारू जातीको विशेष आरक्षण नभएको साथै गैरसरकारी र नीजि क्षेत्रमा समेत रोजगारीको ग्यारेन्टी नहुँदा यस विषयमा नेपाल सरकारले ध्यान दिनु पर्ने हुन्छ ।

७.आ.व.२०५७/०५८ देखि विगत १० बर्ष भन्दा बढी समय सम्म सालवसाली अस्थायी लगायत करारमा रहेका भूमिसुधार कार्यालय अन्तर्गत कमैंया शाखाका कर्मचारीहरूको सेवा सुविधा वृद्धि लगायत स्थायित्व प्रदान गर्ने सम्वन्धमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।
 
५.उपसंहार :

अतः नेपालको अन्तरिम संविधान, २०६३ धारा ३३ राज्यको दायित्व

(च) सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यव्रmम लागु गर्ने नीति अवलम्वन गर्ने अझै सुकुम्वासी कमैया, हलिया, हरूवा, चरूवा लगायतका आर्थिक सामाजिकरूपले पछाडि परेका वर्गलाई जग्गा लगायत आर्थिक सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिन

धारा ३४ राज्यका निर्देशक सिद्धान्तहरू उपधारा (४) देशमा उपलब्ध आर्थिक स्रोत र साधनलाई सीमित व्यक्तिहरूमा केन्द्रित हुन नदिई सामाजिक न्यायको आधारमा आर्थिक उपलब्धीको न्यायोचित वितरणको व्यवस्था मिलाई कुनै पनि जात, जाती, वर्ग, उत्पत्ति वा व्यक्ति उपर आर्थिक शोषण हुन नपाउने व्यवस्था गरि आर्थिक असमानता हटाउँदै स्वदेशी, नीजि सवै सार्वजनिक उद्योगलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रिय अर्थतन्त्रलाई स्वतंन्त्र, आत्मनिर्भर एवं उन्नतिशिल गराउनु राज्यको मूलभूत आर्थिक उद्देश्य हुनेछ र धारा ३२ राज्यका नीतिहरू उपधारा १५ मुक्त कमैंयाको संख्या एकीन गरि उनिहरूको वसोवासकालागि आधारभूत भूमि र रोजगारीको व्यवस्था गर्ने नीति राज्यले अवलम्वन गर्नेछ भन्ने व्यवस्था भएकाले नेपालको संविधान बन्नु पूर्व अन्तरिम संविधानमा भएका व्यवस्थालाई पूर्णरूपमा राज्यले अविलम्व सम्वोधन गर्नु पर्ने हुन्छ ।
                                                                                                                            (लेखक दाङका भूमिसुधार अधिकारी हुनुहुन्छ ।)

✍️ बसन्तराज अधिकारी
[२०६७ जेष्ठ २२ गते रविवार]

