रहर
[आधुनिक गद्य कविता धारावाहिक शृङ्खला)
घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल
रहर इच्छा हो वा
चाहना हो अथवा
आकाक्षाँ ।
सारमा प्राप्तिको
भोक जीवन्त अभिलाषा ।।१।।
जन्मेपछी शैशवावस्थामा
आमाको दुध चुस्ने (खाने) रहर ।।
आमा घरायसी कामधन्दामा
व्यस्त हुँदा
रहरले सीमा नाघ्दा
कहर छुटेर
अरण्य रोदन ।।२।।
बिस्मृतिका प्रतिबिम्बित
गर्भगृृहका रहरहरु
अपत्यारिलो सत्य
निरपेक्ष भाव
परन्तु ! यथार्थ ।।३।।
वालककाल गाउँमा
समाज सापेक्ष
लट्ठी, साइकलका चक्का र
माटाको मट्याङ्ग्राहरु
संकलन गर्ने अनौठो रहरहरु ।।४।।
गाउँका ध्रुर्वे ठकुरी
क्षेत्री र चौधरी दाजु
गाउँको ठूलो बरकोरुख
काजीसापको मिलनजिक
छुत खेल्ने रहर ।।५।।
ठूलो बरको रुखवाट पछारिदा
घण्टौं सम्म बेहोस
धेरै बेरमा होस खुलेपछि
एक्लै लुरुलुरु घर
रुखवाट लडेको
आमासंग नभने पनि
दु:खी रन्थ्यो ढाड
तर
तीन दिन पछि
नुहाउँदा मात्र
थाहा भो घरमा
ढाडमा ठूलो चोट
चहरायो घाउ चिसो पानीले ।।६।।
एक हप्ता पछि
साथीसँग भेट
ज्युदै छस यार
हामी त मरिस
होला भनेर
तेरो घरको बाटो
कहिल्यै नहिडेको ।।७।।
पहिलो गुरु आमा
शास्त्र ठूलो बर्णमाला
पुरानो शिक्षा
दुईहजार अठ्ठाईस साल
पुर्वोत्तर पढाई ।।८।।
बुझाई कम घोकाई बढी
पढ्नु भन्दा घाँस काटनु
वा आफ्नो भन्दा
पाँच केजी तौल बढी भाकी
ढ्याउसे "मोटी" बैनी
बोक्ने रहर ।।९।।
स्कुलमा गुच्चे साथी
छुुुचचे साथी
म नखेल्ने
तर
भाग नास्ती
पैसा उठाउने ।।१०।।
दुधरास प्राईमिरी तह
पत्रे खोलो
बाढी भेल आए
तर्न गाह्रो
म सबभन्दा सानो
साथीहरू हरामी
मलाई छोडेर दगुर्ने ।।११।।
स्कुलको पछाडि
ढडडी खर घाँस
मध्यान्तरमा
बयर खान भाग्ने
झोला कापी किताब
सिलोट खरी हराउनी
घरमा आमाको
गाली पाउनी
बाबाले जति पनि
किनीदिनी
मायाँ गरनी ।।१२।।
मीठो खाजा
घरवाट अर्नी
साथीहरू ले नलग्ने
मामाको धन
फुबुको श्राद्द
मेरै लुटपाट पार्ने।।१३।।
स्कुलवाट भाग्ने
खोलामा खेल्ने
बिरामी पर्ने
आमालाई सताउने
आफै दुख पाउने ।।१४।।
बाहुन काठा
क्षेत्री ठकुरीको गाली
बोली पिच्छे "गाठे" र
आमा चकारेर गाली
रै छ यिनको यो
मीठो कुराउनी ।।१५।।
आमाले घरमा
गाला च्यातदििएपछी
यो गाली छुट्टो तत्काली
रुदै आमासँग
तिनेरुले गाली गर्दा
मैले के भन्ने त ?
