१४. बुबा स्व. बलदेवप्रसाद अधिकारी र फुबु शिवादेवी समेतको स्मरण

बुबाको स्मरणमा २ शब्द श्रद्धासुमन :-  
                                           
✍️ संस्मरण लेखन : वसन्तराज अधिकारी
   घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल 
                         @ कीर्तिपुर, काठमाडौंं, नेपाल 


मेरा परमपुज्य बुबा  तत्कालीन उदयपुर अधिकारी राजाको राज्य अन्तर्गत तिराम गाविस उपल्लोतिराम बाजे स्व.निधुलाल बुबा  स्व. खेतुलालका साहिला सुपुत्र तिरामवाट दाजु लोकराज उपाध्यायसँ‌ग छुट्टा भिन्दा भै २०१६/०१७ सालतिर दाङ जिल्ला मानपुर गाविस मजगाउँमा आई बसोवास गर्नुभएको थियो ।

ममतामयी आमा भावना अधिकारी र बुबाले हामी २ भाइ र ३ बहिनीलाई जन्माउनु भयो । हुर्काउनु भयो र आज हामी यो अवस्थामा आईपुग्यौं श्रद्धेय पिता बलदेव प्रसाद उपाध्याय अधिकारी ४९ बर्षको अल्पायूमै कडा क्षयरोग  (त्यतिवेला यो रोगको उपचार सहज थिएन) २०३६ साल फागुनमा स्वर्गारोहण हुनुभयो दाङ मजगाउँ घरमै जस्वेला मैले १० कक्षामा पढदै थिए । पढाई अवरुद्ध भयो ।

तत्पश्चात स्र्वर्गवासी बुबाकै आशिर्वादले पढाइलाई जारी राखी करिव ७ बर्षको शिक्षक सेवा र  ३१+ बर्ष निजामती सेवामा कर्तव्यनिष्ट, बफादार र जिम्मेवार नेपाल सरकारको उपसचिवको रुपमा कार्यरत छु । भाइ बहिनीहरु पनि सरकारी सेवामा कोही मावि शिक्षक कोही न्यायाधीशको हैसियतमा कार्यरत छन । बुबाका बंशविज हामी सत्कर्ममा सपर्पित छौ ।

तसर्थ -                                                                                पुत्रस्यपरमोधर्मपितृद्धारसमोनहि । पितृभक्त्नकुरुतेश्रेयातिसुखमिच्छति । सयातिनरकंघोरंयावच्चन्द्रकर्ममेदिनी ।।  स्कन्द पुराण ।

भावार्थ :
~~~~~~
पुत्रको सवैभन्दा ठूलो धर्म के हो ? पितृको उद्धार । पितृमातृको उद्धारसमान ठूलो धर्म अरु कुनै छैन । पितृभक्त नभै आफ्नै सुख सुविधाकालागि मात्र जीवनयापन जुनपुत्रले जीवनयापन गर्दछ । तवसम्म उ अघोर नर्कमा पर्दछ जवसम्म यस धर्तिमा चन्द्र सूर्य वायू अटल रहन्छन । - धन्यवाद



फुबु स्व.शिवादेवी नाम परिवर्तन सीताराम बैरागी श्रीबैष्णव रहस्यात्मक संस्मरण


आदरणिय फूबुको स्मरणमा श्रद्धासुमन ।


मेरै आफ्नै एक मात्र सहोदर फुबु म करिव ४ बर्षको छँदा २०२५ साल देखि राम्ररी चिन्दछु । दाङ बनघुस्रामा बृद्ध फुबाजुसंग विवाह भै फुबु १५ बर्ष हुँदा विधुवा भएकी वालविधुवीको कुरा पनि फुबुका मुखारविन्दवाट श्रवण भएको हो । फुबुले दाङ हेमन्तपुरमा हनुमान हरिकिर्तन मन्दिर स्थापना गरी प्रत्येक मंगलवार धुमधामसंग साझमा भजन हरिकिर्तन पुजा पाठ हुन्थ्यो । भजन मण्डली थियो । रमाइलो सत्संग हुन्थ्यो । भक्त भक्तिनीहरुको मेला लाग्दथ्यो । ठूलो हाइहाइ थियो फुबु र सीतारामको दाङ विजौरी गाविस अन्तर्गत हेमन्तपुरमा । यस भन्दा पूर्वको प्रसंग जोडदा उपयुक्त होला । दाङ नारायणपुरमा काहिला बुबा ब्रम्हचारी लक्ष्मीकान्त अधिकारी संग भाइ बहिनीको नारायणपुर हरिकिर्तन मन्दिर सञ्चालन वा नृतृत्वको प्रश्न र फुबुका गुरु सीताराम बैरागी श्रीबैष्णव आफ्नै सहोदर ठूल्दाजु (नारायण प्रसाद अधिकारी १५ बर्षका उमेरमा बेपत्ता भएका हालसम्म पनि जिउँदो मरेको कुनै किसिमको जानकारी हुन नआएको)  हुन् । ठूल्दाजु भेटिए भन्ने विषयमा विवाद बढदै जाँदा अन्ततः बुबाकै मध्यस्थतामा छलफल चल्दा सीताराम बैरागी बैष्णवले प्रमाण पुराउन नसक्दा ब्रम्हचारीहरु