 नयाँ यूगबोध, राष्ट्रिय दैनिक दाङवाट प्रकाशित आलेख



२.आर्थिक प्रशासन
—सावंजनिक प्रशासनका अभिन्न अङ्गको रुपमा आर्थिक प्रशासनलाई लिनुपर्दछ । यी दुई एक अर्काका पूरक हुन् ।
— मानव शरीरमा रक्तसञ्चाले जस्तो भूमिका खेलेको हुन्छ । न्यस्तै सार्वजनिक प्रशासनमा आर्थिक प्रशासनले महत्वपूर्ण भूमिका ओगटेको छ ।
— विकास कार्य सञ्चालन गर्न व्यक्ति व्यक्तिको इच्छा, आकाङ्क्षा परिपूर्तिको लागि सरकारले गर्नुपर्ने कार्य गर्न, अर्थ, जनशक्ति, भौतिक साधन, सूचना प्रणाली आदि सञ्चालन गर्न आर्थिक प्रशासनले महतवपूर्ण भूमिका खेलेको हुन्छ ।
— सरकारको कार्य दिन प्रतिदिन व्यापक हुँदै आएकोले जनताको आकाङ्क्षा परिपूर्ति गर्न विभिन्न स्रोतबाट अर्थ जुटाएको हुन्छ ।
—मानिस गर्भाधान अवस्थादेखि बाचुञ्जेल अवस्थासम्म जीवनमा आइपर्ने समस्याहरु, पालनपोषण, स्वास्थ्य सेवा, शिक्षा, पिउने पानी शान्ति सुरक्षा तथा समाजमा आइपर्ने आवश्यक भैmझगडा, अपराध आदि समस्या समाधानको साथै सार्वजनिक सम्पत्तिको संरक्षण, सफा वातावरण, ढल, नहर, ट्राफिक जाम, धारा, बत्ती, रोजगारी, सञ्चार, अन्तर्राष्ट्रिय गतिविधि आदिको पाइलो पाइलोमा प्रत्येक नागरिकले विभिन्न किसिमको सेवाको अपेक्षा राखेको हुन्छ ।
— आर्थिक प्रशासनको दायराभित्र बजेट, लेखा र लेखापरीक्षणलाई लिन सकिन्छ ।
— दातृराष्ट्र तथा संस्थाहरुबाट प्राप्त ऋण, अनुदान, सहयोगको सही सदुपयोग गर्न आर्थिक प्रशासनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
२.लेखाको आधारभूत सिद्धान्त
—आन्तरिक नियन्त्रण तथा आर्थिक तथ्याङ्कसम्बन्धी सूचना उपलब्ध गर्नको लागि लेखाको महत्वपूर्ण स्थान रहेको हुन्छ ।
—लेखा दुई सिद्धान्तमा आधारित रहेको हुन्छ । दुवै सिद्धान्त उत्तिकै महत्वपूर्ण छन् ।
(क) राष्ट्रिय लेखा : राष्ट्रिय लेखाले राष्ट्रको कुल उत्पादन तथा माग र खपतलाई स्पष्ट गर्ने तथ्याङ्क प्रस्तुत गर्दछ ।
(ख) आर्थिक लेखा : आर्थिक लेखाले संगठनको आर्थिक गतिविधिलाई स्पष्ट पार्दछ । सरकारी आर्थिक प्रशासन सञ्चालनमा प्रभावकारिता ल्याउन मद्दत पु¥याउँछ । यसबाट तथ्य तथ्याङ्क उपलब्ध हुने हुँदा सरकारी कार्यक्रम सञ्चालनको लागि प्रभावकारी भूमिका देखापर्दछ ।
—निजी क्षेत्रमा पनि लेखाको ठूलो प्रभुत्व देखापर्दछ ।
—सरकारी क्षेत्रमा लेखालाई आधारभूत स्तम्भको रुपमा हेरिएको हुन्छ ।
—निजी व्यवसाय नाफा आर्जन गर्ने उद्देश्यले सञ्चालन गरेको हुन्छ । सरकारी कारोबार नाफामा आधारित नभए तापनि यसले राष्ट्र निर्माण, सामाजिक सेवा, आर्थिक, सामाजिक, राजनैतिक, ऐतिहासिक क्षेत्र ओगटेको हुन्छ ।
—राष्ट्रिय महत्वका विभिन्न समस्या समाधानको लागि लेखाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
—राष्ट्रिय आय–व्ययको प्रभावकारितासाथ कार्यक्रम सञ्चालन तथा आवश्यक स्रोत साधन जुटाउन मद्दत पुर्याउँछ ।
३. लेखा पद्धतिको भूमिका
—सरकारी आर्थिक प्रशासन सञ्चालन तथा नियन्त्रण कार्यमा आवश्यक सहयोग उपलव्ध गराउँछ ।
—लेखाको सिद्धान्त लागू गर्ने तथा आर्थिक प्रशासन सञ्चालन गराउने सम्बन्धमा संविधान तथा कानूनले अधिकार दिएको छ ।
—सार्वजनिक सम्पत्तिको सही सदुपयोग भएको छ भनी विश्वास दिलाउन लेखा सिलसिलावद्ध रुपमा राखिनुपर्दछ ।
—कार्यपालिकाको आर्थिक क्रियाकलाप नियन्त्रणको लागि व्यवस्थापिकाले स्रेस्ताको सिद्धान्त अनुसार फारामहरु प्रयोगमा ल्याएको हुन्छ । यो सबै देशमा लागू हुने परम्परावादी सिद्धान्त हो ।
—वर्तमान अवस्थामा सार्वजनिक सम्पत्ति आय–व्ययको जानकारी जनतालाई दिने माध्यम नै लेखा हो ।
—लेखा तथा अर्थ व्यवस्था सुदृढको लागि महालेखा नियन्त्रकको व्यवस्था गरिएको हुन्छ । कुनै कुनै देशमा महालेखा परीक्षक तथा नियन्त्रक एकै व्यक्तिलाई नियुक्ति गरिएको हुन्छ । यसले व्यवस्थापिकाले दिएको अधिकार तथा ऐन नियम अनुसार कार्य गर्दछ ।
—विकासको लागि पूर्वाधार तयार गर्न लेखाले प्रभावकारी रुपमा तथ्याङ्क उपलब्ध गराउँछ ।
—बजेट तयार गर्न र बजेट कार्यान्वयन गर्ने पक्षलाई नियन्त्रण गर्न यसले ठूलो सहयोग पु¥याउँछ ।
