१५. नागपञ्चमी अर्थात् नागपुजन

सन्दर्भ नागजन्मोत्सव : नागपञ्चमीको सन्दर्भमा विभिन्न स्रोत सामाग्रीहरु संकलन गरि तयार गरिएको  #अत्यन्तउपयोगी #समसामयिक भएकोले सम्पुर्ण सवैको जानकारीका लागि शेयर गरेको व्यहोरा सहर्ष जानकारी गराउँदछु । - धन्यवाद

सन्दर्भ : नागपञ्चमी
                               
सन्दर्भ : नागपञ्चमी 


नाग जन्मोत्सव र नागपञ्चमी


हिन्दु धर्ममा नागलाई देवता भनेर पुजिन्छ । नाग सर्प प्रजातिको परन्तु पवित्र र देवतासंगै बस्न चाहने देवत्व गुणधारी जीव हो तसर्थ,  यसको अत्यन्त महत्व रहेको छ । भगवान विष्णुले शेष नागलाई शैया बनाएर शयन गर्ने, शिवको कण्ठमा नागदेवता निवास गर्ने, भगवान कृष्णसंग पनि कालीदमन र नागसंग जोडिएका प्रशस्त प्रसंगहरु रहेको पाईन्छ । नागपञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन यस बर्ष २०७९ श्रावण १७ गते मंगलबार आजै परेको छ ।

नागलाई आह्वान गर्ने मन्त्र यस प्रकार छ –
अस्तीकस्यमुनेमातज्जगदानन्दकारिणी । ऐहहिमानसादेवीनागमार्तनमोस्तुते ।।


 वास्तवमा नागपुजन आदिकालदेखिनै प्रचलनमा रहि आएको छ । प्राकृतिक अवस्थादेखि नै मानवजाती र नागको विच घनिष्ट सम्वन्ध कायम रहेको र सांस्कृतिक, धार्मिक, सामाजिक, पर्यायवरण एवं वातावरणीयरुपमा रहेको छ ।

परापूर्वकालमा एकजना किसानले खेतमा हलो जोत्दा  धेरै सर्पहरु मरेकाले सर्प माताले किसानको सपरिवारलाई मार्ने संकल्प लिएपछि  किसानकी छोरीले यो कुरा थाहा पाएर श्रद्धापूर्वक नागमाताको पुजा अर्चना गरिन र नागमाताको क्रोध शान्त भएर किसानको परिवारलाई अभयदान दिईन यहि लोकायत मत अनुसार यस दिन हलो जोत्न नहुने परम्परा चलेको पाईन्छ ।

मत्स्य पुराणमा प्राचिन पर्वतीय जातीहरुमा नाग, गन्धर्व, किन्नर, राक्षस, पिशाच, किम्पुरुष, खस आदि को साथ नाग जातीको बर्णन पाईन्छ ।

नागको सम्वन्ध शिवसंग र गरुड विष्णुसंग रहेको छ । हिन्दु, बुद्ध धर्ममा नागलाई देवताको स्वरुपमा लिईन्छ । नाग देउता लागेमा ससाना वालवालिकालाई झारफुक गर्ने प्रचलन पनि छ ।

प्राचिनकालमा नेपाललाई बासुकी क्षेत्र भनिन्थ्यो । विष्णु पुराण र श्रीमदभागवत अनुसार वासुदेवको कुलमा उत्पन्न भएका विष्णुको अवतार श्रीकृष्ण स्वर्गारोहण भएपछि मानिसहरु पापमा रमाउन थाले त्यसैबेला देखि कलियूगको प्रारम्भ नागपञ्चमीको दिन भएकोले पात्रोमा कल्की जयन्ती भनि लेखेको पाईन्छ । धार्मिक कर्मकाण्डमा जम्बूद्वीपे भरत खण्डे, हिपवत्पादे, बासुकी क्षेत्रे श्री नेपाल देशे भनि संकल्प पढने प्रचलन विक्रमको चौधौ र पन्धौ शताब्दीदेखि प्रचलनमा रहेको पाईन्छ ।

नाग भनेको सर्प मात्र नभई मानवकै एक जातीकोरुपमा लिईन्छ । घरमा नागको तस्वीर टाँस्नाले दैवी शक्तिवाट हुने विपत्तीवाट जोगीने लोकोक्ति रहेको यसवाट बर्ष दिन भरीमा हुने भय, त्राश र विपत्तीवाट जोगिने विश्वास रहेको छ ।

सृष्टिकर्ता ब्रम्हाजीले नागपञ्चमीका दिन नागको पुजा गर्नाले अनिष्टको निवारण र ऐश्वर्यको प्राप्ती हुने कुरा अभिव्यक्त गरेको विश्वास रहेको छ । जहाँ नाग रहन्छन त्यहाँ पानी हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । संस्कृतिविदहरुको अनुसार सवै पोखरी, दह, कुण्ड लगायतका पानी जम्मा हुने ठाउँलाई नागको प्रतिककोरुपमा लिईन्छ यस्तै भक्तपुर लगायत विभिन्न ठाउँमा नागपोखरी रहेका छन् । नागलाई देवी देवताका अवतार मानिन्छ । प्रारम्भमा आर्यहरु नागपूजक नभएको पछि स्थानीय आदिवासी जातजातीहरुको प्रभाव र संगतका फलस्वरुप नागपञ्चमी वा श्रावण शुक्ल पञ्चमीका दिन नागको पुजा गर्ने, यस दिनलाई नागको जन्मोत्सवकोरुपमा मनाउने प्रचलन चलेको हो ।

मूलत: घरघरमा पुजा, अर्चना गरी दुधको धारा, चन्दन, द्रव्य आदि चढाई श्रद्धापूर्व अष्टकुलिक नागलाई मन्त्रोच्चारण गरी पुजा गरिन्छ । नाग पुजनको मन्त्र यसप्रकार रहेको छ :-

ॐ  अगस्तश्चै पुलस्तत्सश्च बैशम्पायन एवच ।

सुमन्तुजैमिनिश्चैव पञ्चैते बज्रवारका: ।।

मुनै कल्याण मित्रस्य जैमिनिधास्य कृतनात ।

बिद्युदग्नी भयं नास्ति लिखितं गृहमण्डले ।

यत्राहिसामी भगबान यत्रास्ते हरिरिश्वर: ।

भङगो भवति बज्रस्य तत्र शुलस्यका कथा ।।

अस्तीकस्यमुनेमातज्जगदानन्दकारिणी ।
 ऐहहिमानसादेवीनागमार्तनमोस्तुते : ।।

अनन्तवासुकीपद्ममहापद्मश्चतक्षक : ।

कुली र कर्कटशंखौ चाष्टौ नागाप्रक्रितिता : ।। अस्तु         
             

Comments