एक गुट र फुबु र सीताराम बैरागी बैष्णवका अर्को गुट माओवादी को प्रचण्ड र किरण मोहन बैद्यको फुट भन्दा पनि खतरा विभाजन भएछ र सिङ्गो दाङ दुई पक्षमा विभाजीत भएपछि फुबुले नारायणपुर (शंकर गौतमको जग्गा) छोडी हेमन्तपुरमा आफ्नै निजी हरिकिर्तन मन्दिर स्थापना गरेर प्रत्येक मंगलवार त्रिकाल पुजा पाठ गरी सन्धाकालमा नित्य हनुमानजीको किर्तन र रामचरित मानस पाठ हुने गर्दथ्यो । सवैले गुजराती भन्ने, लामा लामा सेतै फुलेका दारी, झट्ट हेर्दा पनि गुजराती जस्ता देखिने वालतपसी सीताराम बैरागी श्रीबैष्णव संग मेरो पनि सम्पर्क भयो । मलाई दिक्षा भनि पहिला सानो गुरु फुबुले “राम” मन्त्र जप गर्न लगाउनु भयो । शौच निच दिशा पिशाव गर्दा शुद्ध हुनु पर्ने, शरिरका सम्पूर्ण बस्त्र उतारी सर्वाङ्ग नङ्गा बनि शौच निच गर्नु पर्ने र नित्य “राम मन्त्र” १००८ पटक जप गर्नु पर्ने जुनसुकै बेला पनि राम राम भनिरहनु पर्ने, शुद्ध शाकाहारी भोजन गर्नु पर्ने, मांस र तामसी भोजन, लहसुन, प्याज जस्ता बस्तु सेवन गर्न नहुने, भगवतभक्तिमा तल्लिन हुने जस्ता दिक्षाले त्यतिवेलाका करिव आधा दाङका प्रबुद्ध गन्ने मान्नेहरु फुबु र सीतारामका चेला चाकर थिए ।

वाहाँहरुलाई नचिन्ने र नमान्ने कोही थिएनन् । हरेक ठाउँमा वाहाँका नामवाट चिनिनु पर्दथ्यो । भुतपूर्व सभासद हापुरका जुद्धबहादुर देखि मानपुर बजारका भारतीय मूलका धार्मिक अनुयायी, व्यापारीहरु हजारौको संख्याका मानिसहरु सीतारामलाई अवतारी पुरुष र महामानव मान्दथे । फुबुका कुरा अहिले पनि मेरो मस्तिष्कको एउटा कुनामा ताजै छन् –“सपनामा भगवानसंग भेटेर कुराकानी भएको, भगवानले पुष्पक विमानमा उडायर स्वर्गलोक पुराएका र भगवानले तिमिले आँटेको काम पुरा गरिदिने बचन दिएका जस्ता कुरा सुन्दा मलाई आश्चर्य होइन सत्य लाग्दथ्यो र भक्तिभावले आँशु बर्षन्थ्यो । मेरो यो अवस्था देख्दा उनिहरु फुबु र सीताराम यो बालकमा पनि भगवान रामको केही अंश छ भनेर भन्दथे । माछा, मासु खाए पछि खशीका शरिरमा जति रौं छन्, त्यतिवर्ष अघोर नरकमा बस्नु पर्छ भन्ने सन्दर्भमा फुबुका गुरु सीतारामले हिन्दी भाषि लवजमा रेउँ गिन्नु पर्छ बसन्ते, बालिके (ठूली बहिनी) भन्दा भाइ बहिनीहरु हाँस्दथे तर मैले साँचै पत्याउँथे । वाल्यावस्था देखि धेरै बर्ष माछा मासु छोडेर पछि २४–२५ बर्ष हुँदा खान कोशीश गर्दा गिजमिज लागेर सदाकालागि स्वज्ञानले शाकाहारी ब्रत लिए ।

फुबुसंगका धेरै र अचम्म लाग्दा संस्मरणहरु छन् । सवै वृतान्त गर्दा एउटा साहित्यकार मदन पुरस्कार प्राप्त अमर न्यौपानेको “सेतो धरती” भन्दा पनि सशक्त र व्यापक हुन्छ अथाृत एउटा महाकाव्य वा उपन्यास नै तयार हुन्छ । निजामती सेवाको अनिवार्य अवकाश पछि मौका मिले उपन्यास पनि लेखुँला अहिले केवल फुबुसंग जोडिएका प्रतिनिधि घटनाक्रम मात्र लेख्दैछु । यी कपोल कल्पित वा कल्पनाशिल साहित्य नभै यायार्थ हुन् । यी कुराहरु थाहापाउने मेरी ममतामयी आमा भावना अधिकारी, बेल्भारकी फुबु विष्णुदेवी घिमिरे र काका गिरीराज अधिकारी लगायत का व्यक्तित्वहरु जीवितै हुनुहुन्छ । मलाई त मेरो आफ्नो भोगाइ बाहेकका कुराहरु अल्पमात्र थाहा छ । खासरुपमा भन्दा हिजो आज भारत बर्ष र नेपालमा उम्रिएका धार्मिक संस्थाको आदिम स्वरुप वा प्रारम्भिक रुप फुबु र ब्रमहचारीहरुले थालनी गरेका हुन् दाङ, प्यूठान, रोल्पा लगायतका राप्ती अञ्चलका जिल्लाहरुमा । ब्रम्हचारीसंग त मेरो संगत भएन फुबु संग