—व्यक्ति, संगठन वा सरकारको लागि आन्तरिक नियन्त्रण छड्के जा“च आदिको लागि स्रेस्ताले प्रभावकारी भूमिका निर्वाह गरेको हुन्छ ।
४ स्रेस्ता पद्धतिको सिद्धान्त
—सरकारी आर्थिक कारोबारको लागि खाता (Ledger) तथा अन्य किताबहरु (Book) प्रयोग गरिएको हुन्छ । त्यसलाई प्रमाणित गर्ने अन्य कागजात संलग्न हुन्छ ।
—आर्थिक कारोबारको अन्तिम कार्य लेखापरीक्षण हो । लेखापरीक्षण गराउनको लागि सैद्धान्तिक रुपमा स्रेस्ता राखिएको हुनुपर्दछ ।
—स्रेस्ता पद्धतिको अभिलेखद्वारा राजस्व, सार्वजनिक सम्पत्ति, अन्य स्रोतको संरक्षण, आय–व्यय, ऋण, साँवा ब्याज, सहयोग आदि स्पष्ट गराउछ ।
—आर्थिक प्रशासन लेखाकै आधारमा तयार पारिएको हुन्छ ।
—सरकारी कारोबार द्वय स्रेस्ता प्रणालीको आधारमा सञ्चालन गरिएको छ । यसले छड्के जाँचलाई सहयोग पु¥याउँछ
—द्वय स्रेस्ता प्रणालीमा डेबिट र क्रेडिटले ठूलो भूमिका खेलेको हुन्छ ।
—द्वय स्रेस्ता प्रणालीमा खाता मुख्य रुपमा देखापर्दछ । खाताको डेबिट जम्माले सम्पत्तिलाई देखाउँछ भने क्रेडिट जम्माले दायित्वलाई देखाएको हुन्छ । यी दुवैको जम्मा बराबर हुनुपर्दछ ।
५.ऐतिहासिक पृष्ठभूमि
—सरकारी रुपैयाँ खर्च सम्बन्धी नियमावली, २०१६ ले भिुक्तानी स्रेस्ता प्रणाली लागू गरियो ।
—यो स्रेस्ता प्रणाली चाँडै समयमा असफल भयो ।
—नयाँ स्रेस्ता प्रणाली २०१८ साल चैत्र २ गते श्री ५ बाट अन्तिम स्वीकृति ।
—आर्थिक वर्ष २०१९।२० देखि नयाँ स्रेस्ता प्रणालीको प्रारम्भ भै विनियोजनतर्पm लागू गरियो ।
—आर्थिक वर्ष २०३१।३२ देखि राजस्व स्रेस्ता अधिराज्यभर लागू गरियो ।
—स्रेस्ता भन्नाले सरल भाषामा आर्थिक कारोबारलाई स्पष्ट पार्ने अभिलेख जनाउँछ ।
—स्रेस्ता प्रणालीलाई सूचनाको सार ऐतिहासिक अभिलेख तथा प्रशासनिक कार्य सम्पादन गर्ने औजारको रुपमा लिन सकिन्छ ।
६.सरकारी स्रेस्ताको उद्देश्य
—नगद तथा जिन्सी कारोबारको अभिलेख राख्नु ।
—कोषहरुको स्थिति उपलब्ध गराउनु ।
—नगद तथा जिन्सीको संरक्षण गर्नु ।
—बजेट निर्माण कार्यमा सहयोग पु¥याउनु ।
—लेखापरीक्षण कार्य कम खर्च तथा सरल बनाउने ।
—राष्ट्रिय आय–व्ययको केन्द्रीय अभिलेख तयार गर्ने ।
७. लेखाको महत्व
—आर्थिक प्रशासन सक्षम तुल्याउन योगदान पु¥याउने ।
—आर्थिक सूचना उपलब्ध गराउने ।
—योजना तथा नीति निर्माण कार्यमा योगदान पु¥याउने ।
—आर्थिक नियन्त्रण र बजेट निर्माण कार्यमा सहयोग गर्ने ।
—लेखापरीक्षण कार्यमा सहयोग पु¥याउने ।
८.नयाँ स्रेस्ता प्रणालीमा देखापरेका समस्या तथा सुझाव
—नयाँ स्रेस्ता प्रणाली लागू गरेको झण्डै ५ दशक बितिसकेको छ तापनि खास परिवर्तन भएको छैन ।
—परिवर्तनशीलताको कमी २०१९।२० देखि लागू गरिएको ।
—केन्द्रीयस्तर स्रेसताको राम्रो व्यवस्था नहुनु ।
—नगदमा मात्र आधारि व्यवस्था ।
—पेश्की खर्चको समस्या ।
—सबै प्रकारको कार्यालयको कारोबारमा एउटै स्वभावको स्रेस्ता ।
—कोष्ठ (Brackets) को प्रयोग ।
—राजस्व स्रेस्ता प्रणाली सन्तोषजनक नभएको ।
—जिन्सी स्रेस्ताको राम्रो व्यवस्था नभएको ।
—कोष तथा लेखा नियन्त्रकले राख्ने स्रेस्ता पारदर्शी नभएको ।
—आधुनिक लेखापरीक्षणमा सघाउ नपुगेको ।
९.समस्या समाधानका उपायहरु – समस्या नै समस्याले जटिलता देखापरेको यस प्रणालीलाई सुधारमा ल्याई विकास योजनाहरुको आधारभूत लक्ष्य हासिल गर्न देखापरेका समस्याहरुको समाधान गर्न सख्त जरुरत देखिन्छ ।
—केन्द्रीय स्रेस्ताको व्यवस्था ।
—स्रेस्ता नगदमा मात्र आधकारित हुनुहु“दैन ।
—पेश्की खर्चको जटिलतालाई समाधान हुनुपर्दछ ।
—साना तथा ठूलो कारोबारको लागि स्रेस्ता छुट्टाछुट्टै व्यवस्था हुनुपर्दछ ।
—वैदेशिक ऋण तथा सहायताको हिसाब राख्ने पद्धतिमा सुधार ल्याउनुपर्दछ ।
—राजस्व स्रेस्तामा सुधार ल्याउनुपर्दछ।
१०.समाधानबाट हुने उपलब्धि
—विकास प्रशासन सञ्चालनमा सघाउ पु¥याउने ।
—केन्द्रीयस्तर खाता एकरुपता हुन सक्ने ।
—पेश्की नियन्त्रण गर्न योगदान पुग्ने ।
—वैदेशिक हिसाब स्पष्ट देखिने ।
—कार्यक्रम बजेट सुधार गर्न सहयोग पुग्ने ।
—लागत र उत्पादनको अनुपातमा मुख्य निर्धारण ।
—कार्यमूलक लेखापरीक्षणमा सुविधा ।

