१. परमपुञ्ज बुबा स्व.बलदेव प्रसाद उपाध्याय अधिकारी : एक संस्मरण

१. परमपुञ्ज बुबा स्व.बलदेव प्रसाद  उपाध्याय अधिकारी  : एक संस्मरण ❤️🏠️🙏
                   
🏠️ तस्बिरमा स्मरण बुबा स्व. बलदेवप्रसाद अधिकारी 
            तुुलसीपुर उपमहानगरपालिका वार्ड नं.१७ मजगैं, दाङ 
 

बुबाप्रति श्रद्धासुमन -
---------------------------

मेरा परमपुज्य बुबा तत्कालीन उदयपुर अधिकारी राजाको राज्य अन्तर्गतका अधिकारी बंशका शाखा  तिराम गाउँ पञ्चायत उपल्लोतिराम बाजे निधुलाल उपाध्याय बुबा खेतुलाल उपाध्याय अधिकारीका साहिला सुपुत्र हुनुहुन्छ ।

बुबाहरु जेठा नारायण प्रसाद उपाध्याय अधिकारी, माहिला लोकराज उपाध्याय अधिकारी, साहिला बुबा स्व. बलदेव प्रसाद उपाध्याय अधिकारी, काहिला आबाल ब्रम्हचारी श्री लक्ष्मीकान्त अधिकारी, (दाङ जिल्ला स्थित पाण्डवेश्वर शिवालय,धारापानीका स्थापनाकर्ता) राहिंला योगी चुडामणिा गिरी र कान्छा नरेश्वर अधिकारी र फुबु शिवा देवी उर्फ सीताराम बैरागी श्रीबैष्णव हुनुहुन्थ्यो । अहिले बुबाहरु र फुबु सबैको स्वर्गवास भैसकेको र माहिलो बा लोकराज र बुबा बलदेव प्रसाद र कान्छा काका नरेश्वर अधिकारीका एक छोरीका मात्र शाखा सन्तानहरु रहे/ भएको अवस्था  छ ।

उदयपुर तिरामवाट दाजु लोकराज उपाध्यायस‌ग छुट्टा भिन्दा भै २०१६/०१७ सालतिर  बुबा दाङ जिल्ला मानपुर गाउँ पञ्चायत वार्ड नं.९ मजगैं तत्पश्चात वार्ड नं. ८ मजगाउँमा आई स्थायी बसोवास गरि बस्नुभएको थियो ।  म (२०२१ सालमा दाङ, मजगैंमा) समेत हामी सबै भाइ बहिनीहरुको जन्मस्थान दाङ मजगैं~ मजगाउँ नै हो ।

ममतामयी आमा भावना अधिकारी र बुबाले हामी २ भाइ र ३ बहिनीलाई जन्माउनु भयो । हुर्काउनु भयो र आज हामी आफ्नै खुट्टामा उभिएर यहाँ सम्म आईपुग्यौं । हामी भाइ बहिनीहरुमा जेठो म बसन्त राज अधिकारी ( हाल: घोराही-२, पनौंरा मेरा मुनिका ३ बहिनीहरु जेठी बालिका देवी न्यौपाने (हाल : घोराही-१५ काठेकोल), माहिली मधु ज्ञवाली (हाल: घोराही-१७, गुलरिया, कान्छी सीता शर्मा अधिकारी (हाल : काठमाडौ, रानीवारी) र कान्छो भाइ बाबुराम अधिकारी, घोराही-६, रझेना र आमा भावना अधिकारीसंगै भाइ र भाइको परिवार रहेको अवस्था छ । बुबा आमाको आर्जनको पैत्रिक सम्प्पत्ती मजगाउँमा यथावत रहेको अवस्था छ ।

श्रद्धेय पिता बलदेव प्रसाद उपाध्याय अधिकारी ४९ बर्षको अल्पायूमै कडा क्षयरोग (त्यतिवेला यो रोगको उपचार सहज थिएन) २०३६ साल फागुन ६ गते सोमबार स्वर्गारोहण दाङ मजगाउँ स्थित  आफ्नै घरमै हुनुभयो जस्वेला मैले १० कक्षामा पढदै थिए । पढाई अवरुद्ध भयो ।