नजिकको संगत भयो । फुबु र सीताराम गुरुले सवै चेला चाकरहरुसंग भेटी, घाटी, पुजा पाठ, मुष्ठी दान, मन्त्र दान किर्तन भजन आदिवाट प्राप्त भेटी, द्रव्य, उपहारले ६/६ महिनामा स्वदेशका तिर्थ गण्डकी, मुक्तिनाथ, बराह, पशुपति, जनकपुर लगायतका मठ मन्दिरहरु र १÷१ बर्षमा भारत बर्षका चारधाम काँशी, कन्याकुमारी, गयाजी, मथुरा, बृन्दावन, बद्रिकेदार, हरिद्वार, प्रयाग लगायतका सवै स्थानमा भ्रमणगरी त्यहाँका इतिवृतान्त बर्णन गर्नु हुन्थ्यो । ८–१० बर्षको बालमस्तिष्कले सवै कुरा बुझ्न र सम्झन नभ्याए पनि निकै भक्तिभाव राखी सुन्दथे । फूबुले हंशराज महाराजका कुरा, कृपालुजी महाराजका कुरा सकारात्मक गर्नु हुन्थ्यो भने ओशो रजनिश अम्रिकाको जाशुश भएको, भारतमा छदम जासुसी बाबा रहेको कुरा पनि गर्नुहुन्थ्यो । सीताराम गुरु तुलसीकृत रामायण

–“पाठ प्रारम्भ होता है सुनो वीर हनुमान, राम लखन सीया जानकी सदा करो कल्याणवाट हिन्दी लवजमा बडो मिठासपूर्णरुपमा बाचन गर्नु हुन्थ्यो । तुलसीदासका बहुअर्थी दोहाको खुब स्पष्ट अर्थ गर्ने हुँदा भारतीय मूलका हामी देशी भन्दथ्यौ । देशीहरु मन्त्र मुग्ध हुँदै नरिवल, मिठाइको बर्ष गर्थे, हामी केटाकेटीहरु यहि लोभले पनि हेमन्तपुर हरिकिर्तन मन्दिरमा जान लालायित हुन्थ्यौ ।

सीताराम बैरागी श्रीबैष्णव रामभक्त हुनुहुन्थ्यो र धार्मिक साधु पनि । वाहाँहरुको हाल तलसीपुर नपा तात्कालिन अमृतपुर गाविस कटकुइँयामा २ विगाहा जमीन एक जना किसानले लगाउँथ्यो । हेमन्तपुरमा १० कट्ठा जग्गा थियो, यी सवै भक्त भक्तिनीहरुवाट दान दातव्यवाट प्राप्त भएको कुरा फुबु बताउनु हुन्थ्यो । मलाइ ब्रम्हचारी बनाई उत्तराधिकारी बनाउने योजना र तानावानामा फुबु र सीताराम गुरुले बालुवामा पानी खनाएसरी निकै मेहनत गरे परन्तु आफु निजामती राष्ट्रसेवक कर्मचारी बन्ने वर्तमान रहेछ, त्यो सुदुर अतितको प्रारब्धमा कहाँ अडन सकिन्थ्यो र । दाइका दुइ भाइ छोरा छन् जेठो बसन्ते त हाम्रै हो । फुबु सयौ पटक भन्नुहुन्थ्यो । मैले साने देखि माछा, मासु, लहसुन, प्याज जस्ता भोजन स्वेच्छाले परित्याग गर्दा बुबा चिन्तित बन्नुहुन्थ्यो र बुबाले यो छोरो जोगी बन्ला र बुढेसकालको छोरावाट बंश नचल्ला भन्ने कट्टर हिन्दु धर्मको हिमायती भएको चिन्ता थियो ।

वि.सं.२०३६ सालमा बुबा स्वर्गवास हुँदा फुबु र सीताराम बैरागी श्रीबैष्णव चारधाम गएका थिए । हामी बार्षिक बरखीमा बसेको बेला ३ महिना पछि फुबु आएर समवेदना सहित स्वस्ती, शान्ति, जप गरी आमालाई पनि आफ्नै चेली बन्न निकै फकाउनु भयो तर आमाले फुबुलाई चिनिसकेकोले या शायद गृहस्थीमै आफ्नो इज्जत रहने देखि फुबुको यो शर्त इन्कार गर्नु भयो । भएको जायजेथावाट छोरा छोरी हुर्काउने, पढाउने, विवाह दान गरिदिने श्रीमानको जिम्मेवारी पुरा गर्ने अठोट र गृहस्थी जीवन नै सवोत्तम भएकाले यसैमा रमाउने अठोटमा आमा संग सीताराम बैरागी श्रीबैष्णव गुरु र फुबु चिढीए ।
 धारापानी पाण्डवेश्वरमा सप्ताह चलाउन सीताराम गुरु मूल पण्डित र मलाइ गणेश स्थापना गरी फुबुले २०३८ सालमा पाण्डेश्वर धारापानीमा करिव ८ दिन बसी सप्ताह सम्पन्न गरी अन्त्यमा प्रसाद र टालाटुली फूबूवाट प्राप्त गरे । पैसा र सिदापानी फुबु र सीताराम गुरुले गुटमुटाई चार धाम गर्न हिडे । मैले धेरै दुःख र संघर्ष झेले, खेती पाती गरे, अण्डर एसएलसी अवस्थामा पनि शिक्षण पेशा गरे, भाइ बहिनीहरु पढदै थिए ।