श्रोत : नेपाल प्रशासन सेवाको उपसचिव र सहसचिवको प्रशिक्षण सामग्री राजाराम सेढाइसरको प्रशिक्षण सामाग्रीमा आधारित ।

संकलन तथा अभिलेखिकरण
~~~~~~~~~~~~~~~~~~~~~
बसन्तराज अधिकारी
प्रशासकीय अधिकृत, नेपाल सरकार
श्री महालेखा नियन्त्रक कार्यालय, कर्मचारी प्रशासन शाखा, अनामनगर, काठमाडौ (नेपाल)
[बि.सं.२०७० साल शुभम]

 ४. लेखापरीक्षण व्यवस्था र आर्थिक कारोबारको जिम्मेवारी र जवाफदेही

१.विषय प्रवेशः

—सरकारी लेखापरीक्षणको अवधारणामा धेरै परिवर्तनहरु देखा परेको छ । वर्तमान लेखापरीक्षणले भइसकेको पुराना गल्ती औंल्याउनेतर्फ भन्दा भविष्यमा अपनाउनुपर्ने सुधारात्मक कार्य (Corrective action) को विषयमा दिशाबोध गराउनु सक्नुपर्दछ । विगतमा देखापरेको अनुभवको मूल्यङ्कनबाट भविष्यको लागि स्पष्ट मार्गदर्शन गराउने दृष्टिकोणले आफ्नो राय व्यक्त गर्नु आधुनिक लेखापरीक्षणको अवधारणा देखा परेको छ ।
—सार्वजनिक दायित्व पूरा गर्न सार्वजनिक वित्तीय प्रशासनिक तथा आर्थिक तथ्यलाई विवेचनात्मक रुपमा टिप्पणी गरी निष्कर्ष एवं सुझावसहितको प्रतिवेदन तयार तथा देश विकास कार्यमा सहयोग पु¥याउने उद्देश्य राखी निष्पक्ष जाँच गराउनु नै वर्तमान लेखापरीक्षणको अवधारणा हो ।
—लेखापरीक्षण वित्तीय कारोबारको अन्तिम चरण हो ।
—राखिएको सबै बही खाता स्रेस्ता आदि एक स्वतन्त्र, तटस्थ र पक्षपातरहित संस्थाबाट जाँच गराउने प्रक्रियालाई लेखापरीक्षण भनिन्छ ।
—आय–व्ययको सही सदुपयोग भएको छ भनी जनतालाई विश्वास दिलाउने माध्यमलाई लेखापरीक्षण भनिन्छ ।
—कोषबाट भए गरेको आय–व्ययको भूल तथा त्रुटि पत्ता लगाई सुझावसहितको प्रतिवेदन दिने कार्यलाई आधुनिक लेखापरीक्षण भनिन्छ ।
—आर्थिक कारोबारमा साधनको चुहावट, अनावश्यक खर्च तथा हेलचेक्रयाँई रोक्न नसकने तथा उत्तरदायित्व वहन निर्वाह नगरेमा त्यसको जवाफदेही पु¥याउन योगदान पु¥याउने कार्यलाई लेखापरीक्षण भनिन्छ ।
—लगानी र प्रतिफलको तुलना गरी आलोचनासहित सुझाव उपलब्ध गराउने कार्यलाई लेखापरीक्षण भनिन्छ ।

२.लेखापरीक्षणको उद्देश्य (Objective of Auditing)

—लेखापरीक्षण आर्थिक कारोबारका अन्तिम प्रक्रिया हो ।
—आत्मा तथा जनविश्वास दिलाउने साधनको रुपमा लेखापरीक्षणलाई लिन सकिन्छ ।
—एक स्वतन्त्र तथा संवैधानिक निकायबाट अन्तिम लेखापरीक्षण गरिन्छ ।
—यथार्थ आर्थिक स्थिति देखिने गरी हिसाब किताब राखिएको छ छैन, आय–व्यय आर्थिक रुल नियम अनुसार गरिएको छ छैन, खचं नियमतिता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता तथा औचित्यतताको समेत ध्यान दिई त्यसको निष्कर्ष निकाल्ने उद्देश्य लेखापरीक्षणको कार्यक्षेत्रभित्र पर्दछ ।

३ महत्व (Important of Auditing)

—राष्ट्रिय आय–व्यय ठीक किसिमले तयार पारेको छ भनी सर्वसाधारण जनतालाई आवश्यक जानकारी दिलाउने ।
—आर्थिक अनुशासन कार्यक्रम राख्ने कार्यमा सहयोग उपलब्ध गराउने ।
—आर्थिक ऐन नियम पालना भए नभएको विवेचना गर्ने ।
—वैदेशिक ऋण, अनुदान, सहायतामा सही सदुपयोग पु¥याउने कार्यमा मद्दत पु¥याउने ।
—राजनैतिक तथा प्रशासनिक कटिबद्धतालाई पारदर्शी गराउने ।

४ कार्यमूलक लेखापरीक्षण (Performance Auit or Value of Money)