तत्पश्चात स्वर्गवासी बुबाकै आशिर्वाद आमाको उत्प्रेरणा, मेहनत, लगनशीलता र संघर्षले  आफ्नो पढाइलाई जारी एसएलसी पश्चात् नै सरकारी सेवामा प्रवेश गरि सरकारी सेवा संगै पढाईलाई प्राईभेटरुपमा निरन्तरता दिदैं राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुन र शिक्षा शास्त्रमा स्नातकसम्मको अध्ययन समेत पूरा गरि सरकारी र निजामती सेवामा क्रमशः करिव ७ बर्ष रोल्पा र प्युठानमा सामुदायिक बिद्यालयको शिक्षक सेवा र  ३१ + बर्ष निजामती सेवा जसमा नेपाल सरकार, शिक्षा मन्त्रालय, भुमी सुधार तथा व्यवस्था मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, केन्द्रिय तथ्यांक बिभाग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय सुचना आयोग्, राष्ट्रिय सतर्कता केन्द्र, संबैधानिक निकाय निर्वाचन आयोग अन्तर्गत मध्यपश्विमाञ्चल क्षेत्रको प्रमुख क्षेत्रीय निर्वाचन अधिकारी, स्थानीय  समेत कार्यरत रही हाल युवा तथा खेलकुद मन्त्त्रालयमा नेपाल निजामती सेवामा काठमाडौ उपत्यका हिमाल,  पहाड; तराई समेतका दर्जनौं लेखा, प्रशासन सहायकस्तर र कार्यालय प्रमुखको रुपमा कार्यानुभव समेत गरि हाल एक  कर्तव्यनिष्ट, इमान्दार बफादार र जिम्मेवार, राष्ट्रसेवककोरुपमा नेपाल सरकारको उपसचिवको पदवाट अनिवार्य अवकाशप्राप्त भैसकेको अवस्था  छ ।                                                                                                                
साथै भाइ बहिनीहरु पनि कोही सरकारी शिक्षक सेवामा र कोही न्याय सेवामा  कार्यरत छन्  । बुबाका बंशविज हामी राष्ट्रसेवा र सत्कार्यमा सपर्पित छौ । 

तसर्थ, बुबालाई आज फेरि सम्झना गर्दै 

शास्त्रीय वचन
______________

पुत्रस्य परमोधर्मपितृद्धार समोनहि । पितृभक्तनकुरुतेश्रेयाति सुखमिच्छति । सयातिनरकंघोरं यावच्चन्द्रकर्ममेदिनी ।।

@ स्कन्द पुराण ।  


भावार्थ :
-----------

पुत्र/पुत्रीको सवैभन्दा ठूलो धर्म के हो ? पितृको उद्धार । पितृमातृको उद्धारसमान ठूलो धर्म अरु कुनै छैन । पितृभक्त नभै आफ्नै सुख सुविधाका लागि मात्र जुनपुत्रले जीवनयापन गर्दछन जब सम्म चन्द्र सुर्य यस धर्तीमा रहन्छन, त्यस्ता सन्तानले घोर नरकमा बाँस गर्द्छन । ~ अस्तु

साथमा बुबाको अहिलेसम्म हामीहरूले प्राप्त गरेको #एकमात्र #दुर्लभतस्बिर ।

🕉️ पितृस्तोत्रम् 🕉️

मार्कण्डेय पुराणमा महात्मा रुचिद्वारा गरिएको यो पितृ - स्तुति (पितृस्तोत्र) प्राय: अनेक पुराणहरुमा समानरुपले उल्लेख भएको पाईन्छ । पितृहरुलाई खुशी गराउनको लागि यश स्तोत्रको पाठ गर्ने गरिन्छ । यश स्तोत्रको ठूलो महिमा छ । श्राध्द१ आदिको समयमा वा ब्राह्मण भोजनको समयमा पाठ गर्ने - गराउने विधान छ । पाठक महानुभावहरुको सुविधाको लागि उक्त स्तोत्र यहाँ प्रस्तुत गरिएको छ ।