समय आफ्नै गतिमा बगिरहेको थियो । त्यस्तै २०४१/०४२ सालतिर फुबुले मलाई घरमै आइ फकाउनु भयो । कटकुइँयाको दुई विगाह जग्गा र हेमन्तपुरको मन्दिरको जग्गा छ, आवश्यक परे विवाह पनि गरिदिउँला सीताराम गुरुको उत्तराधिकारी भएर बस्ने प्रस्ताव  फुबुले राखेपछि मलाइ झनक्क रिस उठ्यो त्यतिवेला म प्यूठान तिराम तिर शिक्षक पनि भै सकेको अवस्था थियो । अन्ततः मेले धेरै सोचेर फुबु र सीताराम गुरुलाई पठाउने एउटा पत्र तयार गरे जस्को भावार्थ यसप्रकार थियो । तपाईका भदैहरु प्यूठान तिराममा माहिलबा लोकराज उपाध्यायका छोराहरु ३ भाइ झग्गु मुकुन्द र श्रीकान्त छन्, तिनीहरु नभए अरु कसैलाइृ धर्मपुत्र वा उत्तराधिकारी राख्नुस । म तपाईहरुको करोडको विरासत भए पनि धनको लोभमा परेर दासता स्वीकार गर्दिन । मेरो स्थान र म हिडने बाटो म आफै बनाउँछु । म सांसारिक मानव हुँ । म धार्मिक छु । ईश्वर मान्छु । आस्तिक छु, परन्तु म भाग्यवादी र दासता र सम्पत्तिको लालची छैन । पुरुषार्थ मेरो प्राण हो । दासता म वाटै किमार्थ सम्भव छैन, आफ्नै बाबु, आमा किन नहुन मेरो विवेकलाइ बन्दक राख्न खोज्छन भने म जोगी भएर हैन संसारी भएर त्याग गर्न तयार छु । मेरो अठोट हिमाल जस्तै उच्च छ ।

सीताराम गुरुले प्रदान गरेको दिक्षा मन्त्र ॐ ऐ ह्री क्लीं चामुण्डायै विच्चे । शक्ति मन्त्री र फुबुले प्रदान गरेको राम भक्ति मन्त्र मेरा जीवनका आदर्श हुन् यथार्थ होईनन् भन्ने व्यहोराको पत्र भाइ बहिनीहरु र आमा जाँदा पठाएको सीताराम गुरु र फुबु निकै रिसाएछन् । त्यसपछि धेरै बर्ष सम्म भेटघाट भएन । अन्त्यमा सीताराम गुरु पनि स्वर्गे भए । फुबु मेरो र यशोदाको विवाह हुँदा वि.सं.२०४९ सालमा हाम्रो घरमा आउनु भएको थियो । त्यतिवेला म निजामती सेवामा दिपायल तिर सुब्बा थिए । फुबुले धेरै दुःख पोख्नुभयो । शत्रुहरुले मेरो जग्गा खान खोजे, मेरो नाममा गराउन गाहारो भयो । बाबु, तैले सहयोग गरिनस् भनि गुनासो गर्नु भयो । गुरुबा का त्यतिका पुस्तक किताबहरु पढने मान्छे कोही भएन, धमिरा, किराले खान लागि सके आदि आदि । मैले भने फुबु तपाईले गुरुबाका कितावहरु संस्कृत महाविद्यालयका पुस्तकालयलाई दान गर्नुस् । तपाईलाई आयस्ता किसानले दिएकै छ । बाचुन्जेल खानुस । तपाईका छोराछोरी छैनन्, के फरक पर्छ त्यहि किसान हो तपाईको छोरो । फुबु केही बोल्नु भएन । अनि फुबुलाइृ एउटा प्रश्न गरे–फुबु के तपाईले सीताराम भित्रै आत्मै देखि जप गर्नुहुन्छ रु भनेर सोध्दा अरु के उपाय छ  बा बाँच्नकालागि एउटा साधन माध्यम वा जीविका हो । भनेको सुन्दा मलाई भित्रवाट हाँसो छुट्यो तर रोके । धन्य परमात्मा, तिम्रो कस्तो लिला धर्म पनि जीवीका हुने भए गृहस्थी भन्दा ठूलो धर्म अरु कुन हुन सक्छ र । तत्पश्चात मैले फुबुलाई भने फुबु, अब ज्ञान, ध्यान गर्नुस्, आप्mनै कुटीमा । सेवा चाकरी गर्ने २/४ जना अनाथ भक्त भक्तिनीहरु छँदै छन् । अब, राम संग कामना गर्नुस कि अर्को जन्ममा सफल गृहस्थी बन्ने, झुठा योगी भन्दा सच्चा योगी उत्तम र सच्चा योगी भन्दा सच्चा गृहस्थी सर्वोत्तम । फुबु गम्भीर बनेर अबोध वालक जस्तै निष्कपट हेरिरहनु भयो ।