—सन् १९५३ मा भएको विभिन्न देशहरुको सर्वोच्च लेखापरीक्षण संस्थाको प्रमुखहरुको भेलाले (Internatonal Organization of Supreme Audit Institutions - INTOSAI) इन्टोसाईको जन्म भएको थियो ।
—सन् १९७१ मा क्यानाडामा भएको अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संस्था (INTOSAI)  ले सबै मुलुकहरुले लेखापरीक्षण गर्दा नियमितता तथा कार्यदक्षता समेतको ख्याल राख्नुपर्दछ आफ्नो देशको ऐनमा समावेश गर्नुपर्ने प्रस्ताव पास गरे ।
—सन् १९७७ मा पेरुको राजधानी लिमामा भएको नवौं अधिवेशनले प्रकाशित गरेको लेखापरीक्षण आधरभूत निर्देशनहरु सम्बन्धी लिमा घोषणामा मितव्ययिता, कार्यदक्षता तथा प्रभावकारिताको विचार गरी लेखापरीक्षण गर्नुपर्दछ भन्ने कुरा समावेश गरियो ।
—आर्थिक वर्ष २०३२।३३ देखि नेपालका विकास योजनाहरुमध्ये केहीमा कार्यमूलक लेखापरीक्षणको सुरुवात गरियो ।
—२०३७ सालमा संविधानको तेस्रो संशोधन हुदा उल्लेखित कुराहरु समावेश भएकोले महालेखापरीक्षकको सार्वजनिक उत्तरदायित्व तथा जिम्मेवारी बढाएको छ ।
—नेपाल अधिराज्यको संविधान, २०४७ मा उल्लेखित शब्दहरु यथावत् रहन गएपछि लेखापरीक्षण ऐन, २०४८ ले यसलाई बढी उत्तरदायी बनाएको छ ।
—नेपालको अन्तरिम संविधान, २०६३ को भाग १२ अन्तर्गत धारा १२२ महालेखा परीक्षक, १२३ महालेखापरीक्षकको काम, कर्तव्य अधिकार र धारा १२३ बार्षिक प्रतिवेदनको व्यवस्था गरिएको छ ।

५.क्षेत्र (Scope)

—लेखापरीक्षणको क्षेत्र ज्यादै फाराकिलो भएकोले यसको जिम्मेवारी र दायित्व त्यतिकै बढी देखा परेको छ ।
(क) नियमितता
(ख) मितव्ययिता
(ग) कार्यदक्षता
(घ) प्रभावकारिता
(ङ) औचित्यता
—उल्लेखित वाक्यांशहरु संविधान तथा ऐनले स्पष्ट पारेको छ ।
—यो शब्द थोरै भए तापनि यसले लेखापरीक्षणको जिम्मेवारी र दायित्व व्यापक देखा परेको छ । खासगरी आधुनिक लेखापरीक्षणले निम्न कुरामा ध्यान दिनुपर्दछ ।
(१) प्रारम्भिक कार्य (नियमितता) Compliance
(क) आर्थिक कारोबारको लेखा जाँच,
(ख) अधिकार प्राप्त अधिकारीले गरेको खर्च आर्थिक रुल नियमको परिधिभित्र रहे नरहेको (Regularity) को पूरा व्याख्या राखेको छ छैन यकिन गर्ने ।
(२) नियमितता (Economy)
(क) खर्च गर्न कति हदसम्म मितव्ययिता अपनाएको छ,
(ख) भएको खर्चबाट अझ बढी उत्पादन हुन सक्तछ कि ? (Value for money)
(३) कार्यदक्षता (Effieicney)  – कामको (Evaluation) मूल्याङ्कन गर्ने (Management Audit)
(४) प्रभावकारिता (Effectiveness)  – लक्ष्य अनुरुप जुन वर्गले फाइदा उपलब्ध गर्नुपर्ने हो सो अनुसार सर्वसाधारणमा के कस्तो प्रभाव देखा परेको छ ।

६.लेखापरीक्षणका जवाफदेही र जिम्मेवारी

– वर्तमान लेखापरीक्षणको दायित्व निम्न उल्लेख गरिएको छ । यसबाट आर्थिक प्रशासन सक्षम तुल्याउन मद्दत पु¥याउने र वास्तविक कुराहरु जनता समक्ष पुग्ने भएकोले सरकारको क्रियाकलापप्रति जनतालाई जागरण गराउँछ ।
६.१ सरकारी राजस्व तथा खर्चको नियन्त्रण (To control Government Revenues and Expenditure) – राजस्व तथा विनियोजन खर्च नियन्त्रण गर्न तथा आर्थिक अनुशासन कायम राख्न ठूलो मद्दत पुग्दछ ।
६.२ अनियमित खर्च गर्न रोकावट (To save money from uneconomical pratices) – भूल तथा त्रुटिहरुलाई समयमै जानकारी उपलब्ध गराउँछ ।