सोधनी भयो ।।१६ ।।
थारुलाई "मुसा"
ठकुरीलाई "कुसुण्डा" गुण्डा
क्षत्रीलाई "खस्या"
दलितलाई 'डुम"
ठुलाले पिटे भने
"डाको" छोडी रुम ।।१७।।
तथापि रमाईला
थिए ती दिन
रहर हो
सपना भए
पचपन्न वर्ष पुर्वका
पुर्वका
बाल्यकालका
संस्मरण ।।१७।। रचनाकार : वसन्तराज अधिकारी
रचना मिति : २०७३/०६।१३ गुरुवार
नेपालगन्ज, बांँके ।
[आधुनिक गद्य कविता धारावाहिक शृङ्खला)
📝 वसन्तराज अधिकारी |
रहर इच्छा हो वा
चाहना हो अथवा
आकाक्षाँ ।
सारमा प्राप्तिको
भोक जीवन्त अभिलाषा ।।१।।
जन्मेपछी शैशवावस्थामा
आमाको दुध चुस्ने (खाने) रहर ।।
आमा घरायसी कामधन्दामा
व्यस्त हुँदा
रहरले सीमा नाघ्दा
कहर छुटेर
अरण्य रोदन ।।२।।
बिस्मृतिका प्रतिबिम्बित
गर्भगृृहका रहरहरु
अपत्यारिलो सत्य
निरपेक्ष भाव
परन्तु ! यथार्थ ।।३।।
वालककाल गाउँमा
समाज सापेक्ष
लट्ठी, साइकलका चक्का र
माटाको मट्याङ्ग्राहरु
संकलन गर्ने अनौठो रहरहरु ।।४।।
गाउँका ध्रुर्वे ठकुरी
क्षेत्री र चौधरी दाजु
गाउँको ठूलो बरकोरुख
काजीसापको मिलनजिक
छुत खेल्ने रहर ।।५।।
ठूलो बरको रुखवाट पछारिदा
घण्टौं सम्म बेहोस
धेरै बेरमा होस खुलेपछि
एक्लै लुरुलुरु घर
रुखवाट लडेको
आमासंग नभने पनि
दु:खी रन्थ्यो ढाड
तर
तीन दिन पछि
नुहाउँदा मात्र
थाहा भो घरमा
ढाडमा ठूलो चोट
चहरायो घाउ चिसो पानीले ।।६।।
एक हप्ता पछि
साथीसँग भेट
ज्युदै छस यार
हामी त मरिस
होला भनेर
तेरो घरको बाटो
कहिल्यै नहिडेको ।।७।।
पहिलो गुरु आमा
शास्त्र ठूलो बर्णमाला
पुरानो शिक्षा
दुईहजार अठ्ठाईस साल
पुर्वोत्तर पढाई ।।८।।
बुझाई कम घोकाई बढी
पढ्नु भन्दा घाँस काटनु
वा आफ्नो भन्दा
पाँच केजी तौल बढी भाकी
ढ्याउसे "मोटी" बैनी
बोक्ने रहर ।।९।।
स्कुलमा गुच्चे साथी
छुुुचचे साथी
म नखेल्ने
तर
भाग नास्ती
पैसा उठाउने ।।१०।।
दुधरास प्राईमिरी तह
पत्रे खोलो
बाढी भेल आए
तर्न गाह्रो
म सबभन्दा सानो
साथीहरू हरामी
मलाई छोडेर दगुर्ने ।।११।।
स्कुलको पछाडि
ढडडी खर घाँस
मध्यान्तरमा
बयर खान भाग्ने
झोला कापी किताब
सिलोट खरी हराउनी
घरमा आमाको
गाली पाउनी
बाबाले जति पनि
किनीदिनी
मायाँ गरनी ।।१२।।
मीठो खाजा
घरवाट अर्नी
साथीहरू ले नलग्ने
मामाको धन
फुबुको श्राद्द
मेरै लुटपाट पार्ने।।१३।।
स्कुलवाट भाग्ने
खोलामा खेल्ने
बिरामी पर्ने
आमालाई सताउने
आफै दुख पाउने ।।१४।।
बाहुन काठा
क्षेत्री ठकुरीको गाली
बोली पिच्छे "गाठे" र
आमा चकारेर गाली
रै छ यिनको यो
मीठो कुराउनी ।।१५।।
आमाले घरमा
गाला च्यातदििएपछी
यो गाली छुट्टो तत्काली
रुदै आमासँग
तिनेरुले गाली गर्दा
मैले के भन्ने त ?
सोधनी भयो ।।१६ ।।
थारुलाई "मुसा"
ठकुरीलाई "कुसुण्डा" गुण्डा
क्षत्रीलाई "खस्या"
दलितलाई 'डुम"
ठुलाले पिटे भने
"डाको" छोडी रुम ।।१७।।
तथापि रमाईला
थिए ती दिन
रहर हो
सपना भए
पचपन्न वर्ष पुर्वका
पुर्वका
बाल्यकालका
संस्मरण ।।१७।। रचनाकार : वसन्तराज अधिकारी
रचना मिति : २०७३/०६।१३ गुरुवार
नेपालगन्ज, बांँके ।
Comments
Post a Comment