तत्पश्चात वि.सं.२०५५ सालमा हामी सपरिवार (आमा र भाइको सहमती नहुँदा नहुँदै पनि) काठमाण्डौ आयौं, त्यतिवेला म शिक्षा मन्त्रालय, केशरमहलमा नायव सुब्बाको पदमा कार्यरत थिए । त्यसै ताका फुबु वित्नु भयो । ब्रम्हचारी लक्ष्मीकान्त अधिकारी प्यूठान हर्नघाटवाट भाइ बन्धुको सहयोग र आग्रहमा धारापानी पाण्डवेश्वरमा आई ठूलो मठ, मन्दिरहरु र भजन मण्डली तयार गरी दान दातव्यवाट बनजर रहेको धारापानी गुल्जर तिर्थस्थानको रुपमा अवस्थित भयो । हाल धारापानीमा नारायणको मूर्ति संगै लक्ष्मीकान्त ब्रम्हचारीको ज्वाजल्यमान मूर्ति विराजमान छ । शिवरात्री लगायत हरेक चाडपर्वहरुमा मेला लाग्दछ । काठमाण्डौ उपत्यकाको शक्ति पिठ दक्षिणकालीकै स्वरुपमा अवस्थित पाण्डवेश्वर धारापानीमा नारायणको मूर्तिसंगै गुरु लक्ष्मीकान्त ब्रमहचारीको चिरस्मरणमा मूर्ति र पुजा आजा भएको देख्दा श्रद्धाले शिर निहुरिन्छ । फुबुको धार्मिक अस्तित्व दुर्लभ प्राणी डायनोसोरसको पृथ्वीमा अस्तित्व नरहेजस्तै लोप भएको अवस्था छ ।

मेरा आदि गुरु गुरुआमा फूबु र सीताराम बैरागी श्रीबैष्णवको चिर आत्माले शान्ति पावस । हार्दिक श्रद्धाञ्जली समर्पण ।

बसन्तराज अधिकारी
कीर्तिपुर, काठमाण्डौं ।                                                          मिति २०७१ साल श्रावण ३ गते शनिवार

फुबु स्व.शिवादेवी नाम परिवर्तन सीताराम बैरागी श्रीबैष्णव रहस्यात्मक संस्मरण


आदरणिय फूबुको स्मरणमा श्रद्धासुमन ।

मेरै आफ्नै एक मात्र सहोदर फुबु म करिव ४ बर्षको छँदा २०२५ साल देखि राम्ररी चिन्दछु । दाङ बनघुस्रामा बृद्ध फुबाजुसंग विवाह भै फुबु १५ बर्ष हुँदा विधुवा भएकी वालविधुवीको कुरा पनि फुबुका मुखारविन्दवाट श्रवण भएको हो । फुबुले दाङ हेमन्तपुरमा हनुमान हरिकिर्तन मन्दिर स्थापना गरी प्रत्येक मंगलवार धुमधामसंग साझमा भजन हरिकिर्तन पुजा पाठ हुन्थ्यो । भजन मण्डली थियो । 

रमाइलो सत्संग हुन्थ्यो । भक्त भक्तिनीहरुको मेला लाग्दथ्यो । ठूलो हाइहाइ थियो फुबु र सीतारामको दाङ विजौरी गाविस अन्तर्गत हेमन्तपुरमा । यस भन्दा पूर्वको प्रसंग जोडदा उपयुक्त होला । दाङ नारायणपुरमा काहिला बुबा ब्रम्हचारी लक्ष्मीकान्त अधिकारी संग भाइ बहिनीको नारायणपुर हरिकिर्तन मन्दिर सञ्चालन वा नृतृत्वको प्रश्न र फुबुका गुरु सीताराम बैरागी श्रीबैष्णव आप्नै सहोदर ठूल्दाजु (नारायण प्रसाद अधिकारी १५ बर्षका उमेरमा बेपत्ता भएका हालसम्म पनि जिउँदो मरेको कुनै किसिमको जानकारी हुन नआएको)  हुन् ।

ठूल्दाजु भेटिए भन्ने विषयमा विवाद बढदै जाँदा अन्ततः बुबाकै मध्यस्थतामा छलफल चल्दा सीताराम बैरागी बैष्णवले प्रमाण पुराउन नसक्दा ब्रम्हचारीहरु एक गुट र फुबु र सीताराम बैरागी बैष्णवका अर्को गुट माओवादी को प्रचण्ड र किरण मोहन बैद्यको फुट भन्दा पनि खतरा विभाजन भएछ र सिङ्गो दाङ दुई पक्षमा विभाजीत भएपछि फुबुले नारायणपुर (शंकर गौतमको जग्गा) छोडी हेमन्तपुरमा आफ्नै निजी हरिकिर्तन मन्दिर स्थापना गरेर प्रत्येक मंगलवार त्रिकाल पुजा पाठ गरी सन्धाकालमा नित्य हनुमानजीको किर्तन र रामचरित मानस पाठ हुने गर्दथ्यो । 

सवैले गुजराती भन्ने, लामा लामा सेतै फुलेका दारी, झट्ट हेर्दा पनि गुजराती जस्ता देखिने वालतपसी सीताराम बैरागी श्रीबैष्णव संग मेरो पनि सम्पर्क भयो । मलाई दिक्षा भनि पहिला सानो गुरु फुबुले “राम” मन्त्र जप गर्न लगाउनु भयो । शौच निच दिशा पिशाव गर्दा शुद्ध हुनु पर्ने, शरिरका सम्पूर्ण बस्त्र उतारी सर्वाङ्ग नङ्गा बनि शौच निच गर्नु पर्ने र नित्य “राम मन्त्र” १००८ पटक जप गर्नु पर्ने जुनसुकै बेला पनि राम राम भनिरहनु पर्ने, शुद्ध शाकाहारी भोजन गर्नु पर्ने, मांस र तामसी भोजन, लहसुन, प्याज जस्ता बस्तु सेवन गर्न नहुने, भगवतभक्तिमा तल्लिन हुने जस्ता दिक्षाले त्यतिवेलाका करिव आधा दाङका प्रबुद्ध गन्ने मान्नेहरु फुबु र सीतारामका चेला चाकर थिए ।