६.३ आवश्यक सूचनाहरु उपलब्ध गराउनु (To provide necessary information pratices) – सार्वजनिक रुपमा सूचना प्रवाह गरी (राष्ट्रिय ढुकुटी) को बारेमा जनमानसलाई जागरुक गराउँने ।
६.४ आर्थिक अनुशासन कायम राख्नु (To maintion financial discipline)  – आर्थिक प्रशासन सञ्चालनमा सक्षम र प्रभावकारी बनाउन योगदान पु¥याउँछ ।
६.५ उपलब्धि मूल्याङ्कन (To Evaluate th performance) – खर्चको साथै त्यसबाट भएको उपलब्धिलाई मूल्याङ्कन गर्ने हुदा गरेको खर्चबाट के कति उपलब्धि प्राप्त भयो सार्वजनिक गराई दिने ।
६.६ हानि नोक्सानी पत्ता लगाउने (To find out loss and wastage)  – जानाजानी वा भूलबाट भएको हानि नोक्सानी खर्चको दुरुपयोग तथा अनावश्यक प्रति सतर्कता देखाउँछ ।
६.७ प्रभावकारी नीति तर्जुमा गर्ने (To indicate effective policy)  – नीति तर्जुमाको लागि आवश्यक नीति निर्देशन तयार गर्न सुझाव उपलब्ध गराउने, भइरहेको नीतिबाट राष्ट्रको हित हुन नसक्ने देखिएमा वास्तविक नीति तर्जुमा गर्न सल्लाह उपलब्ध गराउने ।
६.८ स्रोत परिचालनमा सतर्कता (To Indicate the Resources Mobilization) – साधन र स्रोतको परिचालन गर्दा विभिन्न विकल्पहरुको छनोट गरी उपयुक्तताको छनोट गर्न सल्लाह दिने ।
६.९ प्रभावकारी लेखापरीक्षण (Efficience Audit)  – खर्चको सही सदुपयोग भएको छ छैन, उद्देश्य अनुरुप जनवर्गले फाइदा पाउने उल्लेख गरिएको छ त्यो वर्ग लाभान्वित छ छैन यकिन गर्ने ।

७. लेखापरीक्षणका असफल पक्षः

—लेखापरीक्षण कार्यको सबै सबल पक्ष मात्र भन्न मिल्दैन । यसका केही कमी कमजोरीहरु पनि छन् । जसले पूर्णरुपमा कार्य गरिरहेको छ भन्न मिल्दैन । यसका कमी कमजोरी पनि देखापर्दछ ।
७.१ पेशागत विकासको कमी (Lack of professional and carrer development of employees)  – लेखापरीक्षण कार्यालयका कर्मचारीहरु सेवाबाट बाहिर निस्कने प्रक्रिया छ, दक्ष जनशक्तिको अभाव, दक्ष व्यक्तिलाई अन्य व्यवस्था नहुनु जस्ता कारणले उद्देश्य अनुरुप नै कार्य भइरहेको छ भन्न मिल्दैन ।
७.२ आवश्यक स्रोतको कमी (Non-availability of required amount) – आवश्यक स्रोत साधनको कमीले गर्दा उद्देश्य अनुरुप कार्य गर्न सकेका छैनन् । जसले गर्दा अन्तर्राष्ट्रिय Guide line अनुरुप पूण रुपमा योगदान पु¥याएको छ भन्न मिल्दैन ।
७.३ लेखापरीक्षण र लेखापरीक्षण गराउने बीचमा सामान्जस्यको कमी (The working relationship is not co-operate between Auditor and Auditee) लेखापरीक्षण र लेखा गर्ने कर्मचारीहरुको बीचमा राम्रो समन्वय हुन सकेको छैन । यसमा दुवै पक्ष सक्षम नै छन् भनी ठोकुवा गर्न मिल्दैन ।
७.४ लेखापरीक्षणको ज्ञान गराउन नसक्नु (Are not feel the recommendations of auditor value) लेखापरीक्षणहरुले स्वतन्त्र, निष्पक्ष, निर्भिक तथा निडर तरिकाले आर्थिक गतिविधि चित्रण गरे तापनि सर्वसाधारणलाई यसको बोध गराउन सकेको छैन ।
नेपाल सरकारको प्रशासन सेवाको उपसचिव र सहसचिवको राजाराम सेढाइसरको प्रशिक्षण समाग्रीमा आधारित ।
समाप्त ।

अभिलेखिकरण तथा सम्पादन
~~~~~~~~~~~~~~~~~~~~~
प्रशासकीय अधिकृत, बसन्तराज अधिकारी
श्री महालेखा नियन्त्रक कार्यालय, कर्मचारी प्रशासन शाखा, अनामनगर, काठमाण्डौं
[बि.सं.२०७० साल]
उपसचिव र सहसचिवको लोक सेवा परिक्षा तयारी नोट