रुचिरुवाच ---

अर्चितानाममुर्तानां पितृणां दीप्ततेजसाम् ।
नमस्यामि सदा तेषां ध्यानिनां दिव्यचक्षुषाम् ।।१।।
इन्द्रादीनां च नेतारो दक्षमारीचयोस्तथा ।
सप्तर्षिणां तथान्येषां तान् नमस्यामि कामदान् ।।२।।
मन्वादीनां मुनीन्द्राणां सुर्याचन्द्रमसोस्तथा ।
तान् नमस्याम्यहं सर्वान् पितृनप्सुदधावपि ।।३।।
नक्षत्राणां ग्रहाणां च वाय्वग्न्योर्नभस्तथा ।
द्यावापृथिव्योश्च तथा नमस्यामि कृताञ्जलि: ।।४।।
देवर्षीणां ग्रहाणाञ्च सर्वलोकनमस्कृतान् ।
अक्षय्यस्य सदा दातृन् नमस्येSहं कृताञ्जलि: ।।५।।
प्रजापते: कश्यपाय सोमाय बरुणाय च ।
योगेश्वरेभ्यश्च सदा नमस्यामि कृताञ्जलि: ।।६।।
नमो गणेभ्य: सप्तभ्यस्तथा लोकेषु सप्तसु ।
स्वयंम्भुवे नमस्यामि ब्रह्मणे योगचक्षुषे ।।७।।
सोमधारान् पितृगणान् योगमुर्तिधराँस्तथा ।
नमस्यामि तथा सोमं पितरं जगतामहम् ।।८।।
अग्निरुपास्तथैवान्यान् नमस्यामि पितृनहम् ।
अग्निषोममयं विश्व यत एतदशेषत: ।।९।।
जगत्स्वरुपिणश्चैव तथा ब्रह्मस्वरुपिण: ।।१०।।
तेभ्योSखिलेभ्यो योगिभ्य: पितृभ्योयतामानसा: ।
नमो नमो ननस्ते मे प्रसीदन्तु स्वधाभुज: ।।११।।

१. श्राद्ध  - श्राद्धपुर्वक गरिने काम वा परलोकमा पितृहरुको लागि आफुलाई मीठो लाग्ने र खाईने वस्तु श्रद्धा साथ चढाउँदै गरिने एक कर्म वा पुजालाई श्राद्ध भनिन्छ -

प्रेतं पितृंश्च निर्दिश्य भोज्यं यक्रियमात्मन: ।
श्रद्धया दीयते यत्र तच्छ्राध्दं परिकीर्तितम् ।। (निर्णयसिन्धु)

परलोक भएका पितृहरुको उद्देश्यले शास्त्रले बताएको बेला र देश (ठाउँ) मा पकाएको वा काचो अन्न तथा सुन आदि द्रव्य विधि-पुर्वक चढाउनु वा दान गर्नुलाई श्राद्ध भनिन्छ ।
पित्रादीन्मृतानुद्दिश्य विहिते काले देशे पक्कान्ना - मान्नहिरव्यान्यतमद्रव्यस्त विधिना दानं श्राद्धम् - (धर्मसिन्धौं) ।
दूध दही घिउसहितका व्यञ्जनहरु तयार गरि श्रद्धा साथ चढाउनु पनि श्राद्ध नै हो -
देशे काले च पात्रे च श्रद्धया विधिनां च यत् ।
पितृनुद्दिश्यं विप्रेभ्यो दत्तं श्राद्धमुदाह्रतम् ।।

उपर्युक्त प्रकारको श्राद्ध पहिले ब्रह्माजीले गरे अनि दत्तात्रयका छोरा निमिले आफ्नो श्रीमान् नामको छोरो परलोक हुँदा श्राद्ध गरे । त्यसपछि अरुले पनि श्राद्ध गर्न थाले -
दत्तात्रयस्य पुत्रोSभुन्निमिर्नाम तपोधन: ।
निमेश्चाप्यभवत्पुत्र ! श्रीमान् नाम श्रिया वृत: ।।
निमिराकारितस्तेन पितृयज्ञे तपोधना: ।
मतिमद्भि: पुर्वदृष्टो धर्मोSयम् ……(महाभारत आ.प.११/५-१०) ।।

श्राद्धका अनेक भेद छन् - नित्य श्राद्ध, नैमित्तिक, काम्य, सपिण्डी, वृद्धि, पार्वण, गोष्ठी, शुद्धी, कर्माङ्ग, दैविक, यात्रा, पुष्टि, नवच्छ्न्न, मासिक, ऊनमासिक, एकोदृष्ट, प्रेत,तीर्थ, आब्दिक, दर्श, क्षयाह, आमान्न, सुवर्ण, महालय, इष्टि, नान्दी, युगादी, मन्वादि, सङ्क्रान्ति, वैधृति, अष्टका, अन्वष्टका, पुर्वेद्यु, नवसंज्ञश्राद्ध र षोडशी श्राद्ध आदि  (३५) रहेका छन् भने कुनै पुस्तकहरुमा ९६ किसिमका श्राद्धहरु भएका विवरणहरु पनि पाईन्छन् । तर याहाँ ति सबैको नामहरु लेख्न ठाउँ अभाव भएको मात्र होईन कि आवश्यक पनि छैन ।अस्तु

#पिता_स्व_बलदेवप्रसाद_अधिकारी
पुत्र : #वसन्त_राज_अधिकारी  🌻❣️🚸😍🙏

Comments