वाहाँहरुलाई नचिन्ने र नमान्ने कोही थिएनन् । हरेक ठाउँमा वाहाँका नामवाट चिनिनु पर्दथ्यो । भुतपूर्व सभासद हापुरका जुद्धबहादुर देखि मानपुर बजारका भारतीय मूलका धार्मिक अनुयायी, व्यापारीहरु हजारौको संख्याका मानिसहरु सीतारामलाई अवतारी पुरुष र महामानव मान्दथे । फुबुका कुरा अहिले पनि मेरो मस्तिष्कको एउटा कुनामा ताजै छन् –“सपनामा भगवानसंग भेटेर कुराकानी भएको, भगवानले पुष्पक विमानमा उडायर स्वर्गलोक पुराएका र भगवानले तिमिले आँटेको काम पुरा गरिदिने बचन दिएका जस्ता कुरा सुन्दा मलाई आश्चर्य होइन सत्य लाग्दथ्यो र भक्तिभावले आँशु बर्षन्थ्यो । 

मेरो यो अवस्था देख्दा उनिहरु फुबु र सीताराम यो बालकमा पनि भगवान रामको केही अंश छ भनेर भन्दथे । माछा, मासु खाए पछि खशीका शरिरमा जति रौं छन्, त्यतिवर्ष अघोर नरकमा बस्नु पर्छ भन्ने सन्दर्भमा फुबुका गुरु सीतारामले हिन्दी भाषि लवजमा रेउँ गिन्नु पर्छ बसन्ते, बालिके (ठूली बहिनी) भन्दा भाइ बहिनीहरु हाँस्दथे तर मैले साँचै पत्याउँथे । वाल्यावस्था देखि धेरै बर्ष माछा मासु छोडेर पछि २४–२५ बर्ष हुँदा खान कोशीश गर्दा गिजमिज लागेर सदाकालागि स्वज्ञानले शाकाहारी ब्रत लिए । 

फुबुसंगका धेरै र अचम्म लाग्दा संस्मरणहरु छन् । सवै वृतान्त गर्दा एउटा साहित्यकार मदन पुरस्कार प्राप्त अमर न्यौपानेको “सेतो धरती” भन्दा पनि सशक्त र व्यापक हुन्छ अथाृत एउटा महाकाव्य वा उपन्यास नै तयार हुन्छ । निजामती सेवाको अनिवार्य अवकाश पछि मौका मिले उपन्यास पनि लेखुँला अहिले केवल फुबुसंग जोडिएका प्रतिनिधि घटनाक्रम मात्र लेख्दैछु । यी कपोल कल्पित वा कल्पनाशिल साहित्य नभै यायार्थ हुन् । 

यी कुराहरु थाहापाउने मेरी ममतामयी आमा भावना अधिकारी, बेल्भारकी फुबु विष्णुदेवी घिमिरे र काका गिरीराज अधिकारी लगायत का व्यक्तित्वहरु जीवितै हुनुहुन्छ । मलाई त मेरो आफ्नो भोगाइ बाहेकका कुराहरु अल्पमात्र थाहा छ । खासरुपमा भन्दा हिजो आज भारत बर्ष र नेपालमा उम्रिएका धार्मिक संस्थाको आदिम स्वरुप वा प्रारम्भिक रुप फुबु र ब्रमहचारीहरुले थालनी गरेका हुन् दाङ, प्यूठान, रोल्पा लगायतका राप्ती अञ्चलका जिल्लाहरुमा । ब्रम्हचारीसंग त मेरो संगत भएन फुबु संग नजिकको संगत भयो । फुबु र सीताराम गुरुले सवै चेला चाकरहरुसंग भेटी, घाटी, पुजा पाठ, मुष्ठी दान, मन्त्र दान किर्तन भजन आदिवाट प्राप्त भेटी, द्रव्य, उपहारले ६/६ महिनामा स्वदेशका तिर्थ गण्डकी, मुक्तिनाथ, बराह, पशुपति, जनकपुर लगायतका मठ मन्दिरहरु र १/१ बर्षमा भारत बर्षका चारधाम काँशी, कन्याकुमारी, गयाजी, मथुरा, बृन्दावन, बद्रिकेदार, हरिद्वार, प्रयाग लगायतका सवै स्थानमा भ्रमणगरी त्यहाँका इतिवृतान्त बर्णन गर्नु हुन्थ्यो । ८–१० बर्षको बालमस्तिष्कले सवै कुरा बुझ्न र सम्झन नभ्याए पनि निकै भक्तिभाव राखी सुन्दथे । फूबुले हंशराज महाराजका कुरा, कृपालुजी महाराजका कुरा सकारात्मक गर्नु हुन्थ्यो भने ओशो रजनिश अम्रिकाको जाशुश भएको, भारतमा छदम जासुसी बाबा रहेको कुरा पनि गर्नुहुन्थ्यो । सीताराम गुरु तुलसीकृत रामायण

–“पाठ प्रारम्भ होता है सुनो वीर हनुमान, राम लखन सीया जानकी सदा करो कल्याणवाट हिन्दी लवजमा बडो मिठासपूर्णरुपमा बाचन गर्नु हुन्थ्यो । तुलसीदासका बहुअर्थी दोहाको खुब स्पष्ट अर्थ गर्ने हुँदा भारतीय मूलका हामी देशी भन्दथ्यौ । देशीहरु मन्त्र मुग्ध हुँदै नरिवल, मिठाइको बर्ष गर्थे, हामी केटाकेटीहरु यहि लोभले पनि हेमन्तपुर हरिकिर्तन मन्दिरमा जान लालायित हुन्थ्यौ ।