संकलन तथा सम्पादन : बसन्तराज अधिकारी                                                                                     कीर्तिपुर, काठमाडौं

६. योग विज्ञान भनेको के हो ?

 “चित्त वृतिको निरोध गर्नु नै योग हो । मन, बुद्धि, चित्त, अहंकार यी चारलाई अन्तस्करण चतुष्टय भनिन्छ ।” पतञ्जली

® यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी योगका यी आठ अङ्ग लाई अष्टाङ्ग योग भनिन्छ । यसका अलावा हठ योग पनि छ । याहाँ ह को अर्थ सूर्य र ठ को अर्थ चन्द्रमा हो । अर्थात प्राण–सूर्य, अपान–चन्द्र पनि भनिन्छ ।
® समाधि दुई किसिमको हुन्छ ।

 सविकल्प र र्नििकल्प । ध्याता–ध्येय र ध्यान/ज्ञाता ज्ञेय र ज्ञान भन्ने बुझिन्छ ।
® यम : अहिंसा, सत्य, अस्तेय (चोरी नगर्नु), ब्रम्हचर्य र अपरिग्रह (सञ्चय नगर्ने) यी पाँच महाब्रत मानिन्छ ।

® नियम : तप, स्वाध्याय, सन्तोष, शौच र ईश्वर प्राणिधान ।

® आसन : पद्यासन, सिद्धासन, स्वस्तिकासन तथा सुखासनमा बसेर बक्षस्थल रिढको ढाँड गर्धन र शिर सिधा हुनु आवश्यक छ ।
 प्राणायाम : प्राणको विस्तार वा नियन्त्रण (भातृका, भ्रामरी,, चन्द्र सूर्य नाडी शोधन, कपालभाँती, शितली र प्राण, अपान, समान, उदान र व्यान । प्राण   हाम्रो शारीरिक अवस्था भन्दा माथि औरा शरिर रहेको छ ।

® प्रत्याहार : आन्तरिक शुद्धिकरण शब्द शरीर (शब्द, स्पर्श, रूप, रस र गन्ध) माथिको मनको पभावलाई हटाई अन्तःस्करण शुद्ध हुन जान्छ ।

 धारणा : कुनै पनि बाह्य वा आन्तरिक विषय माथि मनलाई केन्द्रित गर्ने कार्य नै धारणा हो ।

 ध्यान : “योग ध्यान्म महायनम्”
 
© दृष्टिगोचर गरेर (Visualization)
© आफ्नो हिड्ने अवस्थाको साक्षी बनेर (Meditation)
© मन्त्र पाठ द्वारा (Chanting Mantras)
© श्वासलाई हेरेर (Watch Breath)
© श्वास प्रश्वासलाई गनेर (Count Breath)
© विचारलाई हेरेर (watch thought waves or mindfullness)
© प्रेम प्ति दया भाव सवैप्रति (Mindfullness)

 समाधि : “समाधिन् मोक्षस्थितिम्”
यो अवस्था शरिर, इन्द्रिय, मन, बुद्धि भन्दा माथिको विकसीत अवस्था हो ।

 –“यथा पिण्डे तथा ब्रम्हाण्डे”

ॐ पूर्णमिदम् पूर्णमदम् पूर्णात् पूर्णमुदेच्यते,
पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते ।।

#डेड_दशक_पुरानो_समसामयिक_र_जीवन्त_आलेख
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

सन्दर्भ: गुरु पुर्णिामा वेद व्यास जयन्ती

[मिति २०७४/०३/२४; आइतबार शुभम]

बसन्तराज अधिकारी
गोरखापत्र, राष्ट्रिय दैनिक

२०५९ मंशिरमा सम्पादकीय बिचार विवेचनामा प्रकाशित
Friday, Janauary 10, 2003  

गुरूको महिमा
            
📘 वसन्तराज अधिकारी, ऎतिहासिक, धार्मिक पवित्र  तीर्थस्थल विश्वकै अग्लो दुर्लभ त्रिशुल श्री पाण्डवेश्वर शिव मन्दिर, धारापानी, घोराही उपमहानगरपालिका, लुम्बिनी प्रदेश, दाङ, नेपाल ।
   
 गुरू अत्यन्त सम्मानित र आदरार्थी शब्द हो । मातृदेव, पितृदेव, आचार्यदेव भनेर सम्बोधन गर्ने गरिन्छ । गुरू ब्रम्हा, गुरू विष्णु, गुरूदेव महेश्वर भनेर गुरूलाई ब्रम्हा, विष्णु, महेश्वरसंग समानरूपमा तुलना गरेको पाईन्छ । हिन्दु धर्ममा प्राचीन ऋषि, मुनि, महर्षिहरूलाई गुरूकोरूपमा लिईन्छ । शिख धर्मको ‘गुरू ग्रन्थ साहिव‘ मा गुरूको महिमा अपार छ । गुरू शब्द हिजो आज व्यापकरूपमा प्रयोग भएको पाईन्छ । जस्तो शिक्षक, प्राध्यापक,मास्टर..........आदि लगायत सवारी चालकलाई पनि ‘गुरू’ भनि सम्वोधन गर्दछ । यस्तै प्रहरी वा सेनामा प्रशिक्षण दिने प्रशिक्षकलाई पनि उनिहरूका प्रशिक्षार्थीहरूले गुरू भनि सम्वोधन गरेको पाईन्छ । वास्तवमा सच्चा गुरू ति महापुरूष हुन् जसले कुनै आकांक्षा वा मोलतोल विना जीवनयापनकालागि आवश्यक पर्ने, ईश्वर प्राप्त गर्न सहज हुने, सामाजिक कुल, धर्म, रित परम्परा, सदाचार पालन गर्न उत्प्रेरित गर्ने सैद्धान्तिक शिक्षाको साथै व्यावहारिक प्रयोगात्मक कसीमा घोटी शिक्षा वा ज्ञान प्रदान गर्दछन् । यस्ता दिक्षितहरू नै राष्ट्र सेवाको महान गरिमामय दायित्व ईमान्दारी र सजगतापूर्वक सम्हाल्न सक्षम हुन्छन् । त्यसैले भनिएको छ –“विद्या निष्फल त्यस्को भो जो छैन देश सेवक” वास्तवमा देशको सेवा नै महान धर्म हो ।