सीताराम बैरागी श्रीबैष्णव रामभक्त हुनुहुन्थ्यो र धार्मिक साधु पनि । वाहाँहरुको हाल तलसीपुर नपा तात्कालिन अमृतपुर गाविस कटकुइँयामा २ विगाहा जमीन एक जना किसानले लगाउँथ्यो । हेमन्तपुरमा १० कट्ठा जग्गा थियो, यी सवै भक्त भक्तिनीहरुवाट दान दातव्यवाट प्राप्त भएको कुरा फुबु बताउनु हुन्थ्यो । मलाइ ब्रम्हचारी बनाई उत्तराधिकारी बनाउने योजना र तानावानामा फुबु र सीताराम गुरुले बालुवामा पानी खनाएसरी निकै मेहनत गरे परन्तु आफु निजामती राष्ट्रसेवक कर्मचारी बन्ने वर्तमान रहेछ, त्यो सुदुर अतितको प्रारब्धमा कहाँ अडन सकिन्थ्यो र । दाइका दुइ भाइ छोरा छन् जेठो बसन्ते त हाम्रै हो । फुबु सयौ पटक भन्नुहुन्थ्यो । 

मैले साने देखि माछा, मासु, लहसुन, प्याज जस्ता भोजन स्वेच्छाले परित्याग गर्दा बुबा चिन्तित बन्नुहुन्थ्यो र बुबाले यो छोरो जोगी बन्ला र बुढेसकालको छोरावाट बंश नचल्ला भन्ने कट्टर हिन्दु धर्मको हिमायती भएको चिन्ता थियो । 

वि.सं.२०३६ सालमा बुबा स्वर्गवास हुँदा फुबु र सीताराम बैरागी श्रीबैष्णव चारधाम गएका थिए । हामी बार्षिक बरखीमा बसेको बेला ३ महिना पछि फुबु आएर समवेदना सहित स्वस्ती, शान्ति, जप गरी आमालाई पनि आफ्नै चेली बन्न निकै फकाउनु भयो तर आमाले फुबुलाई चिनिसकेकोले या शायद गृहस्थीमै आफ्नो इज्जत रहने देखि फुबुको यो शर्त इन्कार गर्नु भयो । भएको जायजेथावाट छोरा छोरी हुर्काउने, पढाउने, विवाह दान गरिदिने श्रीमानको जिम्मेवारी पुरा गर्ने अठोट र गृहस्थी जीवन नै सवोत्तम भएकाले यसैमा रमाउने अठोटमा आमा संग सीताराम बैरागी श्रीबैष्णव गुरु र फुबु चिढीए । 
 
धारापानी पाण्डवेश्वरमा सप्ताह चलाउन सीताराम गुरु मूल पण्डित र मलाइ गणेश स्थापना गरी फुबुले २०३८ सालमा पाण्डेश्वर धारापानीमा करिव ८ दिन बसी सप्ताह सम्पन्न गरी अन्त्यमा प्रसाद र टालाटुली फूबूवाट प्राप्त गरे । पैसा र सिदापानी फुबु र सीताराम गुरुले गुटमुटाई चार धाम गर्न हिडे । मैले धेरै दुःख र संघर्ष झेले, खेती पाती गरे, अण्डर एसएलसी अवस्थामा पनि शिक्षण पेशा गरे, भाइ बहिनीहरु पढदै थिए । 

समय आफ्नै गतिमा बगिरहेको थियो । त्यस्तै २०४१/०४२ सालतिर फुबुले मलाई घरमै आइ फकाउनु भयो । कटकुइँयाको दुई विगाह जग्गा र हेमन्तपुरको मन्दिरको जग्गा छ, आवश्यक परे विवाह पनि गरिदिउँला सीताराम गुरुको उत्तराधिकारी भएर बस्ने प्रस्ताव  फुबुले राखेपछि मलाइ झनक्क रिस उठ्यो त्यतिवेला म प्यूठान तिराम तिर शिक्षक पनि भै सकेको अवस्था थियो । अन्ततः मेले धेरै सोचेर फुबु र सीताराम गुरुलाई पठाउने एउटा पत्र तयार गरे जस्को भावार्थ यसप्रकार थियो । 

तपाईका भदैहरु प्यूठान तिराममा माहिलबा लोकराज उपाध्यायका छोराहरु ३ भाइ झग्गु मुकुन्द र श्रीकान्त छन्, तिनीहरु नभए अरु कसैलाइृ धर्मपुत्र वा उत्तराधिकारी राख्नुस । म तपाईहरुको करोडको विरासत भए पनि धनको लोभमा परेर दासता स्वीकार गर्दिन । मेरो स्थान र म हिडने बाटो म आफै बनाउँछु । म सांसारिक मानव हुँ । म धार्मिक छु । ईश्वर मान्छु । आस्तिक छु, परन्तु म भाग्यवादी र दासता र सम्पत्तिको लालची छैन । पुरुषार्थ मेरो प्राण हो । दासता म वाटै किमार्थ सम्भव छैन, आफ्नै बाबु, आमा किन नहुन मेरो विवेकलाइ बन्दक राख्न खोज्छन भने म जोगी भएर हैन संसारी भएर त्याग गर्न तयार छु । मेरो अठोट हिमाल जस्तै उच्च छ । 