 सामान्य अर्थमा विद्यारूपी शास्त्र वा ज्ञान प्रदान गर्ने व्यक्तित्वलाई गुरू भन्ने गरिन्छ । विद्या वा शास्त्र भन्नाले ज्ञान, अभिरूची, सीप, नयाँ नयाँ खोज, अनुसन्धान विश्व परिवेश समेटिएको अभौतिक सम्पत्तिलाई बुझाउँछ ।

“विद्या मै छ महाशक्ति कर्म मै छ सुपुजन” भन्ने वाक्यांश ज्ञान बद्र्धक र मानव जातीलाई विद्वान र कर्मयोगी बनाउने शिक्षा प्रदान गरेको छ । गुरूको शब्दिक अर्थ यस प्रकार छ –‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ नाश गर्ने अर्थात समष्टि अर्थ अन्धकार नाश गर्ने भन्ने रहेको पाईन्छ । गुरू शब्द संस्कृत शब्द भए तापनि नेपालीमा आगन्तुक शब्दकोरूपमा यसको बरावर प्रयोग पाईन्छ ।

 गुरूको महिमा अपरम्पार छ –

‘अखण्डमण्डलाकारं व्याप्तयेनं चराचरम्, तदपदं दर्शितम् येन तस्मै श्रीगुरूवे नमः’ भनि गुरूस्तुती गरिएको छ भने सन्त कविरदास ‘गुरू र गोविन्द भगवान साथ साथै उभिएका छन् भने कसको पाउमा पहिला ढोग गर्ने भन्ने द्विविधा उत्पन्न हुँदा पहिला गुरूको पाउ परेर मात्र ईश्वरलाई ढोग्ने सल्लाह दिन्छन् । यसको कारण गुरूको ज्ञान वा शिक्षा विना ईश्वरलाई चिन्न सकिदैंन । ईश्वरलाई चिनाउने पहिला गुरू नै हुन् त्यसैले गुरू महान् छन् । प्रत्येक वर्ष एकपटक गुरू पूर्णिमा भनेर आषाढ शुक्लपूर्णिमाका दिन सामान्य औपचारिकतामा मात्र गुरूपूर्णिमा वा व्यास पूजा भनेर मनाउने गरिन्छ । वास्तवमा गुरूलाई त प्रत्येक दिन विहान उठे देखि बेलुका निन्द्रा देवीको शरण नपर्दासम्म स्मरण गरिरख्नु पर्छ । निन्द्रा देवीको शरण परेपछि स्वयं जगदिश्वरले रक्षा गर्नु हुन्छ ।

हिजो आज न गुरूमा ज्ञान गरिमा र गुरूत्व पाईन्छ न शिष्यमा गुरू प्रतिको आदर सम्मान र स्वयंमा ज्ञानको भोक वा तिर्खा । भोगवादी सामाजिक संस्कार, मूल्य–मान्यता र सभ्यताको अभाव, आधुनिक सहज र सुलभ बैज्ञानिक साधन, सूचना सञ्चारको अत्यधिक विकास, मेसिनको अधिकाधिक प्रयोग, कार्यव्यस्त मानव व्यवहार, धार्मिक र भौतिक शिक्षाको अभाव, अल्पदृष्टि, पश्चिमा सस्ता नौटङ्की संस्कृतिको प्रभाव, परसंस्कृति ग्रहण र आर्थिक, भौतिक आदि सुविधाको कारणले धर्म पलायन आदि कारणले गर्दा गुरु ज्ञानमा सच्चाभक्ति भाव पाइदैन ।

 गुरु स्तुति गर्दै शास्त्रमा लेखिएको छ

• ‘अज्ञानतिमिरान्धस्य ज्ञानञ्जन्यसलाकया, चक्षुरून्मिलितम्येन तस्मै श्रीगुरूवे नमः’ । अर्थात् अज्ञानरूपी अन्धकार ज्ञानरूपी ज्योति पुञ्जले नाश गर्ने ज्ञानको नेत्र (चक्षु) खोलिदिने गुरूलाई मेरो नमस्कार छ ।


अन्त्यमा, ज्ञानरूपी महासागर गुरूको महिमा जतिसुकै वर्णन गरेपनि लघुता हुन्छ । हिन्दु धर्म, बौद्ध धर्म, जैन धर्म, शिख धर्म आदि धर्महरू र अन्य सम्प्रदायहरूमा गुरूको महिमा अपार छ । वेद, पुराण, रामायण, उपनिषद, महाभारत, गीता आदि पूर्वीय धर्मग्रन्थ र बाईबल, कन्फ्युसियस धर्म, ईस्लाममा समेत गुरूको महिमा मुक्त कण्ठले गाईएको पाईन्छ ।
समाप्त•                                                                                                                                                                     📝गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामार्फत २०५९ सालमा  र अन्य पत्रपत्रिका मार्फत प्रकाशित आफ्नै लेख ।

Comments