सीताराम गुरुले प्रदान गरेको दिक्षा मन्त्र ॐ ऐ ह्री क्लीं चामुण्डायै विच्चे । शक्ति मन्त्री र फुबुले प्रदान गरेको राम भक्ति मन्त्र मेरा जीवनका आदर्श हुन् यथार्थ होईनन् भन्ने व्यहोराको पत्र भाइ बहिनीहरु र आमा जाँदा पठाएको सीताराम गुरु र फुबु निकै रिसाएछन् । 

त्यसपछि धेरै बर्ष सम्म भेटघाट भएन । अन्त्यमा सीताराम गुरु पनि स्वर्गे भए । फुबु मेरो र यशोदाको विवाह हुँदा वि.सं.२०४९ सालमा हाम्रो घरमा आउनु भएको थियो । त्यतिवेला म निजामती सेवामा दिपायल तिर सुब्बा थिए । फुबुले धेरै दुःख पोख्नुभयो । शत्रुहरुले मेरो जग्गा खान खोजे, मेरो नाममा गराउन गाहारो भयो । बाबु, तैले सहयोग गरिनस् भनि गुनासो गर्नु भयो । गुरुबा का त्यतिका पुस्तक किताबहरु पढने मान्छे कोही भएन, धमिरा, किराले खान लागि सके आदि आदि । मैले भने फुबु तपाईले गुरुबाका कितावहरु संस्कृत महाविद्यालयका पुस्तकालयलाई दान गर्नुस् । 

तपाईलाई आयस्ता किसानले दिएकै छ । बाचुन्जेल खानुस । तपाईका छोराछोरी छैनन्, के फरक पर्छ त्यहि किसान हो तपाईको छोरो । फुबु केही बोल्नु भएन । अनि फुबुलाइृ एउटा प्रश्न गरे–फुबु के तपाईले सीताराम भित्रै आत्मै देखि जप गर्नुहुन्छ रु भनेर सोध्दा अरु के उपाय छ  बा बाँच्नकालागि एउटा साधन माध्यम वा जीविका हो । भनेको सुन्दा मलाई भित्रवाट हाँसो छुट्यो तर रोके । धन्य परमात्मा, तिम्रो कस्तो लिला धर्म पनि जीवीका हुने भए गृहस्थी भन्दा ठूलो धर्म अरु कुन हुन सक्छ र । तत्पश्चात मैले फुबुलाई भने फुबु, अब ज्ञान, ध्यान गर्नुस्, आफनै कुटीमा । 

सेवा चाकरी गर्ने २/४ जना अनाथ भक्त भक्तिनीहरु छँदै छन् । अब, राम संग कामना गर्नुस कि अर्को जन्ममा सफल गृहस्थी बन्ने, झुठा योगी भन्दा सच्चा योगी उत्तम र सच्चा योगी भन्दा सच्चा गृहस्थी सर्वोत्तम । फुबु गम्भीर बनेर अबोध वालक जस्तै निष्कपट हेरिरहनु भयो । 

तत्पश्चात वि.सं.२०५५ सालमा हामी सपरिवार (आमा र भाइको सहमती नहुँदा नहुँदै पनि) काठमाण्डौ आयौं, त्यतिवेला म शिक्षा मन्त्रालय, केशरमहलमा नायव सुब्बाको पदमा कार्यरत थिए । त्यसै ताका फुबु वित्नु भयो । ब्रम्हचारी लक्ष्मीकान्त अधिकारी प्यूठान हर्नघाटवाट भाइ बन्धुको सहयोग र आग्रहमा धारापानी पाण्डवेश्वरमा आई ठूलो मठ, मन्दिरहरु र भजन मण्डली तयार गरी दान दातव्यवाट बनजर रहेको धारापानी गुल्जर तिर्थस्थानको रुपमा अवस्थित भयो । 

हाल धारापानीमा नारायणको मूर्ति संगै लक्ष्मीकान्त ब्रम्हचारीको ज्वाजल्यमान मूर्ति विराजमान छ । शिवरात्री लगायत हरेक चाडपर्वहरुमा मेला लाग्दछ । काठमाण्डौ उपत्यकाको शक्ति पिठ दक्षिणकालीकै स्वरुपमा अवस्थित पाण्डवेश्वर धारापानीमा नारायणको मूर्तिसंगै गुरु लक्ष्मीकान्त ब्रमहचारीको चिरस्मरणमा मूर्ति र पुजा आजा भएको देख्दा श्रद्धाले शिर निहुरिन्छ । फुबुको धार्मिक अस्तित्व दुर्लभ प्राणी डायनोसोरसको पृथ्वीमा अस्तित्व नरहेजस्तै लोप भएको अवस्था छ । 

मेरा आदि गुरु गुरुआमा फूबु र सीताराम बैरागी श्रीबैष्णवको चिर आत्माले शान्ति पावस । हार्दिक श्रद्धाञ्जली समर्पण । 

प्रस्तुति :
वसन्त्तराज अधिकारी
कीर्तिपुर, काठमाडौंं, नेपाल 
मिति २०७१ साल श्रावण ३ गते शनिवार

स्मरणका आधारमा भदै बसन्तराज अधिकारी,
घोराही उपमहानगरपालिका  वार्ड नं.१७, पनौरा, दाङ ।


Comments